4K युट्युब भिडियो अब एन्ड्रोइड फोनमा
२३ फाल्गुन २०७७, आईतवार ०९:३०
केन्द्रीय तथ्यांक विभागले गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार यो दस वर्षअघि -२०५८) को जनगणनामा देखिएभन्दा करिब ३४ लाख ६९ हजार बढी हो । तथ्यांकअनुसार पुरुषको भन्दा महिलाको संख्या करिब २ प्रतिशत बढी छ । औसत वाषिर्क जनसंख्या वृद्धिदर १ दशमलव ४ छ । यसअघि २ दशमलव २५ थियो ।
विज्ञहरूले जनगणनाको नतिजा स्वाभाविक भनेका छन् । पछिल्लो गणनाअनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ छ । पुरुषको भन्दा महिलाको संख्या ७ लाख ६६ हजार बढी छ ।
पुरुषको संख्या ४८ दशमलव ५६ र महिलाको ५१ दशमलव ४४ प्रतिशत रहेको विभागले जनाएको छ । दस वर्षअघि देशको जनसंख्या कुल २ करोड ३१ लाख ५१ हजार हुँदा पुरुष ४९ र महिला ५१ प्रतिशत थिए । बढ्दो वैदेशिक रोजगारीका कारण पनि महिलाको संख्या बढेको हुन सक्ने विश्लेषकहरूले बताए ।
विभागले कुल जनसंख्याको ५० दशमलव १५ प्रतिशत तराईमा, ४३ दशमलव ११ प्रतिशत पहाडमा र हिमाली क्षेत्रमा ६ दशमलव ७४ प्रतिशत जनसंख्या बसोबास रहेको जनाएको छ । क्षेत्रका आधारमा सबैभन्दा बढी मध्यमाञ्चलमा ३६ दशमलव ५ प्रतिशत र सबैभन्दा कम ९ दशमलव ६ प्रतिशत जनसंख्या सुदूरपश्चिममा छ । १७ प्रतिशत सहरी र ८३ प्रतिशत ग्रामीण जनसंख्या छ । अधिकांश हिमाली र पूर्वी पहाडका जिल्लामा जनसंख्या घटेको र तराईका बढेको पाइएको छ ।
देशमा अहिले ४७ लाख ६७ हजार १ सय ९६ घर र ५६ लाख ५९ हजार ९ सय ८४ घरपरिवार छन् । अघिल्लो गणनाका बेलाभन्दा परिवार संख्या १४ लाख ७ हजारले बढेको हो । ‘अघिल्लो जनगणनाको तुलनामा जनसंख्या वृद्धिदर भने घटेको छ,’ समग्रमा जनसंख्या बढे पनि वृद्धिदर घटेको उल्लेख गर्दै विभागका निर्देशक डा. रुद्र सुवालले भने, ‘जनचेतना बढेकाले वृद्धिदर घटेको हो ।’
मुलुकको जनघनत्व प्रतिवर्ग किलोमिटर औसत १ सय ८१ व्यक्ति छ । जिल्लागत आधारमा सबैभन्दा बढी जनसंख्या काठमाडौंमा १७ लाख ४१ हजार र मनाङमा सबैभन्दा कम ६ हजार ५ सय २७ छ ।
‘यो नतिजाले देशलाई संघीयतामा लैजान सजिलो बनाएको छ । जातीय, भाषिक, धार्मिकजस्ता विस्तृत विवरण पनि अहिल्यै आएको भए वेश हुने थियो,’ योजना आयोगका पूर्वसदस्य डा. चैतन्य सुब्बाले प्रतिक्रिया दिए, ‘जनसंख्या खासै असमान ढंगले बढेको रहेनछ ।’
तथ्यांकअनुसार विदेशमा रहेका नेपालीको संख्या १९ लाख १७ हजार छ । यसलाई कुल जनसंख्यामा समावेश गरिएको छैन ।
दस वर्षअघि विदेशमा ७ लाख ६२ हजार नेपाली थिए । गणनाको परिभाषाभित्र नपरेकाले उनीहरूलाई कुल जनसंख्यामा नसमेटिएको निर्देशक सुवालले बताए । ६ महिनाभन्दा बढी समय बसोबास गरेका बासिन्दालाई मात्र गणनामा सम्बद्ध ठाउँबाट समेटिएकाले विदेशिएका लागि समावेश नगरिएको हो । विदेशिएकामध्ये ग्रामीण क्षेत्रका ८६ दशमलव ३८ प्रतिशत र सहरी क्षेत्रका १४ दशमलव ६२ प्रतिशत छन् ।
गणनाको अन्तिम नतिजा सुपरिवेक्षक र गणकले भरेका फारम प्रशोधन गरी सूक्ष्म ढंगले प्रस्तुत गरिने विभागका महानिर्देशक उत्तमनारायण मल्लले बताए । ‘२०६९ सालभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।
केन्द्रीय तथ्यांक विभागले गत असार ३ देखि १३ गतेभित्र देशभर एकसाथ लिएको एघारौं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा मंगलबार सार्वजनिक गरेको हो ।
उसले जनसांख्यिक विवरणका आधारमा सुपरिवेक्षकले भरेका ‘कन्ट्रोल फाराम’ का आधार प्रारम्भिक नतिजा प्रकाशन गरिएको जनाएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२३ फाल्गुन २०७७, आईतवार ०९:३०
२१ फाल्गुन २०७७, शुक्रबार २१:५१
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३