Hot News-हिले जात्रा २०६८ फोटो फिचर

 ३० श्रावण २०६८, सोमबार ११:४९   | न्यूज अफ टोखा

श्रावण ३० गते सोमबार- गाईजात्राको भोलि पल्ट मनाईने यो जात्रा टोखाको महत्वपुर्ण पर्व मध्य एक पर्दछ ।अहले जात्रा सुरु भै रहेको छ यो न्युज अपलोड गरिरहन्दा सम्ममा। यस जात्रामा पुरुषहरु महिलाको भेषधारण गरी धान रोपेको अभिनय गरेर आउने गर्दछ । प्रोढ देखी साना केटाहरु महिलाहरुको नक्ल गरी धान रोपेर आउने गर्दछन । कोही गोरु भए आउ छन् त कोही बाउसो गरेर त कोही खेतालाहरुलाई खाजा खुवाएर आउने गर्दछन । गुनला बाजाको तालमा ( गीत-तुपुमा तुपु हिलोमा धान रोपेर छोदैउला…. ) झाउरे भाकामा रोपाई गर्ने गर्दछ । यस संगै विभिन्न हाँस्यात्कम झाकीहरु पनि देखाउने गरिन्छ । रोपाइ सके पनि यस्ता झाकीहरु देखाउने क्रम भने निरन्तररुपमा चलिनै रहन्छ । कृषानको जीवनलाई जीवन्तरुपमा प्रस्तुत गर्ने जात्राको रुपमा यस जात्रालाई लिन सकिन्छ ।



यो फोटो उपलब्ध गराई दिएकोमा भाई सुरेश डंगोल प्रति हार्दिक आभार ब्यक्त गर्दछू ।

Facebook Comments

अन्तिम अपडेट: ३० श्रावण २०६८, सोमबार ११:४९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया