संप्तरंगी टिका माला अर्को साललाई राख बैनी (गजल)

 ११ कार्तिक २०६८, शुक्रबार ०४:०६   | न्यूज अफ टोखा

संप्तरंगी टिका माला अर्को साललाई राख बैनी
आउँदो भाइटिकामा मलाई, अलि छिट्टै डाक बैनी

सबको निधार भाइटिकाले सजिएर हिँड्दा खेरि
तिमी दाइको आयु बढोस्, भन्दै देवी भाक बैनी ।

नजाऊँ त बल्दैन खैं चिसो हुन्छ घरको चुलो
कमाएर आउँदा तिहार खाउँला मिठो छाक बैनी ।

जसो तसो पालो पैँचो, गरी सास त राखेकै थे
ओत बस्ने घर मात्र चाहिँदो रैछ गाँस बैनी ।

पीर नगर अर्को पटक कसो भेट नहोला र
छिट्टै आउछु के बस्थेँ र बिदेशीको दास बैनी ।

Facebook Comments

अन्तिम अपडेट: ११ कार्तिक २०६८, शुक्रबार ०४:०६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया