भोलीदेखी हप्तामा ६९ घण्टा लोडसेडिङग तालिका सहित

 ४ पुष २०६८, सोमबार ०७:४१   | न्यूज अफ टोखा

भोलीदेखी हप्तामा ६९ घण्टा लोडसेडिङग हुने भएको छ । हाल सातामा ४० घण्टा लोडसेडिङग हुँदै आएकोमा भोलीदेखी ६९ घण्टा हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।नयाँ तालिका अनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा विद्युत आउने छैन भने एक दिन एकै पटक ६ घण्टा लोडसेडिङग हुनेछ ।
नदीहरुमा पानीको बहाव पनि घटेकाले विद्युत् उत्पादन कम भएको र माग भने बढेकाले लोडसेडिङगको समय बढाउनु परेको प्राधिकरण भार प्रशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।

प्राधिकरणले ४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिका भन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा भन्दा धेरै लोडसेडिङग गर्ने जानकारी पनि दिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: ४ पुष २०६८, सोमबार ०७:४१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया