२० ‌ओ वार्षिक जन्मोत्सब भगवती क्लव

 १८ फाल्गुन २०६७, बुधबार ११:२०   | न्यूज अफ टोखा

फाल्गुण १८ गते बुधवार
       श्री भगवती क्लबको २० ओ जन्मोत्सव  हिजो बिबिध कार्यक्रम गरी मनाइयो । आफ्नो २० ओं जन्मोत्सको अवसरमा सोलो बाईक रेस, म्याराथुन दौड महिला पुरुष,चेस,सटफुट, ड्रमपिताइ आदि खेलको प्रतिस्पर्दा गराइएको थियो । उक्त कार्यक्रममा बिभिन्न खेलमा बिजयी हुनुभएकालाई कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका सचिव कर्मा शेर्पाले पुरस्कार प्रदान गर्नु भएको थियो । रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । उक्त  कार्यक्रममा १२६ जना रक्तदातहरुको सहभागिता रहेको थियो । 

        साँझ बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना पनि भएको थियो ।उक्त कार्यक्रममा नेपाल भाषाको लोक प्रीय सिरियल ख्वोताःबजिका टिमहरुको पनि प्रस्तुति रहेको थियो । नतराज ग्रुपको प्रस्तुति  समेत रहेको थियो ।  नातेश्वरी सागीतिक समुहले आफ्नो प्रस्तुतिले कार्यक्रमको माहोललाई नै सागीतमय बनाएको थियो। साथै नेपाल भाषाका गाएकहरु सुलिन्द्र शाक्य लगाएतले आफ्नो साँगीतिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । 
केहि झल्कहरु
सुलिन्द्र शाक्य आफ्नो गीत प्रस्तुत गर्दौ
रक्तदान कार्यक्रममा सहभागि

सोलो बाईक रेस

ड्रम पिताईमा सहभागि

बोटलमा पानी भर्ने प्रतियोगितामा सहभागि

Facebook Comments

अन्तिम अपडेट: १८ फाल्गुन २०६७, बुधबार ११:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया