कथा “म विवश छु” साहित्य दर्पण

 ७ जेष्ठ २०६८, शनिबार ०३:२१   | न्यूज अफ टोखा

२०६८ जेष्ट ७ शनिवार- आजको शनिवार साहित्य दर्पणमा हामीले टोखाका स्रजक श्याम काजी श्रेष्ठ द्धारा रचित म विवश छु नामक कथा लिएर आएका छौं । यो कथा उहाँले प्रकाशन गर्न लागेको कथा संग्रहबाट लिएका हौँ । कथा यसरी सुरु हुन्छ ।

            हे नाथ आज यो बेला मेरो त्यो अतितका रहरहरु हाँसो र खुशीहरु पीडाहरु बनेर पलपल यो मेरो मुटुमा विझाई रहेको छ । समयले पनि मलाई तड्पाई रहेको छ । म पानी विनाको माच्छा झै तड्पी रहेको छु । र यता उता भैतारीदै पानी खोज्छु तर सुख्खा जमीन सिवाय मैले केही पनि भेत्न सकिन र भेट्टाउन पनि सकिराखेको छैन । यही सुख्खा जमीनमा भए पनि जीउँने प्रयास गर्छु । जीवनको श्वास फेर्ने प्रयास गर्छ । तर सक्दिन म निसासिन्छु , शिथिलता र विवशतामा रुमलिन्छु । मलाई बाध्यताका असंख्य साङ्गलाहरुले बाधिन्छ र दुःख पीडा दिएर पलपल तड्पाउछ । पलपल मर्नु पर्ने बाध्य बनाई दिन्छ । त्यसैले यसरी पलपल तड्पेर पलपल मरेर जीउनु भन्दा एक पल मर्नु राम्रो थानेको छु । यसरी यो जीउदो लाशलाई घिसारेर जीउनु भन्दा सदाको लागि लास बन्नु उपयुक्त थानेको छु मैले ।

             आज यो बेला मेरो वरी परी कालहरु घुमि रहेको छ । यी ब्यथा नुबुझ्ने समाजका काल र नागहरु मलाई डस्न फुङ्गकारेर मेरो अघि पछि घुमि रहेका छन । डर लाग्दो रातारात आँखा देखाउदै मलाई यो मेरो बेक्कार र ऋण युक्त जिन्दगीलाई समाप्त गर्न आग्रह गर्दैछन । म पनि यो बेक्कार र ऋण युक्त जिन्दगीलाई लासमा परिवर्तन गर्ने निर्णय गर्दैछु । मेरो यस्तो निर्णयले तपाईलाई दुःख लाग्छ होला । म विनाको जिन्दगी जीउन तपाई र छोरालाई पनि गाह्रो पर्छ होला तर म के गरौ त ?
         अनगिन्ती आशा र सपनाहरु बोकेर बटुलेको जिन्दगी नै खोटो र अर्थहिन भए पछि खोटो जिन्दगी लिएर जीउन र जीवन बिताउन तपाईलाई पनि कठिन हुन्छ । मलाई पनि कठिन भै रहेको छ । रमाईलो दिनहरुको कल्पना गरी सुखमा जीवन बिताउने सपनाहरु शिशा झै चक्नाचुर भए पछि त्यस लाई बटुल्न पनि सक्दैन । त्यो शिशा जोडेर त्यसमा आफ्नो आकृतीलाई देख्न र थम्याउन पनि सक्दैन । आफ्नो आकृती देख्नै सक्ने भए पनि त्यो फुटेको ऐनालाई अलछिनिको रुप दिएर प्रयोग गर्दैन । त्यसलाई फालि दिन्छ ।
        म पनि आज त्यस्तै भएको छु । म कयौ टुक्रामा टुकी सकेको छु । हिजो सम्म मेरो विवश्व गरेर आफ्नो लाखौ रुपैया मेरो जिम्मामा लगाउनृहरु आज मलाई विवश्वास गर्दैन । यो बेला ममा कसैको विश्वास छैन भनौ म अहिले कन्टिनरमा फ्याकिएका फोहोर जस्तै भै रहेको छु । सायद त्यसको बढी महत्व होला मेरो छैन ।
मेरो पीडामा कसैले सान्तोना दिदैन सिवाय तपाईले थाकी सके होला मलाई सान्त्वना र प्रोत्सान दिदै तपाई पनि कति दुःख दिउ म तपाईलाई ? फेरी आकृती देख्न नहुने ऐना लिए र त्यसमा आकृति हेर्न तपाई लाई पनि गाह्रो हुन्छ । गाह्रो भई रहेको पनि छ । यो बेला टुक्रिएको ऐना लाई जस्तै मलाई पनि अल्छीनिको नाम दिएर गलत दृष्टीले हेर्दै छ । यो परिवार र समाजले हेर्नु पनि स्वभाविकै हो । त्यसैले म पनि यो टुक्रिएको ऐना रुपी जिन्दगिलाक्ष्ए फाल्ने प्रयास गर्दैछु । यो जिन्दगिलाई निमित्यान्न गर्न खोज्दैछु । तर यो कलिलो बालक प्रति दया लागि रहेको छ । माया ममता यत्रतत्र छरि रहेको छ । आखिर आमा न हुँ नौ महिना सम्म गर्भमा राखेर प्रशव पीडालाई सहेर जन्म दिएको सन्तानलनई यति सजिलै कहाँ छोडेर जान सक्छु र । यति धेरै माया ममता हुँदा हुँदै पनि मैले आमाको कर्तव्य निभाउन सकिन । आमाको कर्तव्य निभाउन नपाउने भएको छु । यो मेरो दुध पिलाउन नपाउने भएको छु । मेरो कर्म त खोटो थियो र खोटो भयो पनि तर यसको कर्ममा किन खोटो लेखि दिएको ? किन यस माथी अन्न्याय गरेको ? आखिर यस्ले के गल्ती गरेको थियो र ? तिन महिनामै आमा गुमाउनु पर्ने भएको,आमाको दुध छोड्नु पर्नै भएको,आमा टोकुवा र अल्छिनीको र टुहुरोको उपनाम पाउन लागेको । म सोच मग्न छु ।
            हे नाथ(प्राण) मैले त आमाको कर्तव्य पुरा गर्न सकिन तपाईले आफ्नो कर्तव्य पुरा गर्नु होला ? यस लाई तपाई आमा र बुबा दुबैको माया र ममता दिनु होला । आमा र बुबा दुबै बनेर यसलाई लालन पालन गर्नु होला सायद तपाईलाई कठिन हुन्छ होला । गाह्रो पर्छ होला । तर मैले के गरौँ त ? कर्मको लेखाई मेत्न पनि त सक्दैन । कर्मको लेखाई नभोगी बस्न पनि सक्दैन । यही कर्मको लेखाईले गर्दा आज म एउटा राम्रो आमा, पत्नी, बुहारी बन्न पनि सकि रहेको छैन । आमाको भुमिका निभाउन पनि सकि राखेको छैन ।
हुन त म अरुको नजरमा आमा बनि सकेको छु । आमा भई सकेको तर म मेरो आफ्नो नजरमा कयौ कु आमा साबित भई रहेको छु । मेरो खिल्ली उदाउदै छन,मेरो आत्माले तँ कस्तो आमा ? आफ्नौ सन्तानलाई पनि आमा बनेर देखाउन नसक्ने ?  तँ त आमाको रुपमा कलंक हो । पापी, कायर र अभागिनी आमा हो । यस्तै यस्तै अनेक ”कु” आमाको उपनामहरु दिएर गालि गर्दैछन् । अनेक प्रश्नहरु गर्दै छन म मायी मेरो आत्माले ।
म भने सब गालिहरुलाई सजिलै आत्मा सात गरेर मौन बस्दैछु । किन की मैले यो बोझ युक्त जिन्दगीलाई विश्राम दिने निर्णय गरी सकेको छु । यसलाई विश्राम दिनु पनि पर्छ मैले त्यसैले आत्मा संग बहस गर्नु भन्दा मौन बस्नु उचित थानेको छु मैले ।
           तर म कायर हैन, कायर बनेको पनि छैन । यदि कायर भएको भए गाउँघर र समाजमा म उदाहरणिय बन्ने थिएन होला, मैले आज यो बेला यो दुःखलाई भोग्नु पर्ने थिएन होला । यी मुटु भित्र पल पल बिझाउने पिडाहरुलाई सामना गर्नु पर्ने थिएन होला ? यो अमुल्य जिन्दगीलाई सिध्याउने निर्णयमा पुग्नु पर्ने थिएन होला ।  म कायर नहुँदा नहुँदै पनि यो बेला मलाई यी कायरताको जन्जीरहरुले मेरा हात पाउहरु कसिएर बाधिँएर कायर हुन बाध्य बनाउदैछन । अहिले यो बाध्ने क्रम क्रमश अगाडी बढदै आज यो मेरो घाटीको पासोकोरुपमा सल्बलिदै मेरो घाटी बाधिन तम्सीदै छन । म विवश छु त्यसैले यि जन्जीरहरु पासो बनेर मेरो वरीपरी सल्बलाउदा पनि केहि प्रतिकार गर्न सकिन चुपचाप मौन रहि घाटी थाप्नु सिवाय । र त आज म बलिका बोका झै चुपचाप आफ्नो गर्धन थाप्दै छु ।
          यो बेला मेरो जीवनलाई सिध्याउन मलाई आग्रह गर्नेहरु, म माथी दया गर्दैछन । मेरो अन्तिम इच्छा सोध्दैछन । तर अन्तिम लक्ष्य नै मृत्युलाई अंगाली सकेकाको अन्तिम इच्छा के हुन्छ र ? तर पनि म उनिहरुको नियमलाई पालना गर्दैछु । म मेरो अन्तिम इच्छा अगाडी सार्दैछु । मैले दुई चार मिनेट सोच्न पाउँ ।
मेरो इच्छा सुन्ने बितिकै बाधिएका सारा जंजिर र डोरीहरु फुकाएर मलाई फेरी  एक फेर स्वतन्त्र छाडी देऊ । अब यो बेला म स्वतन्त्र छु । र म सोचन तयार हुँदैछु । ति बितेका दिनहरुलाई सम्झीदै छु । आँखा चिम्लेर अतितहरुमा दुब्दैछु ।
        कति रमाईला थिए ति दिनहरु । बहिनी र म मिलेर काम बिग्राँनै दोष जति सबै दाजुको टाउँकोमा थोपडी दिन्थ्य । गाली पनि दाजुले नै खान्थ्यो । दिदि त्यती चक चक गर्नु हुन्न । चुपचाप हाम्रो चकचके पना हेरेर बस्नु हुन्थ्यो । सायद घरको ब्यथा उहाँलाई थाहा भएर होला उहाँ चकचक गर्नु  भन्दा आमालाई सहयोग गर्नु  र घरको काम काज गर्न रुचाउनु हुन्थ्यो । त्यसैले होला दाजुलाई आमाले गाली गर्नु भयो भने पनि काम हामीले बिगारेको भनेर आमा समक्ष पोल खोली दिनु हुन्थ्यो । अनि आमा हामीलाई केही गाली गरेर भित्रभित्रै माया गर्नु हुन्थ्यो । तर म भने चकचकको चकचके नै रहे । मैले चक चकेपना छोडनै सकिन । स्कुलमा समेट हामी दुई चार जना साथीहरु मिलेर चक चक गरी रहन्थ्ये । नचाहिदो आरोप लगाएर केटाहरुलाई हेड्मास्तरको सामु उभ्याउन लगाउन्थ्ये(कुत्न लगाउन्थ्ये । यो काममा तपाई पनि एक चोटि फस्नु भएको थियो । मलाई आज सम्म पनि याद छ । यस्तै चक चक गर्दै म क्याम्पस स्तर सम्म पुगे ।जब म क्याम्पसमा वातावरणमा घुलमिलि गरे  र त्याहाका साथीहरुधको लक्ष्यहरु सुने त्यस बेला ममा पनि केहि गर्ने सोच आयो र मैले परिवारीक वातावरण प्रति नियालेर हेरे ।
        दाजु एक्लैले घर व्यवहार दुई बहिनी र एक भाईलाई पढाउन खर्च गथ्र्यो । र त दाजु दिन रात मेहेनत गरेर काम गथ्र्यो । दाजु बेलुका थकाईले लखतरान परेर आउनु हुन्थ्यो । यस्तो अवस्थामा दाजुलाई देखे पछि मैले परिवारमा केहि सहयोग गर्ने अठोट गरे परिवारीक समस्या हल गर्न नसके पनि आफ्नो पढाईको खर्च आफैले निकाल्ने सोत बनाए र नोकरीको खोजी गर्न थाले ।२–४ दिनमै साथीहरुको सहयोगमा एक फाईनाइन्स कम्पनिमा काम पाए । मैले काम पाएको संस्था यो बेला भर्खरै मात्र चर्चामा आई रहेको थियो । एउटा दुईवटा मात्र खोल्दै थियो । मेरो काम र ट्यालेन्ट हेरेर मलाई सेलेक्ट गर्यो मलाई काम दियो । मैले कमा पाएकोमा म ज्यादै खुशी थिए । मेरो काम बजार प्रतिनिधीको थियो । मैले बजारमा हिडेर यो संस्थामा पैसा जम्मा गर्ने ग्राहक खोज्नु पैसा जम्मा गराउनु थियो । म यो काममा सफल हुँदै गए । मैले एक पछि अर्काे गर्दै सफलताहरु हात पार्दै अगाडी बदी रहे । हुँदा हुँदै एक वर्षको अवधिमा मेरो गाउँको सबै नाता गोता साथी भाईहरुलाई  मैले काम गरेको संस्थामा पैसा जम्मा गर्न लगि सकेको थियो । मैले लाखैको कारोवार गरी सकेको थिए । म गाउँलेहरुको पैसा सञ्चर गर्ने विश्वासिलो माध्यम भै सकेको थिए । मैले काम गर्ने संस्थामा पैसा जम्मा गर्न सबै गाउँले साथीहरु उत्साहित थिए । यही गाउँले साथीहरुको सहयोगले गर्दा मैले दिन प्रतिदिन सफलताहरु हासिल गर्दै अगाडी बढदै गए । यही सफलताले गर्दा म यहाँ सम्म पुगेकी सिङ्गो गाउँमा नै म उदाहर्णीय बन्न पुगे ।गाउँमा कसैले आफ्नो छोरा छोरीहरुलाई सम्झाउन वा गालि गर्नु प¥यो भने मेरो उदाहरण दिनु हुन्थ्यो । म त्यो बेला ज्यादै खुशी हुन्थये । खुशी हुनु पनि स्वभाविकै जस्तो लाग्छ ।
        अब म ठुली भै सकेको थिए । आफ्नो जिन्दगीलाई कसैलाई सुम्पिनु थियो मैले । आखिर छोरी मान्छे न हुँ । २०  २५ वर्ष सम्म आफ्नो परिवार संग हाँसो खेल्यो रमायो र बीस, पच्चिस वर्ष एकै पलमा पराई बनी जानु पर्ने । आफ्नोलाई छोडेर पराईलाई अंगाल्नु पर्ने । यो प्राकृती र सृष्टीको नियम पनि हो । यहि नियम भित्र म पनि बाँधिए । बुबाले पनि आफ्नो कर्तव्य पुरा गर्न मेरो विवाहको कुरा म संग राख्नु भयोको थियो । म पनि यहि नियम भित्रको सिमामा(डाइरा) रहेर नाई नभनि को केटा ? कहाँको ? को हो ? भनेर सोध्यको थिए । जब बुबाको मुखबाट तपाईको नाम सुने त्यो बेला म अलि डराए । अलि अलि लाज लाग्यो र म ति अतितहरुमा दुब्न थाले । केहि सोचेर मनलाई थामेर तपाई संग जीवन बिताउने सपनामा दुबेर बुबालाई विवाहको लागि स्वीकृती दिए ।
क्रमशः यस कथाको बाँकी अंश अर्को साता प्रकाशन गर्ने छौँ ।
Facebook Comments

अन्तिम अपडेट: ७ जेष्ठ २०६८, शनिबार ०३:२१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया