आज घटस्थापना

 ११ आश्विन २०६८, बुधबार ०६:३७   | न्यूज अफ टोखा

काठमाडौं , आश्विन ११ – दुर्गा भवानीको प्रतीकका रूपमा बुधबार घर-घरमा घटस्थापना गरी हिन्दुहरूको महान् चाड बडादसैं शुभराम्भ हुँदैछ । पञ्चाङ्ग निर्णयक समितिले घटस्थापना गर्ने शुभसाइत बिहान १०:२७ बजे भएको निक्र्योल गरेको छ ।
दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा नजिकको तीर्थबाट माटो/बालुवा ल्याई वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, बर, दुमरी पाख्रीको पात र आँपको पात) राखी जौ छरेर घटस्थापना गरिन्छ ।
Facebook Comments

अन्तिम अपडेट: ११ आश्विन २०६८, बुधबार ०६:३७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया