होली र टोखा

 ५ चैत्र २०६७, शनिबार ०७:१०   | न्यूज अफ टोखा

हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा भनिन्छ । होली हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् । 
    
      होलीको बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आˆनै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आˆनी बहिनी होलिका -जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । 

टोखामा मनाईने होलिको संक्षिप्त चर्चा
     
   टोखामा मनाईने होलिको कुरा गर्ने हो भने यहाँ बिशेष गरी
पानी र अबिरले होलि खेल्ने गरिन्छ । साथीभाईहरु सामुहिकरुपमा भेला भई एकले अर्कालाई पानी तथा अबिर लगाएर होलि खेल्ने गरिन्छ । मैत्रि र भातृत्वले भरिपुर्ण वातावरणमा हषोल्लासका साथ मनाउने गरिन्छ । सामुहिकरुपमा होलि खेल्दै गाउँ परिक्रमा गर्ने गरिन्छ । होलिको गीत (अबिर या होलि तं चाया ला ल्यासे अबिरं छंगु ख्वा हिसी देका बिइ ….)गाउदै त कोही  सास्कृतिक बाजागाजा सहित गाउँ परिक्रमा गरिन्छ । यसरी घुम्न आएकाहरुलाई मानिसहरुले घरमाथीबाट पानीले छ्यापने गरिन्छ । यसै दिन सामुहिकरुपमा होलि खेलेर रमाईलो गरी भोज खाने परम्परा पनि रहेको पाइन्छ । साथै शिवरात्रीका दिन सामुहिमरुपमा धुनि बालेका मानिसहरुले यस दिन चण्डेश्वरी मन्दिरमा  गई भोज खाने परम्परा पनि रहंदै आएको पाईन्छ ।  
    

     परिवर्तित समय संगै यहाँको होलि खेल्ने परम्परामा केही परिवर्तन वा बिकृति आएको देखिन्छ । बेलुन तथा प्लाष्टिकमा पानी भरेर बाटोमा हिडि रहेका बटुवालाई हान्ने गरिएको पाईन्छ । हुन्त यो देश भरीकै समस्या नै हो । केही समय यता केटी पनि खुलारुपमा बाहिर आएर होलि खेलेको देखिन्छ । अचेल त केटाहरुले भन्दा बढि केटिहरुले होलिको समयमा बेलुन तथा प्लाष्टिकहरुले हान्ने गरेको देखिन्छ । बाइकबाट टोखा बाहिर गएर होलि खेल्ने चलनको पनि सुरुवाट भएको छ । अनुहारमा बिभिन्न रंगदलि अनुहार नै कुरुप बनाएर रमाईलो गर्नै परम्पराको विकास बिस्तारै बदिरको देखिन्छ ।  समयको परिवर्तन संगै बिस्तारै यस होलि खेल्ने परिपाटिमा पनि परिवर्तन आई रहेको देखिन्छ । 
newsoftokha.blogspot.com

Facebook Comments

अन्तिम अपडेट: ५ चैत्र २०६७, शनिबार ०७:१०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया