टोखामा टेलिफोन सेवा सुरु हुने

 २० श्रावण २०६८, शुक्रबार ०४:३६   | न्यूज अफ टोखा

२०६८ बैशाख ३० गते –छिटैनै टोखामा टेलिफोन सेवा सुरु हुने भएको छ । नेपाल टेलिकमको गंगबु शाखाबाट टोखा सम्म अण्डरग्राउण्डबाट अप्टिकल फाइबरद्धारा सेवा दिन लागेको हो । अहिले दृर्तगतिमा अण्डरग्राउण्डबाट टेलिफोनको तार बिच्छाउने काम भई रहेको छ । सम्भवत यो वर्षको दशैँ सम्ममा टोखाबासीले यसको सेवा पाउने छ । सामाखुशी देखिनै अण्डरग्राउण्डबाट तार बिछाई रहेको छ । करिव ८ वर्षदेखि टेलिफोन सेवाबाट वञ्चित हुनु पुगेका टोखाबासीले भन्ने अब केही समयमा नै यसको टेलिफोन सेवा पाउने भएको छ । पहिला नेपाल टेलिकमको  बाँसबारी शाखाबाट सेवा पाई रहेको थियो । पट्क पट्क टेलिफोनको तार चोरी भए पछि करिव ८ वर्ष देखि टोखाबासीहरु  टेलिफोन सेवाबाट वञ्चित हुनु परेको थियो ।
Facebook Comments

अन्तिम अपडेट: २० श्रावण २०६८, शुक्रबार ०४:३६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया