फेरी गाँजा काण्ड…..

 २८ असार २०६८, मंगलवार ०८:४७   | न्यूज अफ टोखा

२०६८ असार २७ गते टोखा,–ड्रग्स काण्डको कुरा सेलाउन नै नपाई फेरी अर्को गाँजा काण्ड । आज विहान टोखाका स्थानिय बासिन्दाले लुकिछिपी अबैध ढंगबाट गाँजा खेती गर्दै आई रहेको भन्दै गाँजालाई नियन्त्रमा लिएर आगो लगाई नष्ट पारिदिएको छ । टोखा चण्डेश्वरी गाविस वडा नम्बर ३ निवासीय प्रकाश खड्गीले टोख्य पाचाःमा रहेको आफ्नो खेतमा कम्पाउण्ड बानाएर गाँजाको खेती गर्दै आई रहेको थियो , जुन कुरा कसैलाई पनि थाहा थिएन । आज बिहान गाँजा बेच्ने क्रममा गाँजा किन्ने र खड्गी बीच झड्प भए पछि यो कुरा एकाएक बाहिर आएको थियो । 

त्यस पछि स्थानिय बासिन्दाले खड्गीमाथी हातपात गरी गाँजा खेती गरिरहेको कम्पाउण्डलाई नियन्त्रमा लिएर नष्ट गरेको थियो । खड्गीले अब देखी यस्तो कार्य नगर्ने बाचाँ गरी सबै सामु माफि मागे पछि  कानूनी कारवाहिका लागि प्रहरी प्रशासनलाई जानकारी नदिई स्थानिय स्तरमा नै कुरा मिलाएर पहिलो पट्कको लागि छाडि दिएको छ । खड्गी बिगत लाम्रो समय देखी यस अबैध गाँजा धन्दामा सामेल भएको कुरा खुल्न आएको छ ।
गाँजालाई आगो लागाएर नष्ट गरिदै ।
सुबिन्द्र श्रेष्ठको साथमा चैत लाल महर्जन
तस्वीरः युथ महर्जन
Facebook Comments

अन्तिम अपडेट: २८ असार २०६८, मंगलवार ०८:४७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया