आकाश गड्गडाइरहे छ-

 १० बैशाख २०६८, शनिबार ०७:४५   | न्यूज अफ टोखा

तिम्रो निन्द्रासँगै आज देशको विकास सुतेको छ।
तिम्रो अन्तरद्वन्द्वमा शत्रुको सुख लुकेको छ ।
तिमी उठ्नु छ आफै देशको विकास व्युँझाउन
तिमी फुट्नु छ आफै शत्रुलाई पाटी धपाउन ।।

तब मात्र यो देश लम्कन्छ विकासको बाटोमा
जब तिमी पोख्छौ पसिना आफ्नो माटोमा ।
तब मात्र जानौंला तिमी भित्र नेपाल छ ।
अनि बल्ल मानौँला तिम्रो मनमा हिमाल छ ।।

कति तिमी लम्कन्छौ, आफ्नै झोली भर्नलाइ
कति तिमी लम्कन्छौ स्वार्थ पूरा गर्नलाई ।
बरु तिमी सिक न देशको लागी मर्नलाई
गरीब र दुःखीको पीडा हेर्नलाई ।।

म त कुर्लन्छु यति साह्रै सारा जगत थर्कन्छ
तिम्रो स्वार्थ देखेर सिङ्गो सागर तर्सन्छ ।
अझ पनि समय छ तिमी आऊ सुमार्गमा
कति तिमी बरालिन्छौ, कता कता कुमार्गमा
कति तिमी बरालिन्छौ, कता कता कुमार्गमा ।।
   – गौरव पौडेल

Facebook Comments

अन्तिम अपडेट: १० बैशाख २०६८, शनिबार ०७:४५

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया