अझै… कविता

 २६ पुष २०६८, मंगलवार ०७:४८   | न्यूज अफ टोखा

आकाश त रोइरहेकै छ,
धर्तीको प्यास त अझै उस्तै नै छ ।
चन्द्रमा त उदाई रहेकै छ,
धर्ती त अझै अन्ध्यारो नै छ ।
दिन रात परिश्रम त गरेकै छ,
आङ्ग ढाक्ने कपडा प्वाल त अझै परेकै छ ।
लाखौ खर्चेर डिग्री त पास गरेकै छ,
सर्टिफिकेट लिएर त अझै बरालि रहेकै छ ।

चुलोमा आगो त बलेकै छ,
सडकमा भोको पेट त अझै सुति रहेकै छ ।
गगन चुम्बी घर त ठहरिएकै छ,
सडकको पेटिमा रात त अझै गुजारी रहेकै छ ।
सुबि
२०६८÷÷२५ गते
प्रकाशित मिति २०६८ पौष २६ गते

यहाँहरु संग पनि यस्तै सिर्जना भएमा आफ्ना सिर्जनाहरु हामीलाई पठाउन नभुल्नु होला (newsoftokha@gmail.com) । 
Facebook Comments

अन्तिम अपडेट: २६ पुष २०६८, मंगलवार ०७:४८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया