सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जना पक्राउ
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
भारतसँग जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाका ५४ भन्दाबढी ठाउँमा नेपाली भू-भाग मिचिएको छ । भारतसँग जोडिएका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमणबाट चोखा रहेका छन् । भारतबाट एकतर्फी रुपमा लगभग ६० हजार हेक्टरभन्दा बढी पछिल्लो दाङ र बाराबाहेक भूभाग मिचिएको अनुमान गरिएको छ । यसमध्ये कालापानी-लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन अतिक्रमण भएको छ । त्यतिमात्र कहाँ हो र मेची-महाकालीसम्म भारतसँग सीमा जोडिएका १८ जिल्लामा ४ सय ७४ सीमास्तम्भ भारतीय पक्षबाट गायब भएका छन् । सशस्त्र प्रहरीबलको तथ्याङ्कअनुसार ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा छन् । एकीकृत नेकपा माओवादीका नेता तथा संविधानसभा राष्ट्रिय हित संरक्षण समितिका अध्यक्ष अमिक शेरचन भर्खरै भारतीय सशस्त्र सीमा सुरक्षा बलले दाङमा गरेको ज्यादतीको अवलोकन गरेर फर्किए ।
परराष्ट्रमन्त्री सुजाता कोइरालाले दाङमा सीमा अतिक्रमण नभएको दावी गरेकी थिइन् । त्यसलाई खण्डन गर्दै शेरचन भन्छन्- “दाङको कुनै पनि सीमास्तम्भहरु यथास्थानमा छैनन् । जङ्गे पिलरहरु छैनन् । अनौठाखालका पिलरहरु सिमानामा भेटिए ।” यस विषयमा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ पनि सहमत छन् । सन् १९८१मा नेपाल-भारत संयुक्त सीमा समिति गठन भएर त्यसले २००७ डिसेम्बरमा आपुनो काम सकेको बताउँदै उनी भन्छन्- “तर त्यसमा पनि विवाद कायमै छ । सो समितिले ९८ प्रतिशत सीमाङ्कन गरेका दावी गर्दै १८२ थान नक्सा बनाएको दाबी गरेको छ तर त्यो सरकारी स्तरमै गोप्य राखिएको छ । ” गत मंसिरमा नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले समेत सीमा विवाद रहेको स्वीकार गरेका थिए । अर्का सीमाविद् फणिन्द्र नेपाल अङ्ग्रेजले भारतलाई उपनिवेशबाट मुक्त गर्दा नेपालको भूमि पनि मुक्त गरेको बताउँछन् । उनी भन्छन् “नेपाल सरकारले यस मुद्दालाई सार्क आसियान र संयुक्त राष्ट्रसंघमा पेश गर्न सक्नुपर्छ ।
अन्तर्राष्ट्रिय न्यायालयमा जान पनि सकिन्छ । ” सुगौली सन्धिबाट गुमेको एकतिहाई भूभाग फिर्ता गर्ने सवालमा नेपालको यस्तो तर्क रहेको हो । सन् १९४७ सालमा स्वतन्त्र भएदेखि भारतले नेपालको भूमि लगातार अतिक्रमण गरिरहेको छ । भारतले १ लाख ४३ हजार वर्गकिलोमिटर नेपालको क्षेत्रफल भएको नक्सा बनाएको सीमाविद् नेपालको दावी छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमा सीमित भएको थियो । सुगौली सन्धिभन्दा पहिले नेपालको क्षेत्रफल १ लाख ४ हजार ६ सय १६ वर्गकिलोमिटर थियो । नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ । भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ त्यो पनि सीमाभन्दा ३-४ किलोमिटर भित्र मात्र । भारतसँग सीमा जोडिएका तराईका चितवन दाङ र पहाडका इलाम पाँचथर ताप्लेजुङ डडेल्धुरा बैतडी र दार्चुलामा नेपालका तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र फोस्र तैनाथ गरिएको छैन । उत्तरी छिमेकी चीनसँग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ । ती नाकाहरुमा नेपालले सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको छैन । भलै चीनसँग नेपालको सीमा समस्या हल भइसकेको छ ।
भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ । नेपाल भारत सीमामा भारतले ४५ हजार सेना तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । भारत र नेपालका बीचमा ८ हजार ५ सय र चीनसँग जोडिएका करिब १ सय सीमास्तम्भहरु छन् । तर ती सीमास्तम्भहरुको अवस्था कस्तो छ भन्ने जानकारी नेपाल सरकारलाई छैन । सीमाको सही व्यवस्थापन गर्न र भारतीय बसाइसराई रोक्न नेपाल-भारत सीमारेखामा काँढेतार लगाउनुपर्छ भन्ने सीमाविद्हरुले बताउँदै आएका छन् । सीमाविद् फणिन्द्र नेपाल भन्छन् “काँढेतार लगाउने हो भने भारतीय डकैतीबाट पनि नेपालीहरु सुरक्षित हुने थिए । ” अझ परिचयपत्रका आधारमा मात्र सीमामा आवत-जावत गर्दा उपयुक्त हुने उनी बताउँछन् ।
भारतीय अतिक्रमणमा परेका जिल्लाहरु
ताप्लेजुङ
टिम्बापोखरीः यस क्षेत्रको डाँडामा भारतले िस·लीला पार्क बनाउँदा काचनजङ्घा दक्षिण १५ किलोमिटर धसो्र मिचिन पुगेको छ । मगना तम्लिङः पूर्वी खण्डमा भारतले नेपाली सीमा मिचेको छ । काबेली-काब्रुः काचनजङ्घा हिमालको दक्षिण काब्रु क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने सिलसिलामा भारतले नेपाली भूमिलाई आफ्नो दावी गर्दै आएको छ ।
पाँचथर
च्याङथापु-सि·लीलाः भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ । तिब्बु पोखरी क्षेत्रमा सीमा यकिन हुन नसक्दा पशुपालनको समेत समस्या छ । चिवाभाज्याङ-सि·लीलाः भारतले यस क्षेत्रको सीमारेखामा जोडेर राष्ट्रिय निकुाज बनाएकाले फलेलुङसम्मको नेपाली क्षेत्रको डाँडाको भाग समेत सो पार्कमा गाभेको छ ।
इलाम
पशुपतिनगर-हिलेः पशुपतिनगरको फाटकस्थित नेपाली दशगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन ४० वर्गकिलोमिटर नेपाली भूमि मिचेर काँढतार लगाएको छ । पशुपति-४ हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमास्तम्भमध्ये ७१÷२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर एवं एउटा छोटी भन्सार कार्यालयसमेत भारतमा परेको छ । मानेभन्ज्याङः यस क्षेत्रमा सीमा मिचिएको बारेमा नेपाली जनताले आवाज उठाउँदै आएका छन् । सन्दकपुरः ३३ ३६३ मिटर अग्लो यो डाँडोबाट काचनजङ्घा र दक्षिणमा तराई भूभाग देखिने हुनाले भारतले यहाँ ३२ किलोमिटर सडक बनाई सिमाना मिचेको छ ।
झापा
पाठामारी महेशपुर भद्रपुर काँकडभिट्ट नकलबन्दा बाहुनडाँगी क्षेत्रमा भारतले ३२ हजार रोपनी नेपाली भूमि अतिक्रमण गरेको छ ।
मोरङ
बुद्धनगर-जोगवनीः जोगवनी सिमानामा दशगजा क्षेत्र नै देखिँदैन । नेपाली भूभाग बुद्धनगर पोखरिया र·ेली डाइनिया सोराभाग मझारे गाविसका दशगजा क्षेत्रमा भारतीय आप्रवासीहरुले सार्वजनिक र नेपाली जमिन अतिक्रमण गरेका छन् । र·ेली-चेप्राहाः र·ेली सहित आमगाछी झुर्किया महादेवा र कसर्िया सीमाक्षेत्रको नेपाली दशगजामा भारतीय नागरिक बसोबास गरेका छन् । बझाह लुना नदी-चुनिमाडीः नजिकको नेपालपट्टीको बरड·ाको एक किलोमिटर जमिन भारतले अतिक्रमण गरेको छ ।
सुनसरी
सुनसरी जिल्लाभित्रका कटैया-भन्टावारी हर्निगरिया साहेवगन्जजस्ता ठाउँहरुमा गरी भारतले सात हजार विघा नेपाली जमिन मिचेको छ ।
सप्तरी
सुवर्णपट्टीः यस क्षेत्रमा ५० मिटर सिमास्तम्भ नेपालभित्र सारिएको छ । जसका कारण ६० विघा जमिन भारतबाट अतिक्रमण भएको छ । सखडा छिन्नमस्ताः भगवतीभन्दा दक्षिण बरामपुरछेउको जग्गा भारतीयहरुले उपयोग गरिरहेका छन् । लालपट्टी-गोविन्दपुरः लालपट्टीमा ५०-१०० मिटरसम्म जङ्गे स्तम्भ सारी नयाँपिलर गाडिएको छ । दशगजाभित्रको करिब ५० विघा नेपाली जमिन अतिक्रमण भएको छ । कुनौलीः भारतीय रेल्वे स्टेसनतर्फ जाने सडक दक्षिणतर्फ करिब ५ किलोमिटर सीमा क्षेत्रको नेपाली जग्गा अतिक्रमण हुँदा ६० बिगाह जमिन मिचिएको छ । विष्णुपुर-शिवनगरः गोबरगाढा क्षेत्रमा भारतीय किसानहरुले ठाउँठाउँमा नेपाली जग्गा अतिक्रमण गरेका छन् ।
सिराहा
माडर-चन्द्रगन्जको दक्षिणी भूभाग र टाँडीको दशगजा क्षेत्रभन्दा भित्रको जमिन भारतले मिचेको छ ।
सर्लाही
त्रिभुवननगरः सीमास्तम्भ नं। २९ र ३० देख्नै नसकिने गरी ४३ जना भारतीयहरुले नेपाली दशगजा क्षेत्रदेखि २०० फिटभित्र नेपाली भूमि मिची सिसौका रुख लगाएका छन् । सीमास्तम्भ नं। ३५ ३८ र ३९ छेउछाउ नेपाली भूमि मिची भारतीयहरुले २९ घर बनाएको र यस्तै स्तम्भ नं। २८२९३० वरपर २० घर स्तम्भ नं। २५ २६ छेउ ११ घर बनाई सिमा मिचिएको छ । सङग्रामपुर-हथिऔलः पूर्वमा सङग्रामपुर र पश्चिममा हथिऔल गाविसहरुको दशगजाभित्रको नेपाली जग्गा विगत २० वर्षदेखि भारतीयहरुले उपयोग गर्दै आएका छन् ।
रौतहट
गौर-जमुनाः जमुना गाविसको वडा नं। ८ को दक्षिण भागमा भारतीयहरुले वृक्षारोपण गरेर रुखहरुको उपयोग गरिरहेका छन् । गौरनजिकै भारतीय क्षेत्रमा बाँध बाँधिएको हुनाले वर्षामा बाढी र डुबानबाट नेपालीहरु पीडित छन् ।
पर्सा
ठोरीः यस क्षेत्रमा भारतीयहरुले पुराना सीमास्तम्भ नं। ८४ र ८५ हटाई भिकना ठोरीतर्फबाट नेपालतर्फ ५०० मिटर सिमाना सारी नेपाली भूमि मिचेका छन् । लक्ष्मीपुर-पिपराः यस क्षेत्रमा पनि चोक्टाचोक्टी सीमा अतिक्रमणमा परेको छ । वीरगाज-सिसर्ियाः अलौ तथा सिक्टा क्षेत्रमा नेपाली दशगजा भारतीय नागरिकहरुले मिचेका छन् । वीरगन्जको सिसर्ियामा भारतले वाणिज्य कन्सुलेट अफिस र भन्सार कार्यालय नेपाली भूमिमा बनाएको छ । रक्सौलमा नेपाली स्वामित्व भएको जमिनमाथि भारतीयहरुले अतिक्रमण गरेका छन् । रक्सौलमा नेपाल सरकारले रेल्वेका लागि १९२४ जुन २९ मा भारु ३२ हजारमा किनेको २७।७१ एकड १६ विगाहा १० कठ्ठा जमिन भारतीयहरुले एकपक्षीय रुपमा हडप्न थालेका एक दशक नाघेको छ ।
चितवन
बाल्मीकि आश्रमक्षेत्रको जङ्गलमा बेलामौकामा भारतीयहरुले अतिक्रमण गरी रुखसमेत काटी लैजाने गरेका छन् । दारनाला दारीचुरेः यस क्षेत्रको भूभागमा भारतीय पक्षले वर्षेनी अतिक्रमण गर्दै आएका छन् ।
नवलपरासी
सुस्ता नसा्रही क्षेत्रः सुस्ता क्षेत्रमा २०११ सालभन्दा अघिदेखि भारतीयहरुले नेपालतर्फको जङ्गलको भूमि अतिक्रमण गर्दै आएको पाइन्छ । त्यसपछि नारायणी नदीले धार बदलेपछि भने नेपाली भूमि मिचिने क्रम अझ बढेको छ । यो सर्वाधिक पुरानो विवादित भाग हो । सुस्ता-नसा्रही क्षेत्रको करिब २१९५० विगाह जमिन भारततर्फबाट मिचिएको छ । यस्तै घोङखीनाला नजिकको दशगजा क्षेत्रमा पनि विवाद कायम छ ।
रुपन्देही
दानवनदी क्षेत्र रसियावाल खुर्दलोटन बाँधः नेपालको मर्चावार क्षेत्रमा सीमास्तम्भ नं। ३० सँगै सटाएर भारतले ३ किलोमिटर लामो रसियावाल खुर्दलोटन बाँध बनाउनाले मालिगाव थुमुवा पिप्रवा असुरनैया बेचकुइया रोइनिहवा फेरना सिलौटिया बोगडी सिवुवा अमा बभनी गाविसहरुको धानखेत डुबानमा परी करिब २० किलोमिटर दशगजा मिचिएको छ । यसबाट गौतमबुद्धको जन्मस्थान लुम्बिनी पनि डुबानमा पर्ने खतरामा छ । सुनौली नाकाः बेलहिया सुनौली नाकाको नेपालतर्फको दशगजा क्षेत्रमा भारतीयहरुले अनधिकृत झुपडी र पानी टयाङकी बनाई सीमा अतिक्रमण गरेका छन् । सुनौली सीमाक्षेत्रभन्दा ९।१ मिटर नेपालभित्र परे
को भारतीय प्रहरी थाना पनि हालसम्म हटाइएको छैन । कपिलवस्तु कृष्णनगर ठन्डानदी किनारको दशगजाको दुवै भागमा भारतीयहरुले घर बनाएकाले नेपाली दशगजा क्षेत्र हरण भएको छ । यस्तै ठन्डा नदीले काटी दशगजाको भाग मेटाएको छ ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९
७ फाल्गुन २०७७, शुक्रबार १४:२४
७ फाल्गुन २०७७, शुक्रबार १४:२१
७ फाल्गुन २०७७, शुक्रबार १४:०२