फलोअप न्युज -लागुपर्दाथको गिरोह पक्राउँ

 १० असार २०६८, शुक्रबार १४:३२   | न्यूज अफ टोखा

२०६८÷०३÷१० सुबिन्द्र श्रेष्ठ– टोखा –टोखाका स्थानीय युवाहरुद्धारा रंङ्गे हात पक्रेका चार जना लागुपर्दाथका गिरोहको नाम आज प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी बृत्त महाराजगंजले आज दिएको जानकारी अनुसार हेटौडा ३ मकवानपुर निवासी हाल टोखामा बाहालमा बस्दै आएका २८ बर्षीय नारायण श्रेष्ठ, सिउचाटार घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आएका ३२ वर्षीय अच्युतका विडारी , सामाखुसिमा निवासि २४ वर्षीय प्रज्वल भट्टचन र काठमाण्डौ महा नगरपालिका निवासि २४ वर्षीय अडित रहेका छन् । 

             प्रहरीले ती गिरोहको ठुलो सञ्जाल हुन्न सक्ने आशंका गरी अनुशन्धानका लागि म्याद थप गरी उनीहरु माथी अनुशन्धानको कार्यलाई अगाडि बढाई रहेको प्रहारी बृत्तका प्र.ना.उ. दिपक थापाले जानकारी दिनु भयो । 
Facebook Comments

अन्तिम अपडेट: १० असार २०६८, शुक्रबार १४:३२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया