किन फुट्छन् कम्युनिस्ट पार्टी ?

 १३ असार २०६९, बुधबार १२:१८   | न्यूज अफ टोखा

श्याम श्रेष्ठ-जहाँ जुट हुन्छ, त्यहाँ फुट पनि हुन्छ। हरेक जुटसित फुट पनि सँगै गाँसिएर आएको हुन्छ। त्यसैले फुट कुनै पनि पार्टीका लागि अस्वाभाविक कुरो होइन। कुन समय र परविेशमा के कारणले पार्टी फुट्यो भन्ने कुराले मात्र त्यो फुट आवश्यक र जायज थियो कि थिएन भन्ने प्रश्नको वास्तविक निक्र्यौल हुन सक्छ।

नेपालमा सबै पार्टी फुटेका छन्। नेपाली कांग्रेस २०५९ सालमा फुटेको हाम्रै आँखासामु छ। सुशील कोइराला र शेरबहादुर देउवाले नेतृत्व गरेको जमात अहिले जोडिएर पनि त्यो पार्टीको टाउको दुइटै देखिन्छ, केवल टुपी मात्र एक ठाउँमा बाँधिएको छ। जनवर्गीय संगठनको भागबन्डा

मिलेपछि मात्र देउवा समूहले केन्द्रीय समिति बैठकमा भाग लिनु भनेको त्यो पार्टीभित्र भावनात्मक तहमा अन्तरनिहित फुटको बाहिरी लक्षण मात्र हो। राप्रपा फुटेर तीन टुक्रा भएको धेरै भएको छैन। सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम पनि कैयन् टुक्रामा विभाजित भएका छन्। त्यसैले नेपालमा फुटको रोग कम्युनिस्ट पार्टीमा मात्रै छ भन्ने कुरा सत्य होइन। अरू पार्टीका टुक्राभन्दा कम्युनिस्ट पार्टीको टुक्रा ज्यादा देखिनु र नेताहरूका ससाना अहंकारजन्य कुराले पनि कम्युनिस्ट पार्टीहरू फुट्नाले नेपालका कम्युनिस्ट पार्टीमा फुटको रोग ज्यादा महसुस भएको मात्र हो।

अपरिपक्व स्वरूप
कम्युनिस्ट पार्टीमा फुटको आधिक्यताले के देखाएको छ भने नेपालमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट नेतृत्व निर्माण प्रक्रियाले एउटा परपिक्व सापेक्ष स्वरूप लिइसकेको छैन। जस्तोः भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा रुस र माओ त्से तुङको नेतृत्वमा चीनमा निक्लेको देखिन्छ, त्यस्तो गुणात्मक रूपमा कम्युनिस्ट पार्टी भन्न लायकको पार्टी र पार्टी नेतृत्व नेपालमा निर्मित हुने प्रक्रियामा मात्र छ। अहिलेका सबैजसो कम्युनिस्ट पार्टी स्वार्थकेन्द्र र गुटहरूको अस्थायी संयुक्त मोर्चाका रूपमा ज्यादा छन्, पार्टी कम छन्। पार्टीको साझा मुखपत्र कतै देखिँदैन, गुटहरूको घोषणापत्र छ्यासछ्यास्ती देखिन्छन्। सिंगो पार्टीको प्रतिनिधित्व गर्न सक्ने नेता बिरलै भेटिन्छन्, सबैजसो नेता गुटका अगुवाका रूपमा मात्र देखिन्छन्। कम्युनिस्ट पार्टीमा नेता धेरै देखिन्छन् तर समाजवादी नेतृत्व देखिँदैन। हामीकहाँ कम्युनिस्ट पार्टीमा ज्यादा फुट हुनुको एउटा जरो कारण पार्टीभित्र स्वभावतः पैदा हुने सबै धारका विचारलाई सँगेटेर-समेटेर-संश्लेषण गरेर लान सक्ने सर्वस्वीकार्य वैचारकि/सांस्कृतिक समाजवादी नेतृत्वको अभाव हुनु हो।

०१८ सालसम्म नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट नेतृत्व एउटा थियो। तर, केशरजंग रायमाझीको नेतृत्वमा देखापरेको दक्षिणपन्थी सैद्धान्तिक विचलन र क्रान्तिको बाटो नै परत्ियागका कारणले पार्टीका अधिकांश नेता र कार्यकर्ताको सर्वस्वीकार्यता गुम्यो। रुस र चीनको कम्युनिस्ट पार्टीबीच सन् १९६० को दशकको प्रारम्भमा भएको अन्तर्राष्ट्रिय स्तरको फुट र सैद्धान्तिक द्वन्द्वले यो फुटमा उत्प्रेरक तत्त्वको भूमिका खेल्यो। फलस्वरूप नेपालको इतिहासमा पहिलोपटक नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो फुट हुन गयो। पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मनमोहन अधिकारी, मोहनविक्रम सिंह-निर्मल लामा, तत्कालीन झापाली समूह सबैले त्यो माउ पार्टी एकएक गरी परत्ियाग गरे र अलगअलग पार्टी समूह गठन गरे। यस प्रकार हामी देख्न सक्छौँ, पार्टी नेतृत्वले सैद्धान्तिक र राजनीतिक रूपमा समाजवाद र क्रान्तिको बाटो छोड्यो भन्ने अरू नेता र कार्यकर्तालाई महसुस हुनु नेपालमा कम्युनिस्ट पार्टीमा फुट हुनुको अर्काे प्रमुख कारण हो।

०५४ सालमा देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा एमालेमा महाकाली सन्धिपछि भएको फुट पनि यही र यस्तै कारणले अर्थात् नेतृत्वले सैद्धान्तिक र राजनीतिक रूपमा समाजवाद र क्रान्तिको बाटो छोड्यो भन्ने पार्टीका एकथरी नेता कार्यकर्ताको आमअनुभूतिका कारणले भएको थियो। परन्तु पार्टी फुटेपछि वामदेव गौतमले पार्टीलाई सक्षमतापूर्वक नयाँ ढंगले नेतृत्व प्रदान गर्न सकेनन्। उनले उल्टो आफू सरकारमा भएका बेला त्यही महाकाली सन्धिलाई अनुमोदन गर्ने कार्य गरे, जसको जगमा नेकपा एमालेमा फुट भएको थियो। त्यसो गरेपछि फुटको औचित्य नै बाँकी रहेन र त्योे पार्टीको एउटा हिस्सा फेर िएमालेमा जोडियो तर अर्को हिस्सा नेकपा माले पार्टीका रूपमा अस्तित्वमा आयो, जुन पछि तीन टुक्रामा विभाजित भयो।

जडसूत्रवादी र यान्त्रिक चिन्तन
बदलिँदो समय र परिस्थिति अनुसार नेतृत्वले अलि सिर्जनात्मक ढंगले क्रान्तिलाई अघि लान खोज्दा जडसूत्रवादी चिन्तन अथवा अरू देशको क्रान्तिको यान्त्रिक नक्कल गर्ने सोचका कारणले त्यो सिर्जनात्मक बाटोलाई ठीकसित बुझ्न नसक्दा नेतृत्वले बाटो बिरायो, संशोधनवादी बाटो समायो भन्ने भ्रमका कारणले पनि कम्युनिस्ट पार्टी फुट्ने गरेको पाइएको छ। ‘४० को दशकमा पुष्पलालले त्यही नियति भोगे भने ०७० को दशकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यही परिणाम भोग्दै छन्।

अहिले फकर्ेेर हेर्दा पुष्पलालले न त समाजवादी सिद्धान्त परत्ियाग गरेको देखियो न उनले क्रान्तिको बाटो छोडेको नै भेटियो। उनले केवल यही मात्र बाटो देखाएका थिए कि राजाको पञ्चायती सामन्तवादलाई परास्त गर्न नेपाली कांग्रेसजस्तो पँुजीवादी शक्तिसित संयुक्त मोर्चा बनाउन जरुरी छ। र, दुवै मिलेर सामन्तवादलाई फालिसकेपछि बल्ल नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ र पुँजीवादीसित लडेर समाजवादी बाटोमा जान सकिन्छ। यति भनेबापत उनलाई संशोधनवादी र गद्दारसम्म भनियो र उनीसँग मिलेर एउटै कम्युनिस्ट पार्टी बनाउन मोहनविक्रम-निर्मल लामा, मनमोहन, तुलसीलाल, झापाली समूह सबैले इन्कार गरे। जबकि, त्यसबेला सबैभन्दा ज्यादा वैचारकि/सांस्कृतिक रूपले परपिक्व, बदलिँदो समय र परििस्थति अनुसार गतिशील र राजनीतिक/सांगठनिक रूपले सबैलाई समेटेर लान सक्ने उचाइका नेता उनै थिए। परन्तु उनी एक्लो परे, नेपाली कम्युनिस्ट आन्दोलन सबैभन्दा ज्यादा टुक्रामा विभाजित भयो, जसका लागि पुष्पलाल दोषी थिएनन्। दोष त जडसूत्रवादी र यान्त्रिक चिन्तन प्रक्रिया बोक्ने अति क्रान्तिकारीहरूको थियो।

तर, एक दशक पनि नबित्दै ‘५० को दशकमा पुष्पलालले नै देखाएको बाटो पक्रेर कम्युनिस्ट-कांग्रेस मिलेर नेपालमा ०४६ सालको ऐतिहासिक जनआन्दोलन भयो र राजाको पञ्चायती सामन्तवाद ढल्यो। यो पुँजीवादी चरत्रिको लोकतान्त्रिक क्रान्ति थियो। व्यवहारमा आखिर सही त पुष्पलालले अख्तियार गरेको सोच नै साबित भयो तर पनि नेपाली कम्युनिस्ट समूहहरू उनको वरपर एकजुट हुन सकेनन्। यस्तो हुन सकेको भए नेपाली कम्युनिस्ट आन्दोलनको नाप-नक्सा नै अर्को हुने थियो। यो अहिले जस्तो दर्जनौँ टुक्रामा विभाजित हुने थिएन। त्यसैले नेतृत्व सही हुँदाहुँदै पनि जडसूत्रवादी र यान्त्रिक चिन्तनका कारणले पनि कम्युनिस्ट आन्दोलनमा फुट हुने गरेको छ।

पछिल्लो फुटको अर्थ
पछिल्लो समयमा नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एकीकृत नेकपा माओवादीमा पनि त्यही जडसूत्रवादी र यान्त्रिक सोचका कारणले एकचोटि फेर िफुट भएको छ। सशस्त्र संघर्षको बाटोबाट कम्युनिस्ट पार्टीको एकलौटी नेतृत्वमा नेपाली राज्यसत्तालाई परास्त गर्नु सम्भव नभएकाले नै नेकपा माओवादी १२ बुँदे समझदारीमार्फत शान्ति प्रक्रिया र ०६२/६३ सालको जनआन्दोलनमा ओर्लेको हो।

शान्ति प्रक्रिया भनेको माओवादीले बहुदलीय प्रतिस्पर्धा र केही आधारभूत लोकतान्त्रिक मूल्य मान्यता स्वीकार्दै हतियार बिसाउने र आफ्नो सेना र वैकल्पिक सत्ता अन्त गर्ने, त्यसको बदलामा संसद्वादी शक्तिहरूले संविधानसभामार्फत नेपाली राज्यको प्रगतिशील पुनःसंरचना गर्ने थियो। यी दुई कुराको लेनदेनबाहेक केही थिएन। यो लेनदेनबाट नेपालमा भएको राजनीतिक परविर्तन सामान्य थिएन। दुई हजार वर्ष पुरानो राजतन्त्र ढल्नु- गणतन्त्र आउनु, २ सय ४० वर्ष पुरानो एकात्मक र केन्द्रीकृत राज्य धराशयी हुनु, संघीयता आउनु, लिच्छविकालदेखि स्थापित हिन्दु अधिराज्य सिद्धिनु- धर्मनिरपेक्षता आउनु, महिला-पुरुष समान हुनु, नेपाली राज्य पहिलोपटक लोककल्याणकारी हुनु, वर्गीय-जातीय-लैंगिक-क्षेत्रीय समावेशीता र समानता राज्यले स्वीकार्नु युगान्तकारी र प्रगतिशील राजनीतिक परविर्तन थियो।

तर, यान्त्रिक र जडसूत्रवादी चिन्तनका कारणले मोहन वैद्य समूहका लागि यी परविर्तन कुनै महत्त्वपूर्ण क्रान्तिकारी हेरफेर लागेनन्। यसमा उनीहरूले गौरव पनि गर्न सकेनन्, यसको स्वामित्व पनि लिन सकेनन्। उनीहरूलाई शान्ति प्रक्रिया र जनआन्दोलनमार्फत हात लागेका युगान्तकारी राजनीतिक परविर्तनरूपी चारवटा चराभन्दा पर रूखमा बसेका चिनियाँ मोडेलका नयाँ जनवादी क्रान्तिरूपी आठवटा चरा उत्कृष्ट लागे। उनीहरूले चिनियाँ क्रान्ति र रुसी क्रान्तिको नापोबाट नेपाली क्रान्तिलाई जोखेर हेरे। त्यो नापोबाट हेर्दा नेपाली क्रान्तिमा थुपै्र मौलिक भिन्नता देखे, जसलाई उनीहरूले नवसंशोधनवादी बाटो र पथविचलन ठाने। प्रचण्ड र बाबुराम भट्टराईलाई उनीहरूले गद्दार ठाने। उनीहरूले नेपाली क्रान्तिले अपनाएको मौलिक सिर्जनशील बाटोलाई पचाउन र स्वीकार्न नै सकेनन्।

माओवादी पार्टीमा अतिवामपन्थी र सुधारवादी-व्यवहारवादी गरी दुईथरी वैचारकि धार पहिल्यैदेखि थियो। प्रचण्डले मध्यमार्गको बाटोबाट र भित्री पार्टी लोकतन्त्रको उदारतापूर्वक अभ्यास गर्न दिने उपायबाट यी दुवै धारलाई यतिन्जेल समेटेर लिएर आइरहेका थिए। दायाँ र बायाँ दुवै धारतिर जतिसुकै पनि बाँकटे हान्न सक्ने सर्वस्वीकार्य नेता उनै मात्र थिए। त्यही क्षमताका कारण जनयुद्धकालभर िर उनी प्रधानमन्त्री भएका बेलासम्म पार्टीका सर्वमान्य नेता बनेका पनि थिए। शान्ति प्रक्रिया सम्मानजनक र संविधान निर्माण प्रक्रिया परण्िाामदायी हुन सकेको भए प्रचण्डको सर्वस्वीकार्य नेतृत्वमा सम्भवतः अहिलेजस्तो प्रश्न उठ्ने थिएन होला। वैद्य समूहको असहमतिका बाबजुद पार्टी एकढिक्का भएरै शान्ति र संविधानको बाटोतिर अगाडि बढ्थ्यो होला। तर, पछिल्लो समयमा शान्तिवार्ताका दौरान र प्रधानमन्त्री भएका बेला प्रचण्ड स्वयंबाट भएका विभिन्न भूल र कमीकमजोरीका कारणले र कांग्रेस-एमालेका नेताहरूको माओवादीलाई शान्ति प्रक्रियामा अत्यधिक झुकाई छोड्ने हठका कारणले उनीसित पहिलेको सर्वस्वीकार्यता बाँकी रहेन। दलभित्र उनको अपिल मर्‍यो।

उनको सर्वस्वीकार्य नेतृत्वमा पहिलो ठूलो स्खलन प्रचण्डले प्रधानमन्त्री भएका बेला घोषित लक्ष्य र अपेक्षा अनुसार रूपान्तरणकारी ढंगले शासन गर्न नसक्नाले र कांग्रेस-एमालेको हठका कारण शान्ति वार्ताका दौरान सेना समायोजन र सम्पत्ति फिर्ता सम्मानजनक ढंगले गर्न नसक्नाले भयो। त्यसमाथि थप, हालसालै संविधानसभालाई अवसान हुनबाट बचाएर प्रगतिशील अन्तरवस्तु भएको संविधान जारी गर्न माओवादीलगायत सबै प्रमुख दल असमर्थ भएपछि प्रचण्डको नेतृत्व विफल भएको भनेर औँलो ठड्याउने आधार वैद्य समूहका लागि उपलब्ध भयो। चुनबाङ बैठकको निर्णय, १२ बुँदे समझदारीदेखि समग्र शान्ति प्रक्रियाको बाटो नै गलत थियो भनिरहेका वैद्य समूहका नेताहरूलाई संविधान नबनाईकन नै संविधानसभाको अवसानले उनीहरूका दाबी सही थिए भनेर साबित गर्ने बलियो आधार प्रदान गरेको छ। संविधानसभाको अवसानलगत्तै माओवादी पार्टी फुट्नुको कारण पनि यही हो।

त्यसमाथि थप, नेता-नेताका बीचमा पहिलेका तुषहरूमा आधारित रिसइबी र अहंकारको टक्कर र चाहेको मन्त्रालय नपाएर पैदा भएका पदीय स्वार्थका असन्तोषहरू पनि दुवैतिर प्रशस्त थिए । फुटलाई छिटो गतिमा घचेट्नका लागि दुवैतिर रहेका अवसरवादी-अपराधीको भीड र रिभोल्युसनरी इन्टरनेसनल मुभमेन्ट -रिम) नामक अन्तर्राष्ट्रिय संस्थाले पनि काफी प्रभावकारी भूमिका खेलेको देखियो । हालको फुट त त्यसको समष्टिगत परिणाम मात्र हो ।

जनवादी केन्द्रीयता र नोकरशाही केन्द्रीयता

 नेपाली कम्युनिस्ट आन्दोलनमा फुट हुनुको अर्को महत्त्वपूर्ण कारण भिन्न मतमाथिको निर्मम दमन र जनवादी केन्द्रीयताको मुखौटोमा पार्टीमा हावी हुने गरेको नोकरशाही केन्द्रीयता हो। जनवादी केन्द्रीयता भनेको त आलोचना र भिन्न मत प्रस्तुत गर्ने व्यापक स्वतन्त्रता र नेतृत्वबाट त्यसको सुनवाइ र संश्लेषण हुने प्रणालीको जगमा उभिएको विचारको केन्द्रीकरण हो। बहुमतको राय हरेक पार्टीमा लागू हुनैपर्छ तर बहुमतको राय लागू हुने नाममा भिन्न मतलाई पार्टीभित्र र बाहिर स्वतन्त्रतापूर्वक चलखेल गर्न नदिने, त्यसको सुनुवाइ र संश्लेषण कहिल्यै नहुने, नेतृत्वमाथिको आलोचनालाई आक्रमण ठानेर नसहने, फरक मतलाई नसुन्ने र जताततैबाट किनारा लाउने प्रवृत्ति नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा रोगका रूपमा रहिआएको छ। नोकरशाही केन्द्रीयता भनेको यही हो। ‘४० को दशकको अन्तमा नेकपा चौथो महाधिवेशन जस्तो त्यतिबेलाको नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीमा भएको फुट यसको ज्वलन्त उदाहरण हो।

अहंकारको टक्कर
नेपाली कम्युनिस्ट आन्दोलनमा बारम्बार फुट आइरहनुका अरू दुइटा महत्त्वपूर्ण कारण पनि छन्। तीमध्ये एउटा हो, नेपाली कम्युनिस्ट पार्टीको निम्न पुँजीवादी वर्ग बनोट र अर्को हो नेताहरूबीचको अहंकारको टक्कर।

नाममा कम्युनिस्ट पार्टी भने पनि नेपाली कम्युनिस्ट पार्टीहरूमा श्रमिक वर्गको संख्या ज्यादै सानो छ, अत्यधिक संख्या निम्न मध्यम वर्गको छ। निम्न मध्यम वर्गको मुख्य चरत्रि हुने गर्छ – पर्खने धैर्यको अभाव अर्थात् अधैर्यता। उसको अर्को स्वभाव हो- असहिष्णुता अर्थात् संकीर्ण चित्त वा सानो चित्त। उसको तेस्रो विशेषता हो- आफू पनि विकास नगर्ने, अरूलाई पनि आफूभन्दा अगाडि बढ्न नदिने, बरू खुट्टा तानेर आफूभन्दा पछाडि पारििदन खोज्ने। यी चरत्रि नेपालका कम्युनिस्टहरूमा प्रश्ास्तै भेटिन्छन्। यसै कारणले सानोतिनो भिन्न मत हुनेबित्तिकै नेपालका कम्युनिस्टहरू फुट्न हतारन्िछन्। उनीहरूमा पर्खने धैर्य नै ज्यादै कम देखिन्छ। भिन्न मतलाई सहने स्वभाव पनि उनीहरूमा ज्यादै कम देखिन्छ। ईष्र्या र एकले अर्कोको खुट्टा तान्ने प्रवृत्तिले गर्दा नेपाली कम्युनिस्टले सबैभन्दा ज्यादा खेदो गर्ने अर्को कम्युनिस्टलाई नै हुने गर्छ, बरू पँुजीपति वर्गका मानिसहरू उनीहरूका नजिक हुन्छन्। फुट यी सबै कुराको स्वाभाविक परण्िाामका रूपमा पैदा हुन्छ।

कम्युनिस्ट पार्टीका नेता भनिए तापनि नेपालको कम्युनिस्ट आन्दोलनको ठूलो अनिकालको विषय हो- नेताहरूमै वैचारकि-सांस्कृतिक रूपान्तरणको अनिवार्य प्रक्रियाको अभाव। कम्युनिस्ट पार्टीको नेता हुन नेपालका कुनै पनि व्यक्तिले आफूलाई वैचारकि-सांस्कृतिक तवरले केही पनि बदल्नुपर्दैन। कुनै पनि अग्निपरीक्षा उत्तीर्ण गर्नुपर्दैन। तर्क गर्न, भाषण गर्न, संगठन गर्न र चलाखी गर्न जाने पुग्छ। यस्तो भएपछि एउटा व्यक्ति पार्टीको शीर्ष नेता भइसकेको हुन्छ तर वैचारकि-सांस्कृतिक तवरले उसको स्तर ज्यादै न्यून हुन्छ। ऊ समाजको औसत मान्छेभन्दा खास केही बदलिएकै हुँदैन।  देशलाई बदल्न हिँडेका तर स्वयं आफैँ नबदलिएका यस्ता नेताहरूले नै जुँगाको लडाइँमा पार्टीलाई फुटाउने र सिद्धान्त, नीति, सोच र कार्यक्रम एउटै भएर पनि पार्टी अलग बनाइराख्ने गररिहेका हुन्छन्। नेपालका अधिकांश कम्युनिस्ट पार्टीको नीति, कार्यक्रम र सिद्धान्त लगभग एउटै देखिन्छ। तर पनि उनीहरू एउटै कम्युनिस्ट पार्टीमा बस्न सम्भव भइरहेको छैन। आखिर किन त ? मूल कारण वैचारकि-सांस्कृतिक रूपमा नबदलिएका नेताहरूको अहंकारको टक्कर हो।

Facebook Comments

अन्तिम अपडेट: १३ असार २०६९, बुधबार १२:१८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया