‘म विवश छु’ भाग २ -साहित्य दर्पण-

 १४ जेष्ठ २०६८, शनिबार ०५:३७   | न्यूज अफ टोखा

2068 जेष्ठ १४ गते शनिवार –हामीले गत साता टोखाका स्रजक श्यामकाजी श्रेष्ठको कथा म विवश छु प्रकाशन गरिरहेका थियौ । उक्त कथाको बाँकी अंश आजको साहित्य दर्पणमा ….
तपाई संगको यात्रामा म ज्यादै खुशी थिए । परिवारमा पनि उतिकै प्यारो थिए म । मलाई मैले गर्ने कामको निरन्तरता पनि दिई रहनु  नै भएको थियो । यस्ले गर्दा पनि म परिवारमा प्यारो नै थिए । मलाई लाग्छ एउटा जागिरदार बुहारी पाएकोमा उहाँहरु पनि खुशी नै हुनुहुन्थ्यो । अनि जब हाम्रो मायाको चिनोले जन्म लियो यो बेला हामी र हाम्रा परिवारमा अझ बढी खुशीले छाएको थियो । हाम्रो परिवार माझ अझ बढी म पनि प्यारो बनेको थिए । जस्ले गर्दा ममा अझ बढी हौसला र हिम्मत बढेको थियो । र त म पनि भविष्यमा यसरी परिवार माझ प्यारो बनी रहने,र यसरी नै खुशी रही रहने सपनामा चुलुम्म दुबेर मेरो काममा निरन्तर लागि रहेको थिए । ति आउने दिनहरुका दुःख सुखहरु हामी दुबै मिलेर पार गर्ने मिठो कल्पनाहरुमा दुबेर हरेक दुःख कष्ट र समस्याहरुमा एक अर्काले साथ दिने कसम खाएर हामी निरन्तर अगाडी बढी रहेको थिए । नयाँ जिन्दगीको नयाँ बाटोमा यात्रा गरी रहेको थिए ।

तर मेरो सपना बिपरीत भै दियो । हाम्रो हाँसो खुशी र सपनाहरु क्षणिक भै दियो । हाम्रो खुशी र परिवार माझ प्यारो बनेको म गाउँघर माझ उदाहर्णिय बनेको देखेर सायद भगवानलाई  त्यसैले मेरो खुशी र सपनाहरु लुटेर आज यो अवस्थामा पु¥याई दिएको छ । आज यो बेला मैले काम गर्ने संस्थाका संस्थापकहरु सारा पैसा कुम्ल्याएर भागेको छ ।मेरो विश्वासमा जम्मा गरी राखेको लाखै रुपैयाहरु मेरो थाप्लोमा पारेर । मेरो प्रति पलाई रहेका विश्वासहरुलाई चक्नाचुर पारेर,मलाई समाजमा,परिवारमा खपहेलित बनाएर,तिमी अब एकलै संघष गर भनेर ।

           भनिन्छ जिन्दगी संघर्ष हो । तर मैले यो बेला यो जिन्दगीलाई संघर्ष गर्न नसकने भएको छु । यो संघर्षशील जिन्दगी जीउन नसक्ने भएको छु । हो जीवन संघर्ष हो तर हाँसो खुशी र विश्वास विना संघर्ष गर्न पनि सक्दिन । असम्भव जस्तो लाग्छ मलाई ति पाएको हाँसो,खुशी,प्यारोपन र विश्वास एकै चोटि तहस नहस भए पछि कसरी गर्ने त ? कसले संघर्ष गर्न सक्छ त ? मैले पनि यि सब चिज गुमाई सकेको छु । अझ भनै यो बेला म गाउँघर समाज र परिवार माझ अपहेलित अपाङ्ग जस्तै भै सकेको छु । म प्वाँख काटेको चरी जस्तो छु । यो हात खुट्ठा हुदैको अपाहिज जीवन जीउन मलाई गाह्रो भै रहेको छ ।  सायद म जन्म जात नै अपाङ्ग भएको भए मेलै अपाहिजको यो जीवन जिउन सिकी सक्थ्ये होला । जन्म जात मेरो प्वाख न भै दिएको भए मैले उड्ने चहाना र सपनाहरु सजाउदैन्थये । होला तर स्वच्छन्द बोकिएको बेला मेरो सुन्दर प्वाखहरु काटि दियो मेरो सुन्दर हात पाउँहारु भचि दियो । जस्ले गर्दा यो संघर्षसिल जिन्दगीमा संघर्ष गर्ने आँट म मा आएन ।
त्यस माथी पनि हिजो मलाई माया अगी हौसला र प्रत्साहन दिनेहरु आज घृणा र तिरस्कार गर्दैछन । मेरो मुटु भित्र अनेक शब्द बाणहरु प्रहार गरी पीडा दिएर मेरो मनोबल घटाउदै छन ।  भनै यो बेला म फेरी गाउँघर समाजमा र परिवारमा घृणित भै सके । यसरी अपहेलित घृणित हुनु र विश्वास तुईनु पनि  स्वभाविकै थियो । फाईदा बिनाको चिज वस्तु गाउँघर, समाज र परिवारमा राखेर विना सितै ठाउँ ओगेतेर राख्न पनि सक्दैन र राख्नु पनि हुदैन । त्यसैले मैले पनि यो बेकारको वस्तुलाई हताएर ठाउँ खाली गर्न खोज्दै छु । यो घिनाउदो र निर्लज समाज र परिवारबाट विदा लिने फैसला गरेको छु । किन कि यो बेला क विवश छु ।

              मलाई यो अवस्था सम्म पु¥याउने र मेरो गलाको पासोको रुपमा सल्वलि रहेका यी कैले बमक गरेको संस्थाको र समाजका ठगी व्वासाँहरु जो गरीव किसानहरु र गरीव जनताहरुको रगत पसिनाले एक गरी कमाई राखेको पैसा ठगी गरेर भागे, मलाई यो अवस्थामाल पु¥याएका फाईनाईन्स कम्पनीको कागजका टुक्राहरु जलाई ति ठगी व्वासाहरु लाई खरानि बनाएको महसुस गर्दै छु ।
           हुन त यी कागजका टुक्राहरु संगै जलि खरानि हुन म लागि रहेको छ मलाई पनि । तर यी व्वासाहरुको नाममा जलाएकोले र यो देह माथी तपाई र छोराको अधिकार भएकोले मैले यो अधिकार हन्न गर्न चाहिन । किन कि मैले विवाह मण्डपमा अग्नीलाई साक्षी मानेर यो देह तपाई लाई सुम्पी सकेको छु (सुम्पी सकेको थिउ ।) । त्यसैले मैले जलेर खरानि हुन चाहिन । हुन त मैले अग्नीलाई साक्षी मानेर संगै मर्ने संगै बाच्ने, परिआए तपाईको लागि ज्यानै सुम्पी दिने कसम खाएको थिए । तर आज आफ्नो पीडा सामना गर्न सकिन र त्यो पीडामा यो देह त्याग गर्न तयार हुदैछु । तपाई लाई अझ बढी पीडाहरु दिएर यसमा मलाई अभागिनी सम्झेर क्षम गरी दिनु होला ल ।

        हे नाथ, हे प्राण जब यो शरीर लाशमा परिन्त हुन्छ । मेरो प्राण उडेर मेरो शरीर निर्जीव र अचल बन्छ त्यस बेला यी समाजका काला नागहरुको छाँया पनि मेरो लाश माथी पर्न नदिनु । मेरो शोकमा आँशु पनि झार्न नदिनु । अनि यो मेरो लाश माथी तपाई र छोराले दागबत्ती दिए म भाग्यमानि थान्ने छु । मेरो सपना पुरा भएको महशुस गर्नेछु ।

           ल त प्राण मेरो वरीवरी मडारी रहेको यम दुत रुपी काल नागहरुले मलाई स्वतन्त्र छोडिएका ति जन्जीर  साङ्गदाहरुले फेरी मेरो हात पाउहरु बाध्न लम्सिदै छन । मेरो सोचहरु पुरा गरी मृत हुन आग्रह गर्दै छन । त्यसैले विदा हुन चाहान्छु ।

          हे नाथ, मैले यो बेला पुनर जन्ममा विश्वास गर्न थालेको छु । कसरी विश्वास बढ्यो त्यो मलाई थाहा भएन  र छैन पनि । तर पनि पुनर जन्मको विश्वासमा अडेको छु । यदि चादै पुनर जन्म लिन पाए धर्तीमा भेत्न पाउँ । यदि सकिन्छ भने पनि माटो मै भेट्न पाउँ ।
                

विदा… विदा… विदा !!!

उहि तपाईकी अभागी
चरणकि दाशी
“आशा”

Facebook Comments

अन्तिम अपडेट: १४ जेष्ठ २०६८, शनिबार ०५:३७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया