न्युजअफ टोखा दुई वर्षको यात्रा

 ३० पुष २०६८, शनिबार ०५:१८   | न्यूज अफ टोखा

२०६८पुष ३० गते शनिवार-  प्राचीन नगरी टोखाको जीवन्त मौलिक सँस्कृति रीतिरिवाज, चाडपर्व र परम्परालाई विश्व समुदायमा परिचित गर्ने महत्वपुर्ण आकाङ्क्षा बोकेर जन्म भएको थियो न्युज अफ टोखा । आफ्नो छुट्टै पहिचान र मौलिकता बोकेको नेवाः समुदायको बस्ति भएर पनि प्रचार प्रसारमा नआई रहेको परिप्रेक्ष्यमा केही हद सम्म भए पनि टोखालाई विश्व समुदाय माझ परिचित गर्न सकिने उद्देश्यका साथ टोखाकै पहिलो अन लाइन संस्करण (वेव पेज) को रुपमा आज भन्दा दुई वर्ष अगाडी जन्म भएको थियो । मुलत टोखामा विभिन्न समयमा मनाइने मौलिक रीतिरिवाज, परम्परा, चाडपर्व तथा सँस्कृतिलाई केन्द्रीत गरेर त्यसको बारेमा विश्तृतरुपमा जानकारी दिनु, गराउनु आफ्नो अभिभारा सम्झेर निष्कपत भई जानकारी तथा सूचनाहरु संप्रेशन गरी नै रहेको छ । आफ्नो मातृभुमिको मौलिक परम्परालाई सकेसम्म अन्य समुदायमा परिचित गराउनु अर्को महत्वपुर्ण उद्देश्य यसले लिएको थियो । धार्मिक साँस्कृतिक तथा प्राकृतिक रुपमा सम्पन्न टोखा पर्यटकिय दृष्टिकोले पनि निकै नै सम्भावना बोकेको क्षेत्र हो । जहाँ हाम्रो जीवन्त सँस्कृति तथा प्राकृतिक सुन्दर मनमोहक दृश्य प्रचुरमा मात्रमा छन् । जसका कारण टोखा पर्यटकिय व्यवसायका लागि एउटा उपयुक्त गण्तब्य हो । र यसलाई पनि अगाडी बडाउने काम केही हदसम्म गरिरहेको छ भने आउदा दिनहरुमा यसलाई पनि प्रमुख प्राथमिकताका साथ अंगाली जाने नै छौँ । आफु जन्मेको जन्मभुमिलाई जति सकिन्छ उति विश्व समुदायमा पुर्याउनु र त्यसको परिचय दिन सक्नु भनेको हामीले आफ्नो जन्मभुमि प्रति गरेको सम्मन र माया हुनेछ यहि सोच र मान्यताका साथ निरन्तर अगाडी बढिनै रहेको छ ।
प्राचीन नगरी टोखाको जीवन्त सँस्कृतिलाई मात्र मुख्य प्राथमिकता दिएर सुरु गरेको अन लाईन संस्करणमा ब्लग समय चक्र संगै अन्य जानकारी तथा मनोरञ्जन पनि थपिने काम भयो । विशेषत आफ्नो जन्म भुमिबाट टाढा हुन पुगेका असँख्य टोखालीहरु आफ्नो गाउँ ठाउँमा भै रहेका गतिबिधि तथा सूचनाबाट वञ्चित हुन नपरोस भनेर स्थानीय समाचारहरु पनि समाविष्ट गर्दै अगाडी वढी नै रहेको छ । यस अनलाईन संस्करणबाट विदेशिनु भएका टोखालीहरुलाई आफ्नो जन्मभुमि टोखासँग जोड्ने एउटा पुलको रुपमा काम गरिरहेको छ । अझ भन्नु यो एउटा शसक्त माध्यम बनेको छ । जसबाट टोखामा भै रहेको विविध गतिविधि सहजरुपमा ग्रहण गर्न पाईरहनु भएको छ । यसमा मलाई निकै नै खुशी पनि लागि रहेको छ ।

यस दुई वर्षको अन्तरालमा यसमा प्रकाशित भएका जानकारीहरुले विशेष गरी आफ्नो रीतिरिवाज र सँस्कृति प्रति जान्न चाहानेहरुका लागि भने निकै नै उपयोगि भएको मैले अनुभव गरेको छु । मैले आफुले सके जति हाम्रो परम्परा, रीतिरिवाज कला सँस्कृति तथा चाडपर्वको बारेमा खोज तथा अनुसन्धान गरेर लेखहरु तयार गरेर प्रकाशित गरेको थिए त्यसले सँस्कृति प्रेमीहरुलाई निकै ठुलो सघाउ पु¥याएको छ । हामीले मनाई रहेको चाडपर्वहरुको महत्व र त्यसको गरिमाको बारेमा नजिकबाट निहालने वातावरणको सृजनाले गर्दा नयाँ पुस्ताबाट मैले सकरात्मक प्रतिक्रिया पाउँन सफल भएको छु । यो पेज एउटा खुल्ला पुस्तकालयको रुपमा विकास भएको छ । टोखाको बारेमा अध्ययन गर्न चाहानेहरुका लागि । यस हिसाबले मैले गरेको मिहिनतको फल पाए जस्तो महशुस गरिरहेको छु । साथीहरुको माया ममताका कारण ममा उत्साहा थपिदिएको छ साथमा जिम्मेवारी पनि ।
एकलो प्रयासमा सञ्चालित यो पेज कयन बाधा अवरोधका बाबजुत पनि आफ्नो उद्देश्यको बाटोमा निरन्तर रुपमा अगाडी बढि रहेको छ । सन्दर्भ सामाग्रीहरु, समाचार संकलन गर्दा झेल्नु पर्ने समस्या अनि त्यसलाई प्रसारण गर्न लायक बनाउनु निकै नै कथिन छ झन्झत पनि । तर पनि त्यस्ता दुःख कष्टहरुलाई बिर्सेर यहाँहरु समक्ष पुराउने काम भने मैले कहिले पनि छोडेन । मैले प्रकाशित गरेको एउटा समाचार जुन टोखाको इतिहासमा कालो दिनको रुपमा कालान्तर सम्म रहि रहने घटना टोखा रात भर तनावग्रष्ट भने समाचार संप्रेशन गरेको थिए । यसले मलाई निकै नै मानसिक कथिनाइ झेल्नु पारेको थियो,मैले यस घटनाको बारेमा देशका जिम्मेवार मिडियाहरुले प्रकाशन गरेको भ्रमपुर्ण समाचारहरुलाई खण्डण गर्दै लेखेको थिए यो हेर्नुस  टोखा रात भर तनावग्रष्ठऽ नागरिक दैनिकऽआफुले जति दुःख कष्ट झेले पनि आफ्नो जन्मभुमिलाई परिचित गराउने, प्रचार गर्ने र सत्य तथ्य सूचना दिने कामका लागि अघि सरेका मेरा यी खुट्टाहरु कहिले पनि पछी हटेन्न आफ्नै गतिले आफ्नो गण्तव्यमा लम्की नै रह्यो । यसमा म कतिको सफल भए वा असफल भने कुरा आफ्नै ठाउँमा छ ।
एक वर्षको यात्राका क्रममा मैले मदन लाल श्रेष्ठ( हाल दक्षिण कोरीयामा कार्यारत) दाजुलाई भेटे उहाँले मलाई हौसला दिनु भयो साथै मेरो यो यात्रामा सहयात्री भएर मलाई क्यामरा किन्नका लागि रु.१०,०००÷– नगद आर्थिक सहायता उपलब्ध गराउनु भएको थियो । त्यसमा केही पैशा थपेर मैले एउटा क्यामरा किनेको थिय यसै पेजका लागि । उहाँकै सहयोगले टोखाको जीवन्त सँस्कृतिलाई मैले कैदगरी यस पेजमा संग्रहित गर्न सफल भएको छु । यस बीचमा भाई अशोक डंगोल भाइलाई भेटे उनले यस पेजलाई आकषर्क र ब्यवस्थित बनाउने काममा मलाई निरन्तररुपमा सहयोग गरिरहेको छ । यी दुई धन्यवादका पात्रहरु हुनु हुन्छ , मेरो यात्रामा सहयात्रीको रुपमा उभिदिनु भएको छ । र तपाई सबै पाठकहरु पनि धन्यवादका पात्र हुनु हुन्छ यो पेजलाई माया गरेर हेरिदिनु भएकोमा ।
आफुले जति सुकै परिश्रम र मिहिन्त गरेता पनि एक्लो प्रयासले सम्भाव हुन सकिन्दैन रहेछ । यात्रा गर्दै जान्दा बीचमा आउने आर्थिक कठिनाइले निकै नै साटाउने गदो रहेछ । विना स्वार्थ, आम्दानिको श्रोत विना एक्लै यात्रा गरिरहन्दा मलाई आर्थिक समस्याले अहिले सताउन थालेको छ । एका तीर आफ्नो पढाई र घरको जिम्मेवारीले गर्दा चाहेको र सोचेको जस्तो सामाग्रिहरु प्रकाशित गर्न सकि रहेको छैन् । यस पेजलाई अझ शसक्तरुपमा अगाडी बढाउनका लागि म आर्थिक श्रोत जुत्ताउने सोचमा पुगेको छु । विना पैशाले कुनै पनि कामलाई निरन्तरता दिन सकिन्दैन रहेछ । यहाँहरु यस पेजले निरन्तररुपमा अगाडी बदोस भन्ने चाहानु हुन्छ भने कृपया आफुले सक्दो आर्थिक सहयोग गर्न आह्वान गर्छु । मैले सकेको काम त गरिनै रहेको छु तपाईले पनि आफुले सकेको जति सहयोग गर्नुस हाम्रो सँस्कृति र परम्परा तथा टोखालाई विश्वमा फिजाउने काममा हातेमालो गर्दौ अगाडी बढौँ । भनिन्छ नि एकले थुकी सुकी,सयले थुकी बगी । तपाईले थहाँ पाएको सूचना तथा जानकारी हामीलाई दिनुस् हामीलाई थहाँ भएको सूचना हामी तपाईलाई दिन्छौ ।
मलाई लाग्छ यो पेज विश्वको कुनै पनि भु-भाग बाँकी रहेन हेर्नेहरुमा । यसले सबै भुगोलमा परिचित हुन पाएको छ । यो टोखाबासी सबैका लागि खुशीको कुरा हो र मेरो पनि । यो मेरो व्यक्तिगत उपलब्धीमात्र होईन टोखाको नै उपलब्धी मानु पर्दछ । कि अब हामी विस्तारै हाम्रो मौलिक परम्परा तथा सँस्कृतिलाई विश्व समुदाय माझ पु¥याउन सफल हुँदै छौँ ।
अन्तमा हामीलाई माया गर्नु हुने, टोखा प्रति सद्भाव राख्नु हुने सुभचिन्तक तथा पाठकहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यहाँहरुको सल्लाहा, सुझावको प्रतिक्षामा हामी छौँ ।
                                                                  
 -न्युज अफ टोखा परिवार
Facebook Comments

अन्तिम अपडेट: ३० पुष २०६८, शनिबार ०५:१८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया