प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको मुर्ती निर्माण तथा जीवनी पुस्तक प्रकाशन गरिने
१६ फाल्गुन २०७७, आईतवार २०:३५
टोखा काठमाडौं
पूर्णिमाको दिन बेलुका सपनातीर्थबाट चण्डेश्वरी हुँदै गणेशस्थान र ईन्द्रायणी लगायत गाउँ तथा गाउँ बाहिरका सबै मन्दिरमा बत्ती दिने गरिन्छ । धेरै जसो घरबाट दही चिउरा दिने चलन पनि छ । यस दिनमा परम्परागत लाखे नाच पनि देखाईन्छ । लोककथनअनुसार यो जात्रामा महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् र सो अपमानबाट मुक्त पाउन पृथ्वीको भ्रमण गरिछन् ।
टोखाका ग्रामीणहरुले पार्वतीलाई देखी फकाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा पार्वतीको वास्तविक रुप थाहा पाई शरणमा गएछन् । त्यसै बेलादेखि यो पर्वमा मान्छेहरु गीत गाउँदै समुह समुह भएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास छ । यस्तो घुमाइसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले सकिन्छ भने ३–४ पटक गाउँ घुम्नु पर्ने र सकिन्न भने एकपटक मात्रै भए पनि गाउँको परिक्रमा गर्दा राम्रो हुने अड्कल गरिन्छ । यो गाउँ घुमाइको रोचक पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिड्नुपर्छ यसो गर्दा काँडा, सिसा खादि बिझे पनि ऐया भन्नु हुँदैन । घुम्ने क्रमको १२–१ बजेको समयलाई टोखाका मान्छेहरु ‘वाल्ख म्हुलेगु’ भन्दछन् । यो पर्वमा यसरी फोहर, अँध्यारो आदिमा घुमेपछि यमराजले पनि काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने मान्यता रहेको छ । साथै, यस सामाजिक पर्वका पाँच दिन घरबाट राती बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । बत्ति दिंदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिंडेका युवतीमध्ये आफूलाई मन पर्ने युवतीलाई बकाइनोको गेडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै जीवित छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९