दक्षिण कोरियाबाट रु.२३०३९० भिमसेन मन्दिर निर्माण सहयोगका लागि

 २४ जेष्ठ २०६९, बुधबार १०:४१   | न्यूज अफ टोखा

अहिले सम्म नेपालको सबभन्दा ठुलो भिमसेनको मूर्ति रहेको टोखा भिमसेन मन्दिरका गत वर्षको अन्त्य देखि पुन निर्माण गर्न थालेको थियो । विभिन्न दातृनिकाय तथा स्थानिय व्यक्तिहरु मन्दिरका खलक तथा बिदेशमा वसि आफ्नो जम्न थलोको सम्पदालाई नयाँ रुप दिन टोखाबासीले सक्दो आर्थिक सहयोग गर्नेकाम निरन्तर जारी छ । भोली मिति २०६९ साल जेष्ठ २५ गते विहान १० बजे श्री टोखा भिमसेन मन्दिर निर्माणका लागि दक्षिण कोरियामा कार्यरत टोखाबासीहरुको सक्रिय आथिक सहायता अनुदान हस्तान्तरण कार्यक्रम टोखा चण्डेश्वरी गा.वि.सको रोहवरमा भिमसेन मन्दर परिसरमा हुन गईरहेको छ ।
अहिले सम्म नेपालको सबभन्दा ठुलो भिमसेनको मूर्ति रहेको टोखा भिमसेन मन्दिरका लागि विभिन्न ठाउँबाट प्राप्त सहयोगहरुको विवरण यस प्रकार छन्ः
  • टोखा चण्डेश्वरी गा.वि.स ५००००० 
  • पुरातत्व विभागबाट २५००००
  • दक्षिण कोरियाबाट २३०३९०
  • सम्बन्धित खलकबाट कवुल अनुसार ३००००० 
  • जम्मा रु १२८०३९०
प्राविधिक स्टीमेतमा रु १८००००० निकालिएको थियो । जसमा टोखा लगायत नेपालका विभिन्न क्षेत्रका मानिहरुले सहयोग दिने क्रम जारी नै रहेको छ ।
टोखा भित्रबाट हामीलाई प्राप्त जानकारी अनुसार
  • हेराकाजी महर्जन चोकी रु ५०००० 
  • ध्रुवराज जोशी रु ५००००

यस प्रकार सहयोगी हातहरुको साथका लागि भोलीको कार्यक्रमले पनि केही उल्लेखिनिय योगदान गर्ने कुरामा हामी विश्वस्त छौं ।

सहयोग गर्न इच्छुक महानुभावहरुलाई नाथेश्वरी मन्दिर पूर्ण रुपमा सम्पन्न गर्न झण्डै ३ लाख रकमको आवश्यकता रहेकाले यस तर्फपनि ध्यानाकर्षण गराउँदै भिमसेन मन्दिरको पूर्ण निर्माण कार्य सकिए लगतै पुरातत्व विभागले टोखा चण्डेश्वरी तपलाछीको नारायण मन्दिर निर्माण कार्य थालनी गर्ने जानकारी पनि गराउदै यस्तै रचनात्मक सहयोगको अपेक्षा सबै जनमानसमा गर्न चाहन्छौं । हामीले आफ्नो नराम्रो कूलतमा खर्च गरिने कार्यको केही प्रतिसत रकमले पनि यस्ता धरोहरहरु बचाउन सक्रिय मद्दत पुग्नेछ ।

Facebook Comments

अन्तिम अपडेट: २४ जेष्ठ २०६९, बुधबार १०:४१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया