तोखाको सांस्कृतिक पक्षलाई समेतर तयार पारिएको बृक्तचित्र आज बिमोचन हुदै

 २३ चैत्र २०६९, शुक्रबार ०४:००   | न्यूज अफ टोखा

ईन्द्रायाणी दापाःखलः तोखाले  आज दिउँसो २ बजे नेपाल पर्यतन बोर्ड भुकुटीमण्डपमा एक कार्यक्रमका बीच तोखाको  जीवन्त सांस्कृतिक पक्षलाई संग्रहीत गरेर तयार पारेको सी.डी बिमोचन कार्यक्रम हुदैछ । २०६९ असोज २० गते तोखाको क्वने लाछीको दबलीमा ऐतिहासिक बृहत्त सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो । सो कार्यक्रममा तोखाको सबै मौलिक विभिन्न पर्व र अवसरहरुमा सांस्कृति झांकीहरु एकै दबलीमा प्रस्तुत गरेको थियो । यी विविध चाडपर्व , बाजागाजा , नाच आदिलाई एउटै डबलीमा समेटेर ग्रामीण पर्यटनको प्रवद्र्धनको लागि संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्यले भएको सांस्कृतिक कार्यक्रमको संग्रहित वृक्तचित्रको सी.डी विमोचन आज हुनलागेको हो ।
Facebook Comments

अन्तिम अपडेट: २३ चैत्र २०६९, शुक्रबार ०४:००

तपाईको प्रतिक्रिया