ऐतिहासिक भिमसेन मन्दिर बनाउन सुरु

 १९ माघ २०६८, बिहीबार ०८:४२   | न्यूज अफ टोखा

माघ १९ गते -टोखा-टोखा चण्डेश्वरी गाविस वडा नं २ स्थित ऐतिहासिक महत्व बोकेको भिमसेन मन्दिरको मौलिक स्वरुप कायम हुने गरी निर्माण कार्य शुरु भै रहेको छ । यस मन्दिरलाई पुरानो अर्थात पहिला जुन शैलि थियो सोही  शैलिमा निर्माण गर्ने भएको छ ।
यस मन्दिर निर्माणको क्रममा सिमेन्टको प्रयोग नगरी सुर्खी -(एक प्रकारको  कच्चा-पदार्थ)को प्रयोग गरेको छ। यस मन्दिर निर्माण कति रकमको लागतमा बनाउन लागेको हो सो कुरा अहिले सम्म यकिनका साथ बाहिरीको छैन । चण्डेश्वरी गाविस बाट रु.पाँच लाख पचिस हजार पुरातत्व विभाग बाट रु.पाँच लाख र मन्दिरका खलबाट रु. तीन लाख गरी  कुल १३ लाख २५ हजार रुपौया रकम यस मन्दिरको लागि जुटेको छ । यस मन्दिर निमार्ण गर्नका लागि यति रकम प्रयाप्त नभएको कमिटीको गुनासाहरु पनि सुन्निन थालेको छ । 
यस मन्दिर निर्माण गर्न गठित कमिटीका एक सदस्यले जानकारी दिए अनुसार यो मन्दिरको भवन निर्माण गर्न करिव ३५ लाखको स्तिमेट गरिएको छ । तर हाल करिब रु.१५ लाख रुपैया मात्र यसको बजेट रहेको छ । यस मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउन  कमिटीका सदस्यहरु सोचमा छन् । फोटो तल हेर्नुस..

Photobucket
 मन्दिर निर्माण गर्दै गरेको  अगाडी पटटीको दृश्य
Photobucket
पछाडी पट्टी बाट देखिएको भाग
प्रकाशित मिति २०६८ माघ १९ गते
Facebook Comments

अन्तिम अपडेट: १९ माघ २०६८, बिहीबार ०८:४२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया