छड्के नजर

 २४ बैशाख २०६८, शनिबार १५:३८   | न्यूज अफ टोखा

२०६८ बैशाख २४ गते शनिवार,टोखा- यो के हो भनेर तपाई अचम्ममा त पर्नु भए न ?  मलाई पनि यो दृष्य देखेर अचम्म लागेर तपाईहरु संग सेयर गर्न मन लागेर पोष्ट गर्दै छु । यो दृष्य टोखा सरस्वती गाविस कार्यालय नजिकको हो । यो तपाई देखि रहनु भएको कुनै पोखरी होईन यो त एउटा खुल्ला ठाउँ मात्र हो ।
पानी पर्नाले खुल्ला ठाउँ पोखरीमा परिन्त भएको । तपाई भन्नु होला कि यो पानी जाने निकास त पकै पनि होला ? कुरा के भए छ भने नि पहिला यो पानी जाने पकी ढल थियो अहिले के भएर हो कुनि त्यो ढललाई माटो तन्न हालेर  हाम्रा बुद्धिजिवीहरुले पुरेछ । अब पानी जाने ढल नै थुने पछि कसरी त्यहाँको पानी बगेर जाने । मलाई त अचम्मै लाग्छ बिना  योजना ,विचार र बैकलपिक निकास किन यस्ता कामहरु गर्छन् । यस विषयमा सम्बन्धीत निकायको समयमा नै ध्यान जा‌‍ओस् ।
Facebook Comments

अन्तिम अपडेट: २४ बैशाख २०६८, शनिबार १५:३८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया