अमेरिका र दोस्रो संसार

 १० फाल्गुन २०६८, बुधबार १०:२७   | न्यूज अफ टोखा

हिक्मत डंगोल
( हाल अमेरिकामा कार्यरत हुनुहुन्छ)
शरद ऋतु या बसन्त ऋतु पत्तै नपाइकन अमेरिका आएको चार वर्ष वितिसकेछ । आज मनमा अनेकौ तर्कनाहरु आइरहेकाछन् । हुन त हरेक व्यक्तिका आ-आफ्ना कथा अनि व्यथाका पानाहरु छन् । बिदेशीनु कसैका रहर त कसैका वाध्यता । आज आफ्नो जन्मस्थल टोखाको यादले सताउँदा मनमा कता कता बोझिलो पर्यो । यो एउटा प्रमुख उदाहरण हो । तेस्रो विश्वको अमेरिका प्रतिको आकर्षण ।

आखिर अमेरिकामा के छ । अमेरिकी जीवनको भोगाइप्रति म मात्र हैन, समस्त पाठकवर्गलाई पनि राम्रो जानकारी छ ।  तर पनि अमेरिकी मोहको तरङ्ग अहिले पनि उस्तै छ । विश्वमा द्रुतगतिमा भैरहेको सामाजिक परिर्वतन सँगै बढ्दो मानवीय महत्वकाँक्षाले अमेरिकी गन्तव्यलाई ठुलो उर्जा प्रदान गरेको छ । अब मनमा ठुलो जिज्ञाशा उठ्छ, अमेरिकी प्रतिको मोह यो कतिन्जेलसम्म जारी रहला । संसारकै सबै भन्दा शक्तिशाली मुलुक अमेरिकाले तेस्रो विश्वको उन्माद प्रवाहलाई कतिन्जेल थर्गिरहला ? के अबको दुई दशक सम्म पनि अमेरिकाप्रतिको आकर्षण उस्तै रहला त ? तेस्रो विश्वको उदयको अर्थ हामी तेस्रो संसारका प्राणीहरुका लागि के हुन सक्छ ।


अमेरिकाको वर्तमान यथार्थ विगत जस्तो गर्विलो र आकर्षण नरहेको भने स्पष्ट छ । व्रिटिस साम्राज्यवादी अर्थतन्त्रको ओरालोसँगै सन् १८९० को दशकदेखि विश्व अर्थतन्त्रको बागडोर सम्हालि रहेका अमेरिका सन् १९३० को आर्थिकमन्दी पछिको ठूलो समस्याबाट गुज्रिरहेको छ । १९ ‍औ शताब्दी देखि अमेरिकाले विश्व अर्थतन्त्रऽ राजनीतिऽ विज्ञान प्रविधि र संस्कृतिमा पूर्णतया वर्चस्व कायम राख्यो । सन् १९९१ मा सोभियतसंघको पतनपछि एकाधिकार वर्चस्व कायम राखेको अमेरिकाको २१ औ शताब्दीको परिदृश्य भने अलि भिन्न खालको छ । अमेरिकाको बैकल्पिक बजारको रुपमा तेस्रो विश्व उदाउदैछ । यसको अर्थ अमेरिकाको पतन चाहि हैन । अन्य राष्ट्रको चमत्कारपुर्ण उदयले आगामी पुस्तालाई अमेरिकी गन्तव्यको चाहना  आकर्षणलाई धेरै हदसम्म प्रभावित पार्नेछ ।

एकदिन अमेरिकी प्रभुत्वको विकेन्द्रीकरण र तेस्रो विश्वको उदाहरणलाई नियालौं । संसारको गगनचुम्वी भवन दुवईमा बनिसकेको छ भने अर्को गगनचुम्वी भवन सांघाइमा बन्दैछ । विश्वकै सवैभन्दा धनी ब्यक्ति अमेरिकी नभएर मेक्सिकन हुन । विश्वका ५० धनी व्यक्तिको सूचीमा ३० जना चिनिँयाहरु पर्दछन । संसारकै ठुलो व्यापारिक कर्पोरेसन चीनमा छ भने सबै भन्दा ठुलो जहाज रसिया र युक्रेनमा बन्दै आएको छ । जुवाडे शहरका नाममा चिनिएको चीनको मकाउले अमेरिकाको लस भेगास शहरलाई माथ खुवाउँदैछ । फिल्म निर्माणको क्रममा बलिउडले हलिउडलाई पछाडी धकेलि सकेको छ । संसारको सबै भन्दा ठूलो ब्यापारिक मलहरुमध्य एउटा मात्र अमेरिकामा छ भने सबै भन्दा धेरै चिनमा छ ।२१ औँ शताब्दीको पहिलो एक दशकदेखि विश्वको झन्डै १ सय २५ राष्ट्रहरुले आफ्नो वार्षिक आर्थिक वृद्धिलाइ चार प्रतिशतभन्दा अधिक पुर्याउन सफल रहे । हेर्नुस त यी तेस्रो संसारको उदयका पाताहरु ।

अर्कोतिर बदलिंदो अमेरिकाको तस्करलाई नियालौं । ८० दशकको अन्त्यसम्म रोनाल्ड रेगनको कार्यकाल बेग्लै आकर्षण थियो । अध्ययनका लागि समेत उच्च वर्गीय र अत्यन्तै दक्ष नेपालीका लागि मात्र पहुँच थियो अमेरिकामा, मुश्किलले २-३ सय नेपाली विद्यार्थीहरु वार्षिक रुपमा भित्रिन्थे यहाँ । ९० को दशकको हाराहारीमा उकालो लाग्यो । अहिले अमेरिकामा भित्रिने नेपाली विद्यार्थी टप-टेन राष्ट्रको सूचीमा हुने संघारमा छ । सन् २००७ मा पिउ रिसर्च सेन्टरका प्रतिवेदन अनुसार सन् २००६ मा अमेरिकामा विज्ञान तथा इन्जिनियरमा ४० एवम् कम्प्युटर विज्ञानमा ६५ प्रतिशत पिएचडी गर्ने विद्यार्थीहरु विदेशीहरु थिए । सन् २०११ को अन्त्यसम्ममा अमेरिकामा हरेक विषयमा पीएचडी गर्नेहरु ६० प्रतिशत विदेशी विद्यार्थीहरु हुने रिपोर्टमा उल्लेख छ । यसले अमेरिकाको विविधतालाई प्रष्ट्याउँछ ।

यो पृष्ठभुमिमा पछिल्लो पुस्ताको नेपाली विद्यार्थीहरुका लागि अमेरिकी गन्तब्य अझै फराकिलो हुने निश्चित छ । यो यथार्थ र सम्भावनाबीच अर्को तड्कारो पक्ष पनि छ । जनसंख्यामा आश्रित विश्वको अर्थतन्त्रमा चीन र भारतको उदयले यो पक्षलाई कति हदसम्म प्रभावित पार्ला ? अहिलेलाई यतिसम्म मात्र अड्कल गर्न सकिन्छ की गैर पश्चिमेली राष्ट्रहरुको उदयले अध्ययनपछि पनि अमेरिकामा रुमलिरहने प्रबृत्तिलाई प्रभावित पार्नेछ । अबको शैक्षिक जनशक्तिका लागि साघाई । न्युर्याकबीच कुनै अन्तर हुने छैन । विश्वमञ्चमा आगामी कयौं वर्षपछि पनि अमेरिकी प्रभाव बोझिलो हुनेमा विश्लेषकहरु एकमत छन् । यद्यपि पछिल्लो समयमा एशियाको प्रगतिले अमेरिकाको बोलवालालाई कम गरिदिएको छ । जस्तो कि चीनकै कारण रवैया सोचे जस्तो कडा हुन सकेको छैन ।

एकछिन चीनलाई नियाल्यौ । यस वर्षको अन्त्यसम्म चीनको कुल ग्राहास्थ उत्पादनको आर्थिक वृद्धिदर ११ दशमलब २० प्रतिशत छ । जबकी अमेरिकाको आर्थिक वृद्धिदर २ दशमलब ४० प्रतिशतमै अल्झिएको छ । अमेरिकामा बेरोजगारिको दर १५ प्रतिशत हाराहारीमा पुग्दै गर्दा चीनको आफ्नो बेरोजगारी दरलाई ४ दशमलब २० प्रतिशतमा सीमित राख्न सफल भएको छ । सन् १९६८ मा आर्थिक उदारनीति र बजारतन्त्रको नीति अबलम्बन गरेपछि चीनले ३० वर्षमा ४० करोड भन्दा बढी चिनियाँ जनतालाई गरिबीको रेखामुनिबाट उकासेको छ । जुन संसारमा अन्यत्र कतै भएको इतिहास नै छैन । यो अवधिमा चीनको प्रतिब्यक्ति आय ७ गुणाले वृद्धि भएको छ ।

अर्थशास्त्रीहरुका प्रतिवेदन अनुसार त्यो ३० वर्षको अवधिमा हरेक ८ वर्षमा चीनको अर्थतन्त्र दोब्बर भएर गयो । तथ्यङ्कले देखाउँछ विश्जभरी हाल खपत भैरहेको डिभिडी लेयर फोटोकपी मेसिन जुत्ता-मोजा कपडाका तीन भागको २ भाग चिनियाँ उत्पादनहरु हुन् । चीन मात्र हैन भारत ब्राजिल मेक्सिको रसिया मलेसिया र दक्षिण अफ्रिका लगायत देशहरुको उदयले भविष्यमा अमेरिकीमुखी प्रवृत्तिलाई धेरै हदसम्म असर गर्ने संभावना देखिन्छ । उसो त संसारकैसबै भन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिका एवम् दोस् र तेस्रो ठुलो अर्थतन्त्र भएको चीन र जापानबीच ठुलै खाडल देखिन्छ । विश्व बैंकको तथ्याङ्क अनुसार अमेरिकाको १४ द्रिलियन डलरको तुलनामा चीन र जापानको अर्थतन्त्र ५/५१ द्रिलियनको छ । तर पनि द्रृत गतिमा लम्किरहेको चीनको आर्थिक प्रगतिलाई अर्थशास्त्रीहरुले अमेरिकी बजारको चुनौतीपुर्ण विकल्पको रुपमा मात्र नभई राजनीतिक रुपमा पनि चीन सक्षमताका साथ उभिन ल भएको छ । आर्थिक विश्लेषकहरु भन्छन्-पश्चिमेली राष्ट्रहरुले २ सय वर्षमा गरेको प्रगति चीनले ३० वर्षमा गरेको छ ।

अर्कातर्फ अध्ययन र अनुसन्धानले संकेत गरेको छ- सन् २०४० मा भारत संसारकै तेस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हुनेछ । विश्व व्यापारिक बैंकिङ्ग लगानी एवं सुरक्षा सम्बन्धी संगठन-द गोल्डम्यान-को अध्ययन अनुसार भारतको अर्थतन्त्र सन् २०३० सम्म बेलायतको अर्थतन्त्रका बराबरीमा पुग्नेछ । भारत पछिल्लो डेढ दशकमा विश्वभरी चीनपछि तीब्र गति आर्थिक प्रगतिलाई पछ्याइरहेको दोस्रो देश हो । यो पृष्ठभुमिमा आगामी नेपाली पुस्ताका निम्ति मरिहत्ते नहुने चिश्चित छ । जनसंख्या आधारित विश्व अर्थतन्त्रको सेरोफेरोमा दूई विशाल मुलुक बीचको नेपालको भविष्यमा आशालाग्दा किरण नभएको चाही होइन । चीन र भारतबाट नेपालले फाइदा लिन सके नेपालले पनि विकासमा फड्को मार्नेछ ।

न्युयोर्क युनिभर्सिटीले सिंगापुर पछि अबुधाबीमा युनिभर्सिटी सञ्चालन गरिसकेको छ । यसले स्पष्ट रुपमा अबको भविष्यलाई अमेरिकामात्र सीमित नराखेको संकेत गर्छ । यसले प्रष्ट रुपमा उद्योग लगानी शिक्षा सामाजिक साँस्कृतिक शक्तिको प्रभाव अमेरिकी दबदबाबाट तेस्रो संसार प्रभावित भैरहेको जनाउँछ ।

                                     प्रकाशित मितिः २०६८ फाल्गुण १० गते
Facebook Comments

अन्तिम अपडेट: १० फाल्गुन २०६८, बुधबार १०:२७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया