सबै नेपालीले हेर्नै पर्ने भिडियो Buddha was born in NEPAL not in India

 २७ चैत्र २०६८, सोमबार १२:४१   | न्यूज अफ टोखा

चैत्र २७ गते- हाम्रा छिमेकि मित्रराष्ट्रले नेपाल प्रति देखाएको मित्रताको नाता हामी सबैले देखि रहेका र भोगि रहेका छौँनै । देशको सिमाना मिचियो तर पनि नेपाल सरकारले केही गर्न सकिएन । हामी नेपाली जनताहरुले भारतको मिचाहा र हेपाहा प्रवृत्ति विरुद्ध धेरै नै विरोध गर्यौ कहिले सुस्तामा गएर त कहीले तनपुर । नेपाली जनताले जति सुकै आवाज उठाएता पनि हाम्रा देशका शासन सत्तामा रहेका अन्धा र बहिरा नेताहरु सुरेर पनि नसुनेझै देखेर पनि नदेखेझै गरि बसिरहेका छन । सिमान मिच्यो केही बोलेन अब त नेपालको स्वाभिना र गौरवमाथी भारतले खुलेआम बल्तकार गरीरहेका छन ।  हो विश्वका शान्ति दुत गौतम बुद्धलाई भारतीय बनाउदै छन । जब कि इतिहासको पाना पानामा गौतम बुद्ध हिमालयको देश नेपालमा भएको भनेर चिच्याइ चिच्याइ भनि रहेका छन ।  भारतले नक्कली लुम्बिनी बनाउदै छ सन् २०१२ सम्म पुरा गर्ने लक्ष्यका साथ । उनीहरुले विश्व समुदायलाई गुम्राहा बनाउदै छन अनि हामी चाहि बादरले केरा हेरेझै हेरिरहेका छौँ । 
भारतले बनाउदै गरेको नक्ली लुम्वीनिको नालिवेलि सहितको यो खवर भित्रको खवर यहाँहरु माझ प्रस्तुत गर्दै छौ । कसरी नेपालको अस्मितामाथी खेलवार गर्दे छन भारत एक चोटि हेर्नुस अनि आफैले आफैलाई सोध्नुस के हुँदैछ ? के गरिन्दै छ? अनि के हेर्दै छ नेपाल सरकार ।

गौतम बुद्ध नेपालमा जन्मेको हो की भारतमा यो कुरालाई कुतनितीक तवरले सुलझाउनु अतिनै ढिलो भइ सकेको छ । यदि हामीले भारते जे चाहियो सोहि गर्नदिदै बस्यौ भने एक दिन नेपाल नै भारतको प्रान्त हो भनेर भन्ने दिन नआउला भन्न सकिन । 
जाग नेपाली….
जाग तिमी…..
हामी ढल्नै लाग्यौ 




भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालि बेली भाग-२


भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालि बेली भाग-३

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालि बेली भाग-४


Facebook Comments

अन्तिम अपडेट: २७ चैत्र २०६८, सोमबार १२:४१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया