शोक र पिडाले भरिएको पर्व गाईजात्रा

 २३ श्रावण २०६९, मंगलवार १३:०१   | न्यूज अफ टोखा

सामान्यतया गाईजात्रा भने पछि एउटा रमाईलो पर्वका रुपमा लिईन्छ । विशेष गरी उपत्यकाका नेवा समुदायले प्रत्यक वर्ष मनाईदै आई रहेको यस पर्वले छुटै महत्व राख्दछ नेवार समुदायमा ।  सापारु अर्थात गार्ईजात्राका दिन वर्षभरि दिवंनगत भएका आफन्तहरुको सम्झनामा यो पर्व मनाउदै गाईरहेको छ । यस दिन दिवंगत भएका आफन्तको आत्माले सजिलो सँग गाईको पुच्छर समात्यर स्वर्गको ढोकाखोलि स्वर्गमा जाने जनविश्वाषका कारण प्रत्यक वर्ष यो पर्व मनाउदै आइरहेको छ । यो पर्व हेर्दा जति रमाईलो लाग्छ त्यति नै भावविहोल र पिडादायक पनि  ।


यस दिन दिवंगत भएका आफन्तको सम्झनामा गाईको प्रतिमा भएको फोटोलाई शिरमा राखि सामुहिक नगर परिक्रमा गर्ने गर्दछ । टोखाको सन्दर्भमा भन्ने हो भने यस दिन दिवंगत भएका घरहरुबाट ३ जना पुरुषहरु गाईको प्रतिमा पहिरी नगर परिक्रमाका लागि जाने परम्परा रहँदै आइरहेको छ । भने एक जना साना बाबु पनि हातमा धुप बालेर उनिहरु सँगै नगर परिक्रमा जानु पर्ने परम्परा रहँदै आइरहेको छ । यसरी सामुहिक नगर परिक्रमा गर्नका लागि टोखाका धिम्य खलकःहरु उक्त वर्ष भरीदिवंगत भएका प्रत्येक दिवंगत भएका घरहरुमा गएर लिन जान्छन । घरबाट सामुहिक नगर परिक्रमा गराउन पाठाउनु पुर्व घरको मुलढोकामा विधिवतरुपमा पुजागरी सकेपछि मात्र नगर परिक्रमाका लागि पठाईन्छ । यसरी नगर परिक्रमाका लागि पठाउदा आफन्तजनहरु दिवंगत भएका आफन्तको सम्झनामा भावविह्वल भएर रुने गर्दछ । यो दृश्य जति सुकै कठोर मुटु भएका व्यक्ति भएता पनि उसको आँखाबाट आँशु झार्न विवस हुन्छन । साँचौ नै यो क्षण यस्तो शोकमय भावुक र पिडादायिक बनिदिन्छ कि यसलाई वयान गर्ने मसँग कुनै शब्द नै छैन ।


आफ्नो जीवनको २४ औँ वसन्त सम्म मैले सँधै सामुहिक रुपमा नगर परिक्रमा गर्ने दृश्यको अवलोकन मात्र गर्ने गरेको थिए तर यस वर्ष आफु स्वयम यसमा सामेल हुनु पर्यो । वाहिर वसेर हेर्दा जति रमालो लाग्थ्यो, त्यसमा सामेल हुनु पदाँ त्यति नै पिडादायिक र गाह्रो हुदो रहेछ । कसैको मृत्युले त्यति असर नपार्न मलाई त्यो पल यसरी मुटुमा पिडाको हमरले ध्वागध्वागती मेरो मनमा हिर्काई रहेको दियो कि म कसरी अभिव्यक्त गरु त्यो पलको वारेमा । आँखामा आशु टिलप्लटिलप्ल गर्दै झर्न लागेको थियो । एक मनले सोचे म आज परिक्रमा गर्न जान्न तर मेरो सट्टामा जाने पनि त कोहि थिएन । दिवंगत भएको आफन्तको आत्माको शान्तिका लागि भए पनि म जानु पर्छ भन्ने सोचले गर्दा म जान विवश भए । मैले मेरो सानो भाईलाई बोकेर जानु पर्ने थियो । मेरो अगाडी म भन्दा अग्रजहरु धेरै हुनुहुन्थ्यो । मनभरि पिडा बोकि चुपचाप उहाँहरु सँगै नगरपरिक्रमा गर्न थाले । शोकाकुल र मन भरि पिडाबोकी सामुहिक रुपमा नगर परिक्रमा गर्नेको समुह थियो । सबैको मनमा मेरो जस्तो पिडाले भरिरहेको होला । नगर परिक्रमाको क्रममा मन भरि नानाथरी कुराहरु खेलिरहेको थियो । कति धेरै मानिस यस वर्ष यो संसार विदा भएको  रहेछ । अनि कति धेरै माया ममता र स्नेह रहेछ आफ्ना दिवंगत हुने आफन्त प्रति । आफ्ना दिवंगत भएका आफन्तको आत्माले शान्ति नपाउला भन्ने कस्तो पिर,दर र त्रास । मानविय समवेदना पनि निकै नै ठुलो हुँदो रहेछ । यस्तो आत्मियता,पिडादायक र कारुणिक संस्कार सायद कमै समुदायमा होला । दिवंगत भएका आफन्तको सम्मन गर्ने यो पर्वको महत्व र आमियताको बारेमा त्यो दिन देखि मैले बुझे ।
प्रकाशित मितिः २०६९ श्रावण २३
Facebook Comments

अन्तिम अपडेट: २३ श्रावण २०६९, मंगलवार १३:०१

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया