लागु पर्दाथको गिरोह पक्राउँ

 ९ असार २०६८, बिहीबार १३:५३   | न्यूज अफ टोखा

२०६८ अषाढ ९ गते टोखा,काठमाडौ–सुबिन्द्र श्रेष्ठ–गैरकानूनी ढंगबाट लागुपर्दाथको कारोवार गर्दै आई रहेका चार जना लागुपर्दाथको गिरोह लाई टोखाका स्थानीय युवाहरुद्धारा रंङ्गे हात पक्रेका छन् । आज बिहान ११ बजे लागुपर्दाथको गिरोहहरुलाई स्थानीय युवाहरुले घेरा हालि आफ्नो नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाव महाराजगंजमा बुझाई दिएको थियो । तीई गिरोह विगत केही समय देखी टोखामा बाहालमा बस्दै आई रहेको थियो । उनीहरुले गाँजा, सिरिजं ,ड्रगस लगाएतका लागु पर्दाथहरु अवैधरुपमा कारोवार गर्दै आई रहेको थियो । 

                      
          टोखाका स्थानीय युवाहरुले उनीहरु माथी संकालागेर निरन्तर रुपमा १५ दिन सम्म निगरानी गरिरहेको थियो । आज ड्रगशको कारोवार गरिरहेको अवस्थामा टोखाका स्थानीय युवाहरुद्धारा रंङ्गे हात पक्राउँ गरी आफ्नो नियन्त्रनमा लिइएको थियो । नियन्त्रनमा लिएर प्रहारीलाई जिम्मा लागाएको थियो । अहिले महाराजगंज प्रहरी प्रभागमा थुनि रहेको छ । उनिहरु माथी कानुनीय कार्वाही अगाडी बदाई रहेको छ । गिरोहको कोठाबाट विभिन्न लागु पर्दाथहरु बराम्त गरेको छ । हाल सम्म ती हिरोहहरुको नाम,थर र ठेगाना खुल्न सकेको छैन ।
Facebook Comments

अन्तिम अपडेट: ९ असार २०६८, बिहीबार १३:५३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया