टोखामा खानेपानीको पाइप विछ्याउने कार्य तीव्र

 २९ फाल्गुन २०६८, सोमबार १०:१४   | न्यूज अफ टोखा

टोखा-फागुन २९ सोमबार-टोखा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिले टोखा वस्तीको घरघरमा खानेपानी वितरण लागि खानेपानीको पाई विछ्याउने कार्यलाई तीव्ररुपमा अगाढी बढाइरहेको छ । तेस्रो चरण अन्तर्गत पाइप विछ्याउने काम लगभग ७५ प्रतिशत सकिसकेको छ । सरस्वती गाविसको सबै ठाउँमा पाइप विछ्याउन सकिसकेको छ भने चण्डेश्वरी गाविसमा  पाइप विछ्याउने काम तीव्ररुपमा अगाढी बढाइरहेको  छ ।
पाइप विछ्याउ सकिसके पछि घरघरमा खानेपानीको वितरण गर्ने समितिले जानकारी दिएको छ । घरमा धारा जडान गर्न रु.१००००/- शुल्क लाग्ने छ । बृहत खानेपानीको आयोजनाको शुरुवाटमा २९ दिन घरका लागि १ दिन टोखाका लागि भन्ने नाराका अनुसार १ दिन बराबरको अनुदान ज्याला बराबर ५ वर्षको पुरा अनुदान यस १००००/- रकममा जोडिएको छ । यसका साथै आवेदन शुल्क पानी नाप्ने मिटर शुल्क यसैमा जोडिएको छ । 

खानेपानी वितरण भए पछि शुरुमा ट्यायल पिरेडमा भने प्रत्यक घरलाई मासिक १०००० लिटर पानी दिइनेछ । मासिक शुल्कको हकमा भने रु.१००/-रुपैया लाग्ने समितिले जानकारी दिएकोछ । यो शुल्क हलकालागि अन्तीम नभएको जानकारी दिदै यस विषयमा कसै चित्त नबुझेमा वार्ता गरी मुल्य समायोजन गर्न सकिने छ ।
काकाकुल बनेका टोखावासीका लागि यो योजनाले कतिको सहयोग गर्नेहो त्यो भने हेर्न बाँकी नै छ । आशा गरौँ यो योजनाले टोखावासीलाई खानेपानीको समस्यावाट मुक्त गर्न सकोस ।
प्रकाशित मिति २०६८ फागुन २९ गते
Facebook Comments

अन्तिम अपडेट: २९ फाल्गुन २०६८, सोमबार १०:१४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया