म्याद थप्ने प्रस्तावविरुद्ध सर्वोच्चमा रिट

 १० जेष्ठ २०६९, बुधबार १०:२०   | न्यूज अफ टोखा

१० जेठ, काठमाडौं । संविधानसभाको म्याद थप्ने सरकारी प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट पारेको छ ।

सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलका अनुसार दुई बटा रिट दर्ता भइसकेको छ भने अझै केही दर्ता प्रक्रियामा छन् । पौडेलले अनलाइनखबरसँग भन्नुभयो-’म्याद थप बदरको माग गर्दै दुई बटा रिट दर्ता भएको छ भने केही दर्ता हुने प्रक्रियामा छन् ।’
सरकारले मंगलबार मात्र संविधानसभाको म्याद ३ महिना थप्न अन्तरिम संविधानको १३ औं संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको थियो । सरकारको प्रस्ताव सर्वोच्चको फैसला विपरित भएको भन्दै सत्तारुढ कांग्रेस र एमालेले विरोध गर्दै आएका छन् ।

गत मंसिर ९ गते संविधानसभाको म्याद अन्तिम पटक ६ महिना थप्न अनुमति दिएको सर्वोच्च अदालतले थपिएको समयमा संविधान नबने संविधानसभा स्वत विघटन हुने र जनमत संग्रह वा फेरि निर्वाचन गर्न आदेश दिएको थियो ।
सर्वोच्चको फैसलाविरुद्ध सरकार र संसद सचिवालयले दिएको पुनरावलोकको निवेदनलाई समेत सर्वोच्चले अस्वीकार गर्दै म्याद थपको कानुनी बाटो बन्द गरिदिएको थियो ।
Facebook Comments

अन्तिम अपडेट: १० जेष्ठ २०६९, बुधबार १०:२०

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया