रहस्यमय त्यो कालो रात….संस्मरण

 १ चैत्र २०६८, बुधबार ११:५९   | न्यूज अफ टोखा

सुबिन्द्र श्रेष्ठ- कुरा आज भन्दा छ वर्ष (२०६३ साल) तीरको हो । असार महिनाको वर्षायामको समय थियो । पूर्णिमाको त्यो रात जब म सम्झन्छु तब मुटु वेजोरले धड्किन थाल्छ, उकुस मुकुस भएर निसासिन्छु । त्यो पल मेरो लागि यस्तै भयावह पल थियो कि मानौ म मृत्यु सँग लुकामारी खेलीरहेको थिए । आउनुस आज म तपाईलाई मेरो त्यो कहालि लाग्दो सत्य घट्ना सुनाउन गैरहेको छु ।
असारको त्यो पूर्णिमाको दिन म दिउँसो मेला भरेर आएको थियो । निकै नै थकित थिए र घरमा पुग्ने वितिकै खाना खाएर आफ्नो कोठामा गएर सुते । वर्षायमको समय पानी फाटफुट परिरहेको थियो । सिरानीलाई अँगालेर सुत्ने मेरो बानि थियो । त्यो रात पनि म सिरानीलाई अँगाले र सुतिरहेको थिए । म कोल्टो फेरेर उतानो के परेको थिए अच्चानक खाँत हलिन थाल्यो मानौ भुकम्प आएको छ । खाँत हलिएको महशुस मात्र गरिरेको थिए तर  केही कुरा सोच्न नै नपाई अच्चानक मेरो शरीरमा कसैले बेसरी थिचि रहेको छ । मेरो शरीरको सारा शक्ति उसले नियन्त्रणमा लिईरहेको छ । मानौ मेरो शरीरलाई उसले कब्जा गरिरहेको छ । लाख कोशिस गर्दा पनि म त्यसको पञ्जाबाट फुट्किन सकिरहेको थिएन । म चिच्याए, कराए, छट्पट्ए सहयोगको लागि गुहार मागे तर अपसोच मेरो आवजलाई कसैले सुनेन मेरो सहयोगको लागि कोहि आएन ।

म आफु सँग भएको सबै तागत बल लगाएर त्यो अदृष्य बस्तु सँग कुस्ती खेलिरहे तर उसलाई जित्न सकि रहेको थिएन । म त्यो अदृष्य वस्तुबाट मुक्त हुन खोजि रहेको थिए । अहँ लाख कोशिस गरे तर सकिन । हार मानेर अब मर्ने भयो भनेर आफ्ना सारा तागत र बललाई छोडि त्यसकै रजाइममा चुप्चाप बसे  । ल अब मरिने भयो मेरी आम मेरो लाशलाई हेरेर कति रुनुहोला । मेरी दिदिदाजु कति दुःखी हुने होला । हरे भगवान अब म के गरुँ यस्ता यस्तै कुरा मनमा खेलि रहेको थियो, आफु अचेत अवस्थामा रहन्दा पनि । एक छिन पछि थकित शरीरले आराम पाइयो फेरी सारा बल लगाएर त्यो अदृष्य वस्तु सँग कुस्ति खेले अन्तत म उसलाई जित्न सफल भए । उसले नियन्त्रण गरिरहेको मेरो शरीरलाई छोडेर गयो । त्यसले छोडेर गएको बेला म झस्किए मानौ मुत्युको मुखबाट बाहिरिए… मुटुको वेग वेसरी धड्किन थाल्यो । पसिनाले सारा शरीर भिजि सकेको थियो । संयोग फेरि कस्तो भई दियो भनेनि त्यो पल लोडसेङ्गि भएको थियो । निसपक्ष कालो रात चन्द्रमाको मसिनो प्रकाश झ्यालको सिसाबाट भित्र पसिरहेको थियो । तर कुनै पनि बस्तु राम्रो सँग थम्याउन सकिरहेको थिएन । त्यो पल मलाई कुनै चिजले साथ दिई रहेको थिएन । मुवाइलको व्याट्रि अफ, सलाई र मै बत्ती सकिनु उफ….।
जब म होसमा आए तब मेरो कोठाको ढोका खुलेको आवज सुनियो । मरो मुटु झन जोडले धड्किन थाल्यो । डर र त्रासले गर्दा शरीर पुरा पसिनाले भिजि सकेको थियो । त्यो कहालि लाग्दो रात उफु….। मनमा डर त्रास बोकि भित्ता तिर हेरेर सुत्न लागे । जब म भित्ता तिर कोल्तो फेरेर सुते कोही मेरो कोठाको ढोका खोलेर भित्र पसेको आवाज सुने । पहिलाको जस्तै खाँत हलिन थाल्यो । कापि रहेको मनलाई सम्हालेर बेसरी खुट्टाले खाँतमा हिरकाए त्यो अदृष्य वस्तु ढोकाबाट बाहिर गएको आवाज सुनिन थाल्यो । के गरु के गरु केहि सोच्न सकि रहेको थिएन उठेर बाहिर जाउँत शरीर गलिसकेको थियो । डरत्रासले गर्दा मुखबाट आवाज निसकी रहेको थिएन । फेरी त्यस्तै कोल्तो फेरेर सुत्न कोशिस गरे फेरी त्यसरीनै ढोका खोलेर कोहि भित्र पस्यो खाँत बेसरी हलिन थाल्यो । पहिलाको जस्तै नै मैले खुट्टालाई खाँतमा हिर्काए त्यो पहिला सरिनै ढोकाबाट बाहिरियो । यो क्रम निकै लामो समय सम्म चलिनै रह्यो । 
ममा बाँच्ने आशानै मरिसकेको थियो । जे पर्लापर्ला यसै मरिने भो उसौ मरिने भो मर्नु भन्दा पहिले त्यो के रहेछ मलाई यति धेरै सताई रहने त्यसलाई म आज जसरी पनि हेर्नेछु । त्यसको झल्क हेरेर नै मर्नेछु केही साहाश बटुलेर ढोका तिर कोल्तो परेर हेरिरहे । कोठामा  झ्यालको सिसाबाट भित्रि रहेको मधुरो प्रकाशको साहारा लिएर त्यो अदृष्य शक्तिलाई हेर्ने दृद संकल्प गरेर ढोका तिर आफ्नो आँखालाई विछ्याई रहे । हुन्त त्यो प्रकाशले कोठाको कुनै पनि वस्तुलाई पहिल्याउन सकिने अवस्था थिएन । तर पनि त्यो अदृष्य शक्ति झ्यालबाट आई रहेको प्रकाशसम्म आउँने छ अनि म त्यसलाई हेर्नेछु यही विचार गरेर म एक्तमासले ढोका तिर हेरिरहे…।
तर अपसोच मलाई रातभरी सताउने त्यो अदृष्य शक्तिलाई हेर्न पाएन । म त्यस शक्तिलाई हेर्न बसि रहन्दा कुन बेला निदाएछु पटै भएन । विहान उठे शरीर निकै नै थकित थियो । विस्तारै उठेर मुख धोएर भान्छामा गए त्यहाँ आमा र दिदि खाना पकाउँदै हुनु हुन्थ्यो । मैले विस्तारै आमा सँग सोध्य “आमा हिजो राती मेरो कोठामा ढोका खोलेको आवाज सुन्नु भयो तपाईले ?” अँह आमाले भन्नु भयो ..अनि मैले बोलाएको नि…केही पनि सुन्नेको थिएन मैलेत । आमाको यस्तो कुरा सुन्नेर मनमा झन डर लागेर आउन थाल्यो । मैले हिजो राति भएको सबै कुरा भन्न खोजे तर अगाडी दिदि भएर भनिन किन कि दिदि निकैनै डराउनु हुन्थ्यो ।केहि पनि जभनि चियाको गिलास लिएर म सरासर कोठामा आएँ । चिया पिउदै मनमनै सोच्न थाले आखिर हिजो राति मेरो कोठामा आउने को हो त ? म सँग लुकामारि खेल्ने त्यो अदृष्य वस्तु के हो त ? यो रहस्यमय घट्ना अहिले सम्म पनि मेरो लागि रहस्यको विषय वनिरहेको छ ।
प्रकाशित मितिः२०६८ चैत्र १ गते  बुधवार
Facebook Comments

अन्तिम अपडेट: १ चैत्र २०६८, बुधबार ११:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया