टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै
१९ फाल्गुन २०७७, बुधबार १४:५३
वर्तमान विश्वमा अर्बौं प्रेमजोडी एक-आपसमा प्रेम गरिरहेका छन्। कोही प्रेममा सफल भएर रमाइरहेका छन् भने कोही असफल भएर तड्पिरहेका छन्।
मन परेकोसँग प्रेम गर्नेः प्रेम जोसुकै सँग गर्ने विषय होइन र एक्लै गरिने विषय पनि होइन। प्रेम गर्दा आफूलाई मनपर्ने केटा वा केटीसँग गर्नुपर्छ। मन नपराई जबर्जस्ती गरिएको प्रेम टिकाउ हुँदैन। प्रेममा दुवै आत्मा रमाउन सक्नुपर्छ।
आपसी समझदारीको आवश्यकताः प्रेम गर्ने युगल जोडीबीच आपसी समझदारी नितान्त आवश्यक छ। प्रेम जथाभावी गर्ने विषय पनि होइन। आफ्ना साथीभाइका दिदीबहिनी, दाजुभाइसँग प्रेम गर्नुलाई राम्रो मानिँदैन। यदि यस्तो प्रेम भयो भने दीर्घकालीन हुन सक्दैन र प्रेममा समझदारी कायम गर्न सकिँदैन।
मन मिल्नेसँग प्रेम गर्नेः प्रेमीप्रेमिकाले प्रेम गर्नुपरे आफ्नो मन मिल्ने मान्छे खोजी प्रेम गर्नुपर्छ। मन मिलेर गरिने प्रेम कहिल्यै असफल हुन सक्दैन। यसरी मनलाई एक-आपसमा बाँड्न सकिने प्रेमनै टिकाउ र बलियो हुन्छ।
बोलीको मिठासः प्रेम गर्ने युवायुवतीमा बोलीको मिठासले अत्यन्तै महत्त्व राख्छ। प्रेमीप्रेमिकाले एक-आपसमा मीठो बोली बोल्नुपर्छ। प्रेम गर्दा बोलिने भाषा शिष्ट भएन भने प्रेम असफल हुन सक्छ। प्रेम गर्दा प्रयोग गरिने भाषा सामान्य बोलिने भाषाभन्दा फरक किसिमको नरम एवं मिठासपूर्ण हुन्छ। आफ्ना प्रेमिप्रेमिकाको प्रशंसा गर्न पनि पछि पर्नु हुँदैन।
भावना बुझ्नुपर्छः प्रेमीप्रेमिकाले एक-अर्काको भावना बुझेर प्रेम गर्नुपर्छ। एक-अर्काको भावनामा ठेस पुर्याउने कुनै कार्य गर्नुहुँदैन। यदि आफूले कुनै नकारात्मक कुरा गरे तत्काल माफ माग्ने काम गर्दा प्रेमीप्रेमिकाको भावना मिल्न पुग्छ। एक-अर्काको भावना बुझेर गरिने प्रेम टिकाउ र बलियो हुन्छ।
कसरी र कहाँ भेट्नेः प्रेमी र प्रेमिकाहरूले भेट गर्ने क्रममा असहज र असजिलो हुने स्थान चयन गर्नुहुँदैन। सकेसम्म रमणीय स्थान छनौट गर्नुपर्छ। ठूलाठूला पार्क, बगैंचाहरूमा भेटघाट हुने कार्यक्रम बनाउँदा अवश्य पनि रमाइलो लाग्छ। यस्तै प्रेमीप्रेमिकाहरू चिडियाखाना र त्यस्तै पर्यटकीय क्षेत्रमा घुम्दा पनि उनीहरूलाई थप आनन्द आउन सक्छ।
प्रेममा उमेरको महत्त्वः आजभोलि प्रेमलाई फेसनका रूपमा पनि लिइएको पाइन्छ। आज कलिलो उमेरका बालबालिकाहरू पनि प्रेम गर्न तम्सिएका पाइन्छन्। त्यो उचित होइन। प्रेम गर्दा विद्यालय जीवन पार गरेको हुनु अत्यन्त आवश्यक छ जुन कुरा पनि उमेर र समयमा गरेको राम्रो हुन्छ। प्रेम गर्न उमेर १७ वर्ष कटेपछि मात्र उपयुक्त हुने कुरालाई प्रेमीप्रेमिकाले बुझ्नुपर्छ।
प्रेमलाई टिकाउ बनाऊँः
प्रेम गर्दा कपडा फेरेजस्तो प्रेमीप्रेमिका फेर्नुहुँदैन। एकैपटक धेरैजनासँग प्रेम गर्नु पनि हुँदैन। प्रेम गर्ने एक जनासँग मात्र हो। तसर्थ प्रेमी वा प्रेमिका रोज्दा धेरै विचार पुर्याउनुपर्छ। प्रेम सफल बनाउन मद्दत पुग्ने गरी जोडी खोज्नुपर्छ।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०