मेरै देशमा जन्मे बुद्ध

 ५ बैशाख २०६९, मंगलवार ०९:३०   | न्यूज अफ टोखा

मेरै देशमा जन्मे बुद्ध, सत्य कहीँ लुक्छ र ?
कराउँदैमा काग यहाँ, पिना कहीँ सुक्छ र ?

धन्को बर्कत् देखाउँदै, झुट्को खेती गरी हिँड्छन्
चिच्याउँदैमा सुक्या घोक्रो, त्यसै कहाँ फुक्छ र ?

हाम्रो ईज्जत् हाम्रो सान्, बुद्ध अनि सगरमाथा
गर्व गर्छौं यसै माथि, लाजले शिर झुक्छ र ?

छैन क्यारे चेतना, हाम्रा नेता भनाउँदामा
लुट्दा आफ्नै गौरव पनि, मुटु किन दुख्छ र ?

अग्रगामी सोच राखी, राष्ट्रियता ख्याल गर्दै
विद्रोहमा उठ्ने कदम्, अब कहाँ रुक्छ र ?
                                                            -बिना तामाङ ‘सुनगाभा’

Facebook Comments

अन्तिम अपडेट: ५ बैशाख २०६९, मंगलवार ०९:३०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया