नेवा: समुदायमा सगँ (सगुन) को महत्व…

 ११ भाद्र २०६८, आईतवार ०७:५०   | न्यूज अफ टोखा

विनय राजोपाध्याय
२०६८ भाद्र ११ आइतवार- विश्वमा हरेक जातजातिको आआफ्नै तरिकाको रितिरिवाजकला संस्कृति अनि परम्पराहरु हुन्छन् । चाहे त्यो पपुआन्युगीनीको जंगली समाजमा होस् या अमेरीकाको विकसित समाजमा आआफ्नै पाराको संस्कृति त जुनसुकै समाजको पनि भई नै हाल्छ यस्मा कुनै शंका नै छैन । यस्ता हरेक परम्पराहरुको आआफ्नै प्रकारको हतिहाँस र महत्व हुन्छ । यस्ता परम्पराहरु कुनै बेतुकका हुन्छन् भने कुनै अति नै तार्किक हुन्छन् । यस्तै एक परम्परा हो नेवार समाजमा सगँ दिने परम्परा  
सगँ अर्थात सगुन कुनै पनि शुभ कार्यको थालनी वा शुभ कार्य समापन गरिसकेपछी सो ब्यक्तिलाई आर्शिवाद वा स्याबासी स्वरुप दिईने विषेश प्रकारको सम्मान हो । नेवार समाजमा सगँ दुइ किसिमले दिइन्छ ।




धौ सगँ  दहिको सगुन )
ख्येँ सगँ  अण्डाको सगुन )
धौ सगँ

र्सव प्रथम सुकुन्दा बाली स्थापना गर्ने र पूजा गर्ने । एक कटारो नयाँ नबिगारेको दहिनयाँ लुगा/कपडाएउटा सिङ्गो सुपारीसिक्का-(पैसार पूजाथाली सगँ दिने ब्यक्तिले समाई रातो टिका बनाई (नयाँ दहि बात फूलको सहायताले केहि दहि लिई पूजाथालीमा राखी अबिर र अक्षेता संग मुछि ) सगँ  लिने ब्यक्तिलाई जमीनमा तिन चोटी ( कुल देबताइष्ट देबता र स्थान देबतालाई सम्झी ) र कोथाको सिलिंगमा ( गृह लक्ष्मी सम्झी ) एक चोटी पूजा गर्न दिईनिधारमा रातो टिका लगाई दिई लुगा/कपडा,एउटा सिङ्गो सुपारी र सिक्का(पैसासगुन स्वरुप दिईन्छ । सगँ  पाउने ब्यक्तिले आफुले पाएको सगँ धोगी भूइँमा राखि मान्यवरहरुको पाउ धोगी आर्शिवाद ग्रहण गर्दछ । यसरी धौ सगँ  दिने कार्य सकिन्छ ।



ख्येँ सगँ
ख्येँ सगँ दिंदा एक हातमा सिंगो पकाएको अण्डा (ख्येँ ) , सिंगै तारेको सानो माछा (न्यां), सानो टुक्रा भुटेको मासु (ला) , पाटोलो पारी काटी तारेको अदुवा (पालु ) लाई वः माथी राखी अर्को हातमा सानो बटुको(खोल्चा)मा रक्सि राखि दिईन्छ । सगँ पाउनेले सबै मान्यवर संग पाउ धोगी आर्शिवाद लिई र्सव प्रथम अण्डा , दोस्रो पल्ट माछा , त्यस पछि मासु अनि अदुवा र अन्त्यमा वः सहित सबै क्रमै संग खांदै जानु पर्दछ । त्यस्तै यी प्रत्येक पटक संग खोल्चा वाट रक्सिको सानो घुट्को लिनु अनिवार्य छ । वः भन्नाले मास वा मुगीको गेडा लाई जाँटोले आधा पारीएक रात पानिमा भिजाईबोक्रा छोर्डाईखलमा पिसीलेदो बनाईसेल झै तेलमा झानेर वा सुक्खा तावामा हल्का आँचमा थोरै तेल तताई वाटुलो पारी तारेको विशेष प्रकारको परिकार भन्ने जनाउँछ ।)  यसरी ख्येँ सगँ लिने दिने कार्य सकिन्छ ।


साधारण तया सगँ लिने दिने कार्य यहि हो । कसै लाई सगँ दिनु परेमा यी दुबै सगँ  पहिले धौ सगँ  त्यस पछी ख्येँ सगँ घरको मुलीले नै दिने गरिन्छ तर कुनै कुनै बेला ख्येँ सगँ मात्र पनि दिईन्छ । सगँ लिने दिने कार्य सके पछि त्यहाँ उपस्थित सबै लाई टिका प्रसाद बाँदि दिने चलन पनि छ । यहाँ धौ सगँ  बैष्णब मान्यताको आधारमा र ख्येँ सगँ  शाक्त तान्त्रिक अवधारणामा आधारित छ ।


यी त भए सगँ दिने तरिका । अब यो परम्परा हामीले किन मनाउँछौं त भन्नेबारे जानौं । कुनै पनि परम्परा किन हामी मनाउँछौं भन्ने साधारण ज्ञान हामीमा हुनु जरुरी छ । यदि सो कार्य हामीले किन गरि राखेको छौं त भन्ने कुरा थाहा छैन भने सो परम्परा त्यसै लोप भएर जाने कुरामा कुनै शंकै छैन । त्यसैले परम्पराहरु जोगाउन किन मनाउँछौं भन्ने जानकारी साधारणतया सबैले राख्नु जरुरी छ । साथै परम्परा मनाउनुको कारण थाहा पाएर मनाउनु अझै रमाईलो हुन्छ र आफ्नो जातिय स्वाभिमान प्रति गर्व गर्ने ठाउँ पनि रहन्छ ।


तान्त्रिक मत अनुसार हाम्रो शरीर पञ्चतत्ववाट बनेको छ । पञ्चतत्व भन्नाले पृथ्बीजलतापवायु र आकाश हो । हाम्रो शरीरमा भएको मासुहड्डी इत्यादी कदा पदार्थ मान्छे मरेर गएपछी माटोमा गाडे माटो नै भैजाने र जलाए पनि खरानी बनी माटो मै मिली जाने भएकोले यी पदार्थलाई पृथ्बी तत्वको रुपमा लिईन्छ । रगतपसिना इत्यादी रसिलो पदार्थलाई जल तत्वको रुपमा लिईन्छ । त्यस्तै तातो भागलाई ताप तत्वशरीर भित्र रहेको हावा श्वाशलाई वायु तत्व र शरीर भित्र रहेको शुन्य (खाली)भागलाई आकाश तत्वको रुपमा लिईन्छ । यी पञ्चतत्वमा कुनै किसिमको पनि थपघट हुने बितिक्कै हाम्रो शरीरमा बिकार उत्पन्न भै रोग ब्याधि लाग्ने र स्फूर्ति घट्ने सम्भावना रहन्छत्यसैले हाम्रो शरीरमा पञ्चतत्वको उचित संयोजन हुनु अति नै आवश्यक छ ।


अण्डा पंक्षिले दिन्छ । पंक्षि आकाशमा उड्ने भएकोले अण्डालाई आकाशतत्वको प्रतिकमाछा समुन्द्रमा पाईने भएकोले जलतत्वको प्रतिकमासु जमीनमा बिचरण गर्ने प्राणीको भएकोले पृथ्बी तत्वको प्रतिक,अदुवा वा रक्सि खाँदा शरीरमा ताप बढ्ने भएकोले तापतत्वको प्रतिक र वः जमीन माथी वायुमा झुल्दै फल्ने मास अथवा मुगीवाट वन्ने भएकोले यस्लाई वायुतत्वको प्रतिकको रुपमा लिईन्छ । त्यसैले पञ्चतत्व युक्त ख्येँ सगँ  खांदा शरीरमा पञ्चतत्वको उचित संयोजन हुने र कुनै तत्व नपुग भए यस्ले परीपुर्ती गरी दिनेरोग ब्याधी हट्ने र शरीरमा स्फुर्ति वढि नयाँ काम गर्न नयाँ जोश र जांगर आउने हामीमा विश्वास छ ।


त्यस्तै कुलार्णवतन्त्रको अवधारणा अनुसार ख्येँ सगँ लाई पञ्चकार मद्यमांसमीनमुद्रा र मैथुनको रुपमा पनि लिईन्छ । ( मद्यरक्सिमांसमासुमीनमाछामुद्रावः र मैथुनअण्डा ) 
त्यस्तै अर्को तर्क अनुसार ख्येँ सगँ दिंदा ख्येँ सगँ लिने ब्यक्ति जहाँ गए पनि तिम्रो विजय होस् भन्ने आर्शिवाद सहित दिईन्छ । जस्तै :- अण्डा खाएमा – आकाशमामाछा खाएमा – सागर भित्रमासु खाएमा – जमीनभरमाअदुवा खाएमा – ( अदुवा जमीन मुनी फल्ने भएकोले ) जमीन मुनी गए पनि र वः खाएमा – ( वः जमीन माथी वायुमा झुल्दै फल्ने मास अथवा मुगीवाट वन्ने भएकोलेजमीनको माथी पनि यसरी पृथ्वीको सवै भागको प्रतिनिधीत्व गर्राई  यी सबै ठाउँहरुमा तिम्रो विजय होस् वा यी ठाउँहरु जहाँ गए पनि तिम्रो रक्षा होस् वा यी सबै ठाउँहरुमा तिम्रो किर्ति फैलियोस् भनि आर्शिबाद दिएको वुझिन्छ । त्यस्तै यी सबै ताजा खाद्य संगसंगै रक्सि पनि खानुको मतलव ताजा देखि एकदमै पुरानो बासी (रक्सि)खाद्य पदार्थ खाँदा पनि तिम्रो शरीर लाई केहि नहोस् भन्ने तर्क पनि लगाउन सकिन्छ । त्यस्तै शाकाहारको दुइ परिकार अदुवा र वःमांसहारको दुइ परिकार मासु र माछा अनि शाकाहार होकी मांसहार को एक परिकार अण्डा रहेको उचित संमिश्रणको यो ख्येँ सगँले जस्तो सुकै खाद्य पदार्थ लाई पनि शरीरले पचाउन सकोस् भन्ने अभिप्राय पनि राख्दछ ।चाहे जुनसुकै तर्क होस् नेवार समाजमा सगँ  लिनेदिने परम्परा अद्यापी प्रचलनमा रहेकै छ । यो हाम्रो संस्कृति हो र यस्लाई कालान्तर सम्म पनि संरक्षण गरी राख्नु हामी सबैको कर्तब्य नै हो ।


म्हः पूजा नेपाल संवत अनुसार पहिलो दिन हो । यस दिन देखि नयाँ कार्यको थालनीको साथसाथै नयाँ आर्थिक बर्ष पनि सुरु हुने हुनाले आउँदो वर्षको ब्यवसाय वा घर संचालन राम्रो संग गर्न सकोस भनेर यी दुबै सगँ – धौ सगँ  र ख्यँ (सगँ घरको मुलीले घरको सम्पूर्ण सदस्यलाई दिने चलन नेवार समाजमा रहँदै आएको छ । त्यस्तै बैशाख कृष्ण औंशी ( मातातिर्थ औंशी ) आमाको मुख हेर्ने दिन र भाद्र कृष्ण औंशी ( कुशे औंशी ) बाको मुख हेर्ने दिन आआफ्नो छोराछोरीहरुको हात वाटभाईपूजाको दिन दिदीबहिनीहरुको हात वाट दाईभाईले र जन्मोत्सवविवाहब्रतवन्ध आदी इत्यादी शुभोत्सवहरुको दिन पनि सगँ  लिने परम्परा छ । अझ कसैको अकस्मात ज्यान जोखिममा परी या कोही भयानक दुर्घटना वाट बचे उस्लाई पुनर्जन्म पाएको उपलक्ष्यमा पनि सगँ दिने परम्परा नेवार समाजमा रहँदै आएको छ ।


स्मरण रहोस्की नेपाल संवत अनुसार वर्षको अन्तिम दिन लक्ष्मी पूजाको दिन हो । नेपाल संवत खारेज गरी बिक्रम संवत लाड्नु अघि सम्म पनि यस् दिन नेपालमा ब्यापार ब्यवसाय वा घरको बाषिर्क आम्दानी खर्चको हरहिसाव र साल तमामी गरी धुकुतीमा राखीलक्ष्मी पूजा गरीअर्को वर्षको लागी चाहीने पैसाको बन्दोबस्त गर्ने परम्परा थियो ।







नेपाल भाषा
खस भाषा
ENGLISH
पञ्च
कार
वर्ग
स्थान
पञ्चतत्व
ला
मासु
meat
nonveg.
मांस
जनावर
ताजा
जमीन
पृथ्वी
न्याँ
माछा
fish
मीन
माछा
पानी
जल
ख्येँ
अण्डा
egg
<
मैथुन
पंक्षी
आकाश
आकाश
पालु
अदुवा
ginger
veg.
कण्डमुल
जमीन मुनी
ताप
(तेज)
वः
वः
woh:
मुद्रा
विरुवा
जमीन माथी
वायु
अयेला
रक्सि
wine
मद्यः
वासी
tfk
-t]h_

Facebook Comments

अन्तिम अपडेट: ११ भाद्र २०६८, आईतवार ०७:५०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया