कर्मठ नेपालीले बनाए हेलिकोप्टर

 २२ जेष्ठ २०६९, सोमबार १२:२७   | न्यूज अफ टोखा

काठमाडौ, जेष्ठ २२ – काठमाडौंको नीलोपुलमा फर्निचर उद्योग सञ्चालन गरेका अनिल गौतमले हेलिकोप्टर बनाएका छन् । बुटवल स्थायी घर भएका गौतमले बनाएको हेलिकोप्टरमा २ सय सीसीको पल्सर मोटरसाइकलको इन्जिन प्रयोग भएको छ । २६ वर्षका अनिलले १८ महिनाको अथक प्रयासमा हेलिकोप्टर बनाउँदा करिब ३० लाख खर्चेको परिवारले जनाएका छन् ।

औपचारिक शिक्षा कक्षा ४ सम्म मात्र रहेका गौतमले भने, ‘फर्निचर पसलबाट बचेको समय यसमा खर्चेको हुँ ।’ उनले अनुमति पाए हेलिकोप्टर उडाउन तयार भएको बताए । पारिवारिक प्रेरणाले उत्साही भएको बताउने गौतम आफूजस्ता नयाँ काम गर्न चाहने युवालाई सरकारले सहयोग गरे सजिलो हुने बताउँछन् । त्रिलोक एयर नाम दिइएको हेलिकोप्टरमा चालकसहित ३ जना बस्न मिल्ने बनाइएको छ । 

 प्रकाशित मिति: २०६९ जेष्ठ २२ ०४:२९- ईकान्तिपुर
Facebook Comments

अन्तिम अपडेट: २२ जेष्ठ २०६९, सोमबार १२:२७

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया