प्राकृतिक मनमोहक दृष्यः

 ३२ असार २०६८, शनिबार ०२:२२   | न्यूज अफ टोखा

अषाढ ३२ -प्राकृतिक मनमोहक दृष्यः काठमाडौं उपत्यकाको चक्रपथबाट करिब ९ किलोमिटर  उत्तर तर्फ अवस्थित झोर महाकाल गाबिसमा पर्ने बैडेश्वर महादेवको यो दृष्य निकै नै मनमोहक देखिन्छ ।   यहाँ प्रत्यक वर्षको असार र श्रावणमा मानिसहरुको भिड लाग्ने गर्दछ । एउटा सिंगो ठुलो ढुंगोमाथीबाट झरेको झरना  हेर्दा जो कोहीको पनि मनलाई सोच्न बाध्य तुल्याई दिन्छ । ‌‌ओहो यस्तो नि हुँदो रहेछ । ठुलो ढुंगाको भित्र महादेवको मुर्क्ति रहेको छ । यस स्थान कहिले रामायण संग जोडिएको पाईन्छ भने कहि महादेव र भत्मासुर दैत्य संग जोडिएको पाईन्छ । यस स्थानको बारेमा बिस्तृत जानकारी तपाईलाई म आउँदा दिनहरुमा दिदै गरुँ ला । अहिले लाई भन्ने त्यहाँको झलक हेर्नुस । 



Facebook Comments

अन्तिम अपडेट: ३२ असार २०६८, शनिबार ०२:२२

तपाईको प्रतिक्रिया