सगरमाथा सफल आरोहन गर्ने निजामती कर्मचारिहरु सम्मानित

 २१ जेष्ठ २०६८, शनिबार ०८:११   | न्यूज अफ टोखा

२०६८ जेष्ठ २१ गते टोखा काठमाडौं–विश्वको सर्वोच शिखर सगरमाथको सफल आरोहन गर्ने निजामती कर्मचारिहरु लाई आज टोखाबासीले हर्षोल्हास र धुम्धाम संग बधाई तथा सम्मान गरियो । उनीहरु लाई खादा, फूलमाला र अबिर लगाई साँस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गराएको थियो । गणेशस्थानमा औपचारिक कार्यक्रम गरी उनीहरुलाई नेवारी परम्परा अनुसार सगुनका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो । उनीहरुले जेष्ट ४ गते सगरमाथाको चुचुरोमा पाईला टेक्न सफल भएको थियो । उक्त कार्यक्रममा सगरमाथा आरोहन गर्ने दलका सबै निजामति कर्मचारीहरुको उपस्थिति रहेको थियो । सुवीर श्रेष्ठ टोखाको ईतिहासमा नै पहिलो पटक सगरमाथा सफल आरोहन गर्ने ब्यक्ति हुन ।

यस सम्बन्धि केही झलकहरु ः

विद्यालयका विद्यार्थीहरु नगर परिक्रमा सहभागिता जनाउँदै

स्थानिय बृद्धा द्धारा टिका लगाई बधाई तथा शुभकामना दिंदै

साँस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्दै
साँस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्दै

टोखाबासी संगै साँस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्दै
Facebook Comments

अन्तिम अपडेट: २१ जेष्ठ २०६८, शनिबार ०८:११

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया