नेपाल संवतलाई राष्ट्रिय मान्यता

 ८ कार्तिक २०६८, मंगलवार १०:३८   | न्यूज अफ टोखा

काठमाडौ, कार्तिक ८ – नेपाल संवतलाई पनि अबदेखि सरकारी क्यालेन्डरमा उल्लेख गरिने भएको छ । विक्रम सम्वतसँगै राष्ट्रिय क्यालेडन्रमा नेपाल संवत पनि लेख्ने निर्णय सरकारले गरेको छ ।
सिंहदरवारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अन्य सम्वतहरुको अध्ययन गर्न पद्मरत्न तुलाधारको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरिएको सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एक महिनाको समय दिइएको आयोगमा कुमार योन्जन र हरिनारायण मल्ल सदस्य छन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विभूति शंखधर साख्वा राष्ट्रिय प्रतिष्ठान गठन गर्नेसमेत निर्णय गरेको छ ।
Facebook Comments

अन्तिम अपडेट: ८ कार्तिक २०६८, मंगलवार १०:३८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया