अन्तर मनका भावना…

 २२ माघ २०६७, शनिबार ०६:०६   | न्यूज अफ टोखा


      जिन्दगीमा आफुले सोचे जस्तो र खोजे जस्तो नहुन्दो रहेछ, नपाउदो रहेछ । विधाताले भाग्यमा जे लेखि दियो त्यहि भोग्नु पर्दो रहेछ । कसैलाई आफनो थानि चाखो हृदयमा सजाउदा मन भित्र भित्रै विझाइ दिइदो रहेछ । कसैलाई निस्वार्थले चोखो माया दिंदा वेदनाका कोशेली दिइ जाँदो रहेछ । आफुलाई वेथाको भुमरीमा रुमलाई हिडनेको सम्झना वढि आउदो रहेछ । जब आफनो मान्छे नै पराइ भई हिडिदिन्छ तब यो कोमलो मन निकै नै दुःख्दो रहेछ । यो मौसम पनि आज आफु संगै रोइ रहेको जस्तो लाग्छ । ती कोईली पनि आफु संगै विरहको गीत गुञ्गुनाइ रहेको जस्तो लाग्छ ।

        जीवन भरी साथ दिने संगै मर्ने बाँच्ने कसम खानेले । तिमी बिना एकपल पनि जीउन सक्दिन भन्नेले आज ती सब कसमहरुलाई चट्क भुलेर किन निष्ठुर भई मलाई जीवनको बिच बाटोमा एकलै छोडी दियो ? भन्न किन ?तिमीलाई मैले आफुलाई भन्दा बढि माया र विस्वास गरेको थिए । यी नयन भरी सजाइ राखेको थिए । मेरो मनमन्दिरमा सजाइ राखेको थिए । तिमीले त मेरो चोखा मायालाई लत्याइ हिडिदियो ,मेरो विस्वास माथि घाट गरी दियो किन भन्न किन ? तिम्रो आँखामा आँशु हेर्न सक्दिन भन्नेले, तिम्रो मन पीडामा जलेको हेर्न सक्दिन भन्नेले आज मलाई आँखा भरी आँशु ,मन भरी पिडाका वेडना दिई किन पराई भै हिडि दियो भन्न किन ? के कमि रहेयो मेरो मायामा भन्न ? के गल्ती भयो म बाट भन्न यसरी तिमी मलाई एकलै बनाई टाढा हुनु पर्ने ? तिम्रो अभावमा यो जीवन पानी विनाको माछा झै छट्पटाइ रहेको छ ।

      तिमी संग बिताएका तीई पलहरु, तिमी संग गरेका तीई मनका बातहरु ऋनि तिमी संग रमाएका तीई क्षणहरु सम्झेर आउँदा यो कोमलो मन भकानो फुटाई रोई दिन्छ । यी नयनबाट अश्रुका मेघ वर्षन थाल्छ । जति हेरे पनि नअघाउने तिम्रो मुहार भन्नेले, तिम्रो एक झल्को नदेख सम्म अतालि रहन्छु भन्नेले आज किन म तिम्रो आँखामा विझाई दिए । तिमी बाहेक अरु केहि चाहिन्दैन भन्नेले आज किन म बाट टाढा भएकी ? तिमी लाई आफ्नो सम्झि यो मनमा संगालि खुशीको बाहार बोकि स्वप्न गगनमा रमाउनु मेरो भुल रहेछ ।

      कसैले भनेको थियो माया अन्धो हुन्छ । अहिले आएर यो कुरा म झल्झली सम्झि रहेको छु । हो म यति धेरै अन्धो भएकी तिम्रो त्यो निष्ठुरी मनलाई चिन्न सकिन । हो तिम्रो त्यो पथरको मनलाई चिन्न सकिन । मनमा बिभलई दिने तिखो काँडालाई मईले सुवास दिने फुल सम्झि मलजल गरी हुर्का रहेको रहेछु । आज म सब थोक भएर पनि एकलो भएको छु । तिमीले दिएको यो वेदना कोशेली लाई संगालि बाचि रहने छु । सम्झने छु कि यो एउटा झुठो सपना थियो ।

      जे होस तिमीले मलाई वेथाको भुमरीमा फसाएर गएता पनि, तिमीले जीवनको बीच बाटोमा मलाई एक्लै छोडेर गएता पनि, मेरो सपनाको महल भताभुङ्ग पारी गएता पनि तिम्रो जीवन सधै फलि फुलि रहोस । दुःख तिमीबाट कोशौँ कोश टाढा भागोस् । तिम्रो सब मनोकामना पुरा होस यहि छ यो बदनसिबिको कामना ।       

सुबि श्रेष्ठ
subinewa@gmail.com                                                                                                                   



   
Facebook Comments

अन्तिम अपडेट: २२ माघ २०६७, शनिबार ०६:०६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया