प्रहरी प्रभाग र त्रासिद टोखाबासी

 ६ फाल्गुन २०६८, शनिबार १३:२३   | न्यूज अफ टोखा

२०६८ फागुण ६ गते टोखा- आपराधिक गतिविधिका कारण टोखा खतरामा रहेको भन्दै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको अगुवाईमा टोखामा प्रहरी प्रभाग राख्नका लागि प्रहरीले यही फाल्गुण ८ गते टोखा सरस्वती गाविसको सभा भवनमा बृहत्त भेला बोलाएको छ ।

२०६८ फाल्गुण २ गते बिहान ७ बजे टोखा सरस्वती गाविसको सभा कक्षमा पहिलो चरणको सर्वदलिय सहित बिभिन्न संघसंस्था तथा समाजसेविहरु विच बैठक बसिसकेको छ । उक्त बैठकबाट टोखामा प्रहरी प्रभागको आवश्यता रहेको निश्कर्ष निकालेको प्रहरी स्रोतले जनाएको छ । उक्त बैठकको निश्कर्षलाई पुनता दिन यही फाल्गुण ८ गते पुनः बृहत्त भेला बोलाएको छ ।
यो कुरालाई लिएर टोखाका शिक्षित युवाहरुले भने असन्तोष ब्यक्त गरिरहेका छन् । उनिहरु भन्छन पोखरीमा पानी छ भन्दैमा माच्छा नै हुनु पर्छ भन्ने जरुरी छैन् माच्छा खोज्दैमा प्रहरीले पानी धमिलाउने पोहो की ?” त्यसो त टोखाबासीलाई प्रहरी प्रति विश्वास लाग्दैन। टोखामा भएको विभिन्न घट्नामा प्रहरीले देखाएको व्यवहारका कारण प्रहरी प्रतिको विश्वास घट्दै गएकोले टोखामा प्रहरी प्रभाग राख्नु टोखाकै लागि घाट्क हुने तर्क गर्छन् । सोर्सफोर्स हुने र आपराधिक गतिविधि गर्नेहरुलाई मात्र फाइदा पुग्ने तीनिहरुको भनाई छ ।  

सानोतिनो घरायसी घटनाले पनि उग्ररुप लिने खटरा भएकोले पनि टोखामा प्रहरी चौकिको आवश्यकता नरहेको ती युवा वर्गको धारणा रहेको छ । साँस्कृतिकरुपमा धनी टोखा जहाँ बह्रै महिना कुनै न कुनै चाड पर्व तथा उत्सवहरु हुने गर्दछन् । त्यो अवसरमा मादक पदार्थको सेव जो कोहिले पनि गर्ने गर्छ र साना तिना झग्दा पनि हुन्न सक्छ त्यही अवस्थामा प्रहरीले पक्रर्ने र कार्वाहि गर्न सक्छ तसर्थ साँस्कृतिक दृष्टिकोणले पनि टोखामा प्रहरी प्रभागको आवश्यक नरहेको जन गुणासाहरु अहिले बाहिर आउन थालेको छ । यसले वेकारमा झमेलामात्र सिर्नजा गर्ने र नागरीकलाई डर र त्रासमा बाँच्न बाध्य बनाउने
१०/२० जनाको समुह बसेर प्रहरी प्रभावको स्थापना गर्नु पर्छ भनेर निर्णय गर्नु राम्रो होईन । टोखाको बस्तु स्थितालाई राम्रो सँग अध्ययन विश्लेषन गरेर मात्र सोको बारेमा सोच्नु अहिलेको आवश्यकता हो । प्रभागको स्थापना गर्नु मात्र समस्याको समाधान होईन हतारमा निर्णय गरेर फुर्सदमा पछुटाउनु भन्दा समयमा नै गहिरिएर सोच्नु नै बुद्धीमानि हुनेछ । यस्ता प्रभागहरु रहेका स्थानहरुको बस्तुस्थितिको बारेमा पहिला राम्री अध्ययन गरौँ र त्यहा प्रहरी प्रभाग भएर त्यहाँका जनताले के कस्ता कथिनाइ भोगि रहेका छन् त्यसलाई नि राम्री बुझ्नु आवश्यक छ । 

अरुबाट हामी शोसित हुनु भन्दा हामिले आफ्नो ठाउँमा आफैले साशन गर्नु सबै भन्दा राम्रो । सर्वदालिय सहिल बृहत्त भेला गरेर टोखाको हित हुने सुरक्षाको उपायलाई अबल्मब्न गर्नु बुद्धीमानि हुनेछ । यस कुरा तर्फ हामी सबैको ध्यान जान जरुरी छ ।

टोखामा प्रहरी प्रभाग राख्न खोज्नुको मुल कारण
गाँजा काण्ड, ड्रक्स काण्ड तथा कपनमा भएको सुन व्यवसायिको हत्या कण्ड जस्ता आपराधिक गतिविधि टोखालाई पृष्टभुमी बनाएर भएको भन्दै टोखा अब सुरक्षित नरहेको ठहर गर्दै टोखामा प्रहरी प्रभाग राख्न खोजेको उनिहरुको थहर छ ।

टोखामा यस्ता आपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरु नरहेता पनि देरामा बसिरहेकाहरुले टोखालाई आफ्नो आपराधिक गतिविधि गर्ने पृष्टभुमीको रुपमा प्रयोग गरिरहेको छ । संयोग नै भन्नु पर्छ की चक्रपथको आसपासमा भएका आपराधिक गतिविधि गर्ने अपराधहरु टोखाको बाटो लागेर भाग्ने गरेको छ। हुन त टोखा काठमाण्डो उपत्यकाको उत्तरतीर अन्तिम सिमाना भएर पनि यस्तो भएको हुन् सक्छ ।

(यस विषयमा हामी  निरन्तर फलोअप गरिनै रहने छौँ हेर्दै गर्नुहोला ।) 
Facebook Comments

अन्तिम अपडेट: ६ फाल्गुन २०६८, शनिबार १३:२३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया