देखिन थाल्यो जात्राको चहल पहल

 २५ चैत्र २०६८, शनिबार ०५:०३   | न्यूज अफ टोखा

नयाँ वर्ष नजिकिदै छ साथमा टोखाको ऐतिहासिक बिस्केट जात्रा पनि । आजबाट टोखामा रहेका विभिन्न मठ मन्दिरहरुमा रंग रोगन गर्ने कार्य थालि रहेको छ ।  विशेष गरी टोलटोल र मेन सडकमा सरसफाई गर्ने र हिलामे  बाटोहरुलाई व्यवस्थित गर्नु अतिनै जरुरी भैरहेको छ । करिव एक हप्तामात्र बाँकी छ जात्रा नजिकिनु । यस कुरालाई हिदयंगम गर्दै सम्पुर्ण टोखा बासिहरु यस कार्यमा लाग्नु जरुरी छ ।
यसै गरी आज दिउसो ४ बजे गा.वि.स टोखा चण्डेश्वरीमा जात्रा ब्यवस्थापन विषयक बृहत चण्डेश्वरी र सरस्वतीको संयुक्त बैठक बस्दै छ । जात्राका लागि आवश्यक सरसफाई, स्वास्थ्य, विजुली, संचार, सुरक्षाका विविध विषयमा छलफल गरिने भएको छ ।
प्रकाशित मितिः चैत्र २५ शनिवार
 
Facebook Comments

अन्तिम अपडेट: २५ चैत्र २०६८, शनिबार ०५:०३

तपाईको प्रतिक्रिया