दुर्इ पटक फलामे ढोका पार गर्नुपर्ने

 ८ असार २०६८, बुधबार ०८:००   | न्यूज अफ टोखा

बिश्वभरको शिक्षा प्रणाली नेपालमा पनि

काठमाडौं, ८ असार – नेपालले पनि अन्तरराष्ट्रिय प्रणाली अनुसार शिक्षा क्षेत्रमा परिवर्तन गर्ने भएको छ। हाल एसएलसीलार्इ फलामे ढोका भन्ने गरेकोमा दुर्इ बर्ष पछी देखी यस प्रणालीको समापन गर्ने तयारी शुरू भएको छ। हुन त यस बारेमा केही समय अगाडि देखि नै चर्चा चली कार्य शुरू भएको थियो।

यस प्रणाली अनुसार कक्षा १२ सम्मलार्इ स्कूल मान्ने प्रचलन बिश्वभर रहेकोले नेपाल सरकारले पनि यसलार्इ अंगाल्न लागेको हो। यसरी यस प्रणाली लागु भएपछी कक्षा १२ फलामे ढोका हुने भएको छ। यस बर्ष एसएलसी पास हुनेहरूले भने दुर्इ पटक फलामे ढोका पार गर्नुपर्ने भएको छ।
अन्तरराष्ट्रिय शैक्षिक प्रणाली अनुसार कक्षा १२ मा स्कूल स्तरको अन्त्य गर्न मुख्य परिक्षा लिनु पर्ने भएकोले नेपालमा पनि सो अनुसारको नयाँ संरचना बनाउनु लागेको हो। नयाँ संरचनाका निम्ति हाल कायम रहेका परीक्षा नियन्त्रण कार्यालय, उच्च माध्यमिक शिक्षा परिषद तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद गरी तीनै शैक्षिक निकायहरूलार्इ मिलाएर राष्ट्रिय परीक्षा बोर्ड गठन गर्ने तयारी गरेको छ । यस प्रणाली अनुसार शन २०१५ देखि १२ कक्षामा राष्ट्रिय, १० कक्षामा क्षेत्रीय र ८ कक्षामा जिल्लास्तरीय परीक्षा हुने भएको छ ।
यसरी नँया बन्न लागेको प्रणालीका लागि शिक्षा ऐन संशोधन गर्ने बिधाएक संसदमा पुगिसकेता पनि यसमाथी निर्णय भएको छैन।
Facebook Comments

अन्तिम अपडेट: ८ असार २०६८, बुधबार ०८:००

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया