अलग पहिचान नयाँ किर्तिमान सुविर श्रेष्ठ संगको अन्तरंङ्ग कुराकानि

 १० भाद्र २०६८, शनिबार ०७:१९   | न्यूज अफ टोखा

२०६८ भाद्र १०-टोखा- मन्दरी श्रेष्ठ र स्व. हरि नारायण श्रेष्ठको कोखबाट वि.स.२०३७ पुष ७ गतेका दिन माईलो सुपुत्रको रुपमा जन्मेका सुबिर श्रेष्ठले नेपाली निजामतीका तर्फबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर टोखाको मात्रै नभई समग्र निजामती कर्मचारीकै शिर उच्च बनाएका छन् । उनै साहसी आरोही श्रेष्ठसँगको अन्तरंङ्ग राकानी यो बसाइमा अडियो किलिप्स सुन्न डाउनलोड गर्नुहोस ।

स‌ंक्षिप्त परिचय: सुविर श्रेष्ठ
ठेगानाः टोखा सरस्वती, —२, काठमाण्डौ
जन्मः   २०३७÷०९÷०७
पिताः   हरि नारायण श्रेष्ठ
माताः   मन्दरी श्रेष्ठ
शिक्षाः  स्नाकोत्तर अध्यनरत
हाल कार्यरत संस्था, पद, जिम्मेवारी, सेवा प्रवेश ः सामान्य प्रशासन मन्त्रालय, वदुवा शाखा, सिहंदरवार

१‍ यो आरोहणको योजना कसरी तय भयो ?

‘नेपाल निजामती कर्मचारी – प्रथम सगरमाथा आरोहण अभियान २०११’ पर्यटन मन्त्रालयको एउटा कार्यक्रम थियो । भुतपुर्व पर्यटन सचिव लिलामणी पोखरेल (हालका गृह सचिव)को नेतृत्वमा यस कार्यक्रमको तय भएको थियो । चीन ओलम्पिकताका सर्वोच्च शिखर सगरमाथामा ओलम्पीक दिपको प्रज्ज्वलन कार्यक्रम सम्पन्न गर्दा नेपाल सरकारको प्रतिनीधि निरीक्षण तथा सहयोगको लागि जानुपर्ने तर सोसम्बन्धी पर्याप्त ज्ञान भएको नेपाल सरकारका कार्मचारीको अभाव देखियो । यस कारणले गर्दा यस कार्यक्रमको आवश्यकता महशुस त्यतिबेला गरियो । अर्को तर्फ पर्यटन मन्त्रालयले पर्वतीय पर्यटनसम्बन्धी नीति–नियम तथा कार्यक्रमहरु बनाउँदा पनि विदेशी लेखकहरुको किताब तथा शोधहरु पढेर तथा अरुले भने सुनेको भरमा र अप¥र्याप्त सूचना तथा तथ्याङ्कको आधारमा काम गर्नु पर्दथ्यो । तसर्थ यस क्षेत्रमा कर्मचारी स्वयं भिजाउन पाए प्रभावकारी कार्यक्रम ल्याउन सकिने मन्त्रालयले अनुभव ग¥यो, र कार्यक्रम तय भयो । नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर प्रबद्र्धन एवं प्रचार–प्रसारको लागि पनि यस कार्यक्रमको आयोजना गरेको हो । नेपालका निजामति कार्यचारी भनेको कुर्सिमा मात्र बस्ने अल्छी, जोखिम नउठाउने, साहस नभएका भन्ने जनमानसको सोचलाई पनि परिवर्तन गर्न आवश्यक थियो । 

 यसका लागि २०६६ सालमा सार्वजनिक सूचनामार्फत ईच्छुक निजामति कर्मचारबाट २० जना लाई छनोट गरिए । २० जनालई पर्वतारोहण सम्बन्धी आधारभुत तालिकको लागि लाङ्गटाङ्गको ५५५० मिटरको यालापिक आरोहण गराईए । त्यस २० जनाबाट पनि छनोट गरी १५ जना सक्षम कर्मचारीहरुलाई सगरमाथा आरोहण अभियानमा पठाउने तय भयो ।
तपाईले सर्वोच्च चुचुरोमा पुग्नासाथ पहिलोपटक गर्नुभएको कल्पना÷सम्झना के थियो ?
२०६८ जेष्ठ ४ गते विहानको ५ः२० मा जब म विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचोरोमा पुगें, मेरा खुशीका सिमाहरु थिएनन्, आँखामा खुशीका आँशुहरु छल्किन थाले । सगरमाथा भनेको एउटा पवित्र मन्दिर भएकाले सर्वप्रथम चुचोरोमा पुग्ने वित्तिकै ढोगें र मेरो स्वर्गीय पीतालगायत परिवारका सबै सदस्यहरुलाई सम्झे । मनमनै भनें पनि–म सुरक्षित चुचुरोमा पुुगेँ । मेरा स्वर्गीय पीताको सम्झनाले मन भावुक बनायो । कल्पना गरें – यदि मेरा पीता रहिदिनुभएको भए मेरो यो सफलताको समाचारले कति खुशी हुनुहुन्थ्यो होला ? एक छिन त स्तब्ध भएँ पनि र आफैले आफुलाई सम्हाल्ने प्रयास गरें । साथीहरु चारै तीर हरेर रमाएको देखेर मनलाई सम्हालें र उनीहरुसंगै चारै तीर नियाल्न थालें । विश्वको सर्वोच्च शिखर, पक्कै पनि सबै हिमालका टुप्पाहरु तलतिर देखिन्थे, आफू चाहिं माथि । हामी बाटोमा आउँदा र आधार शिविरमा बस्दा देखिने ठुल्ठुला हिमालहरु तलतीर साना–साना देखिन्थे । जहिले पनि माथि देखिने आकाश आफ्नै सतहमा देखियो । बादलहरु टम्म थिए । माथि आकाशमा चम्कने गरेका विजुली पनि तलतीर चम्कीएको देखियो । एक छिन त स्वर्गमै पुगेको अनुभव भयो र आधार शिविरदेखि माथि आउँदासम्म गरेका दुःख, कष्ट, पीडाहरु सबै एकै निमेषमा विर्सिए ।
आरोहणको यात्रालाई शब्दमा चित्रण गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
हिमाल आरोहण गर्नु आफैमा एउटा कठिन काम हो । हरेक पाईलामा मुत्युसँग लुकामारी खेल्दै जानु पर्ने । कतै खर्पासमा राखेका भ¥याङ्गहरु पार गर्दै त कतै ठाडो वरफका हिमालहरुमा हिड्नु पर्ने, कतै डोरीमा झुण्डिएर हिड्नु त कतै घिस्रेर पनि हिड्नु पर्नेे । हरेक क्षण र पाईलाहरु मृत्युलाई अंगालेर हिड्नु पर्दथ्यो । तर पनि ती मध्य सबैभन्दा कठिन क्षण भनेको खुम्बु आईसफल पार गर्नु थियो । सो ठाउँ भनेको बरफका ठुलाठुला ढिक्काहरु थियो, कतै ती ढिक्काहरुको छेउबाट त कहिले कापबाट पनि हिड्नु पर्दथ्यो । बढी भ¥याङ्गहरुको प्रयोग पनि यसै ठाउँमा भएको थियो भने अनगिन्ती खर्पासहरु पनि सोही क्षेत्रमा थियो । त्यस माथि पनि एक ठाउँमा त हिमपहिरो आउने प्रवल सम्भावना भएको ठाउँ थियो र सो ठाउँमा हिमपहिरो आयो भने भाग्ने ठाउँ पनि अन्त कतै हुन्न ।
यस आरोहणको सबभन्दा कठीन काम÷क्षण के थियो ?
प्रत्यक पाईलामा मृत्युसंग पैठेजोडी खेल्नु पर्ने, कुन बेला के हुने हो कुनै ठेगान नै नहुने । ठाउँ ठाउँमा हिउँको खोंचहरु, आइसफल, डरलाग्दा उकालो बाटो र्हिडिरहनु पर्ने । पहिरो आउने डरले गर्दा कुनै ठाउँमा विस्तारै हिड्नु पर्ने हुन्छ । एक पटक मात्र गलत ठाउँमा पाईला टेक्दा पनि मृत्युको मुखमा पुगिन्थ्यो । दिउँसो १० बजे पछि हावा वढी चल्ने हुनाले राति २÷३ बजे नै टर्चको सहायताले हिड्नु पर्दथ्यो । सगरमाथासम्म पुग्न ४ वटा क्याम्प पार गर्नुपर्दथ्यो । कहिलेकाहीँ ८०÷९०  डिगी्र ठाडो उकालोमा पनि हिड्नु पर्ने हुन्छ । अरु क्याम्पको तुलनामा क्याम्प ४ मा वढी चिसो र डरलाग्दो थियो । कहिलेकाहीँ त २४ घण्टा पनि मान्छे उडाउने खालका वेगले हावा चल्ने । बाटोमा एक हिलस्टेप पार गरी जानुपर्छ, जुन विशाल चिप्लो ढुङ्गा हो । यही पार गर्नु नै सबैभन्दा  कठिन क्षण थियो ।
आरोहणभर घटेका घटनामध्ये सबैभन्दा सम्झनलायक क्षण बताइदिनुस् न ।
हुन त सबै घटनाहरु सम्झन लायक नै छन्, त्यसमध्य पनि बिर्सनै नसकिने घटना शिखर पुग्नुभन्दा केही अगाडीको हो जुन बेला हुरी बतास वेगले चल्दा म लड्नै लागेको थिएँ । संयोगवस मैले डोरी समाट्न पुर्गे । यदि मैले त्यो डोरी समाट्न नसकेको भए सायद यो संसारबाट बिदा भइसकेको हुने थिएँ होला । 
सगरमाथाको चुचुरोबाट वरिपरि नियाल्दा मैले आफुलाई स्वर्गमा पुगेको अनुभूति गरें ।सगरमाथाको शिखरभन्दा तल पनि सेतो बादल र माथी पनि सेतो बादल, त्यसको बीचमा नीलो आकाश मेरो आँखाको सतहमा देखिन्थ्यो । हिमालका अग्ला अग्ला चुचुराहरुको दृश्य मानौ कुनै स्वर्गको एक टुक्रा झै थियो । 
अर्को सम्झनलायक क्षण– मैले विजुली चम्केको दृश्य आफ्नै आँखा अगाडि देखेको थिएँ, निकै नै अचम्मित भएको थिएँ त्यतिबेला । विजुली चम्कने दृश्य मैले माथि आकाशमा मात्र देखेको थिएँ तर त्यँहा भने तल विजुली चम्केको दृश्य देखियो । प्रकृतिको यो अनुपम दृश्य देख्दा मेरा सारा दुःख, कष्ट पीडाहरु भुलेको आभास भयो । 
आरोहणका लागि घरबाट बिदाइ हुँदा कस्तो अनुभूति गर्नुभयो ?
जुनसुकै मानिसलाई आफु जन्मेको घर केही समयको लागि छाडेर जान निकै नै कठीन हुन्छ नै । परिवारका सबै सदस्यहरुलाई सम्झाई बुझाई जहाँसम्म जान सकिन्छ जाउँला, नसके फर्केर आउँला भनेर सम्झाएँ, तर हिमाल आरोहणका लागि जाँदा घर फर्किने हो की होइन कुनै ठेगान भने थिएन, जसले गर्दा म निक्कै नै भावुक भएँ । 
सगरमाथाको चुचुरोबाट नेपाल कस्तो देख्नुभयो ?
खासै त्यस्तो केही दृश्य देखिएन, मात्र चारै तिर बादल देखिन्थ्यो । बादलको बीच बाट उठेका केही अग्ला अग्ला हिमालका चुचुराहरु देखिन्थे । बरु छिमेकी राष्ट्र चीनको भने केही हरियाली पहाडका भागहरु नेपालको तुलनामा स्पष्ट देखिन्थे । 
तपाईको यो आरोहण गर्नुको मुख्य उद्देश्यहरु के के थिए ?
पर्यटन तथा नागरीक उड्ड्यन मन्त्रालयको वार्षिक योजना अनुरुप नै निजामती कर्मचारीले सगरमाथाको आरोहण गरेको थियो । हाम्रो मुख्य उद्देश्य भनेको सगरमाथामा के कस्ता गतिविधि भईरहेका छन् ? त्यहाँ भईरहेका फोहोर मैलालाई व्यवस्थित गर्ने, जलवायु परिवर्तनसम्बन्धी विश्वलाई सचेत गराउने, तथा निजामती कर्मचारीहरु पनि साहासिक कार्य गर्न सक्षम छन् भन्ने कुरा देखाउनु थियो । यसका साथै निजामती कर्मचारीको सात बुँदे घोषनापत्र विश्वको सर्वोच्च चुचुरोबाट जारी गर्नु पनि एक मुख्य उद्देश्य थियो ।
सगरमाथामा फोहोरको समस्याका बारेमा विभिन्न गोष्ठीमा कुरा भइरहन्छ, वास्तविकता के पाउनुभयो ?
जति हामीले सुन्ने गर्छौं, वास्तवमा त्यति फोहर देखिएन । त्यहाँ देखिने फोहरहरु विषेश गरी प्लाष्टिकका टुक्राहरु, क्यानका वट्टाहरु, झण्डाहरुको थुप्रो, एलपी ग्यास, अक्शिजनका सिलिण्डरहरु दोस्रो र चौठो क्याम्पमा बढी देखिए । तर अहिले भने यसलाई हटाउने कार्य भईरहेको छ जुन निकै प्रशंसनीय कार्य हो ।
१० यसमा मुख्य प्रेरणा केबाट मिल्यो ?
म पहिला पनि ट्रेकिङ्गको सिलसिलामा जाँदा अन्य हिमालहरु चढ्ेको थिएँ । अरुहरुले सगरमाथाको बारेमा कुरा सुनाउँदा मलाई सगरमाथा चढ्ने ठुलो इच्छा जागेको थियो । निजामती कर्मचारीको टोली पहिलो पटक जाने र सरकारको कार्यक्रम भएकाले सफल र सार्थक पार्नुपर्छ भन्ने कुराले प्रेरणादायक भूमिका खेल्यो ।
११ टोखाली हुनुको तपाईको अनुभूति के ?
आफु जन्मेको र हुर्केको ठाउँ सबैलाई प्यारो लाग्छ नै । मैले सगरमाथा आरोहण गरेर टोखाको ईतिहास रचेको अनुभूति गरिरहेको छु, साथै टोखालाई पनि चिनाउने प्रयास गरेको जस्तो लागिरहेको छ । यसले गर्दा आफु टोखाली हुनुको गर्व गरिरहेको छु । हाम्रो टोखा पर्यटकीय हिसाबले निकै नै महत्वपूर्ण स्थान हो । जहाँ प्राचीनतम संस्कृती, रीतिरिवाज तथा परम्परा भएता पनि हामीले यसलाई सही रुपमा सदुपयोग गर्न सकेका छैनौं । यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्ने प्रवल सम्भावनाहरु छन् । टोखालाई पर्यटकीय स्थल बनाउन हामी सबै एक जुट भएर अगाडी बढ्न म तपाईको ब्लग मार्फत अनुरोध गर्दछु ।

Facebook Comments

अन्तिम अपडेट: १० भाद्र २०६८, शनिबार ०७:१९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया