यस्तो छ किशोर किशोरी तथा युवा सर्वेक्षणको रिपोर्ट

 ३ असार २०६९, आईतवार १७:४४   | न्यूज अफ टोखा

काठमाडौ ३ असार / तपाई आफ्नो प्रेमी या प्रेमीकाले आफूलाई मात्र प्रेम गर्छन् भन्ने भ्रममा हुनुहुन्छ यदि तपाईमा त्यस्तो सोचाई छ भने आजै त्यसलाई त्याग्नुहोस् । आजकलका युवा युवति दुवैले मायारप्रेमलाई फेसनको रुपमा बढाउँदै एकैसाथ दुई वा बढीसँग डवल अफेयर चलाउने गरेको पाईएको छ । पछिल्लो पटक किशोरकिशोरीका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षणले उनीहरुले डवल अफेयर चाउने गरेको देखाएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षण अनुसार १० देखि २४ बर्ष उमेर समूहका किशोर(किशोरीले एकैसाथ दुईजनासँग अफेयर चलाईरहेको पाईएको छ ।
त्यसैगरी सोही सर्वेक्षणका क्रममा किशोरकिशोरीले सरदर १८ बर्षको उमेरमा पहिलो पटक यौन सम्पर्क राखेको पाईएको छ । १० देखि २४ बर्ष उमेर समूहका ८ हजार ९ सय ७४ घरधुरीका १४ हजार ७ सय ५४ जना किशोर किशोरीमा गरीएको सर्वेक्षण उक्त तथ्यांक आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सन् २०१०र११ मा गरिएको सर्वेक्षण अनुसार १५ बर्ष नपुग्दै ७ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राखेका थिए । त्यस्तै नयाँ सर्वेक्षण अनुसार ७२ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राख्ने गरेको, २४ प्रतिशतले व्बाईफ्रेण्ड र गलफ्रेण्डबीच सहवास गर्ने गरेको र ३ प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तैगरी नेपालमा ६३ प्रतिशत किशोरकिशोरी तथा युवाहरुले हस्तमैथुन गर्ने गर्दछन् । किशोरकिशोरी तथा युवा मध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पति मध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेका तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१०र०११ मा गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ वर्ष उमेरका दोब्बर केटीहरूले त्यही उमेरका केटाभन्दा इन्टरनेटमार्फत अश्लील सामग्री हेर्ने र पढ्ने देखाए को हो । प्रतिवेदनअनुसार नेपालका ग्रामीण क्षेत्रका सो उमेर समूहका दुई दशमलव २७ प्रतिशत केटीहरूले इन्टरनेटमा अश्लील सामग्री हेर्ने र पढ्ने गरेको पाइएको छ, जबकि सोही उमेर समूहका केटाहरूको प्रतिशत भने ० दशमलव ९२ प्रतिशत मात्र छ । ग्रामीण भेगमा इन्टरनेटको पहुँच कम भए पनि इन्टरनेटमा पहुँच हुने भएका उमेर समूहका बालबालिकाले अश्लील सामग्री हेर्ने गरेको अध्ययनले देखाएको छ ।
मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी १० देखि २४ वर्ष उमेर समूहका करिब नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोरकिशोरी तथा युवाबीच सर्वेक्षण गरेको थियो ।
प्रेमको बारेमा सोधिएका प्रश्नहरुको उत्तर अझै रोचक छन् । सर्वेक्षणमा सहभागी भएका १४ हजार किशोकिशोरी र युवाहरुहरुमध्धे २१.४७ प्रतिशत युवकहरुले प्रेममा परेको बताएका छन् भने ११.२८ प्रतिशत युवतीहरुले । त्यस्तै गरी ६२.०५ प्रतिशत युवक र २६.८३ प्रतिशत युवतीहरुले डेटिङको समयमा यौनजन्य गतिविधी गरेको स्वीकारेका छन् । औसतमा १६ वर्षको उमेर युवक र युवतिहरु पहिलोपटक प्रेममा परेको बताएका छन् । सर्वेक्षणमा दुई विपरीतलिंगीय साथीहरूबीच पहिलो यौनसम्पर्कको औसत उमेर २० वर्ष देखिएको छ । त्यही तथ्यांक अनुसार, प्रेमीप्रेमिका आपसमा भेट्दा यौन क्रियाकलापमा समेत संलग्न हुन्छन् । केटाहरूबाट लिइएको तथ्यांकअनुसार जोडी भेट्दा यौनजन्य क्रियाकलाप गर्ने प्रतिशत १० वर्षदेखि १४ वर्ष उमेर समूहमा करिब ३० प्रतिशत, १५ वर्षदेखि १९ वर्ष उमेर समूहमा ६१ प्रतिशत र २० देखि २४ वर्ष उमेर समूहमा ७६ प्रतिशत छ । यौनजन्य क्रियाकलापमा चुम्बन, सुमसुम्याइ, स्पर्श, अँगालो आदि पर्छन् ।
यस्तै, आफ्नी प्रेमिकासँगको भेटमा शारीरिक सम्पर्क राख्ने केटाहरूको संख्यासमेत कम छैन । प्रेमिकासँग भेट्दा यौनसम्पर्क राख्ने प्रतिशत १० वर्षदेखि १४ वर्ष उमेर समूहका केटाहरूमा ५ छ । १५ वर्षदेखि १९ वर्षमा ३७ प्रतिशत र २० वर्षदेखि २४ वर्ष उमेर समूहमा भने यो ५७ प्रतिशत पाइएको छ ।
medianp.com
Facebook Comments

अन्तिम अपडेट: ३ असार २०६९, आईतवार १७:४४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया