“कथा ब्यथा मेरो गाउँको ” सन्दर्भः १४ हजार टोखाबासीले प्रयोग गर्ने खानेपानी

 ७ श्रावण २०७०, सोमबार ०४:०६   | न्यूज अफ टोखा


 अवलोकन डायरी
कन्तविजोग खानेपानीको अवस्था
बालुकाका कणहरु तथा पातपतिङ्गर मिश्रित धमिलो पानी हाम्रो आँखामा पर्न गयो ती ट्यांकीमा जम्मा भएका पानीको दृश्य वयान गरी नसक्नुको थियो । धमिलो दुषित पानी हामीले वर्षात समयमा देखिने खोलाबाट बग्ने गरेको धमिलो पानी भन्दा कमतिको थिएन । साचैनै त्यो दृश्यले हामी भावुक भयौँ निकै नै मर्माहित तुल्याइ दियो । करिब १५ जहार जीवन यस्तो दुर्षित पानीसँग पैठेजोडी खेलिरहेका छन  ।

टोखाका अधिकांश मानिसहरुले दैनिक जीवनकालागि शिवपुरी राष्ट्रिय वनजन्तु आरक्षय तथा जलाधार क्षेत्रको मुहाबाट आएको पानीको प्रयोग गर्दै आइरहेका छन् । पछिलो जनजण्ना अनुसार टोखामा करिह १४ हजारको हाराहारी जनसंख्य रहेको तथ्यांकले देखाएका छन । यही १४ हजार मध्य १३ हजार ८० सय जनसंख्याले यही मुहानको पानी प्रयोग गरिरहेका छन् । भनौँ यही मुहानले तिनीहरुको प्राण धानिरहेको छ । मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पानीको महत्व त आफ्नौ ठाउँमा छँदैछ । तर त्यो भन्दा पनि बढी महत्व र गम्भीर विषय भनेको हामीले आफ्नो दैनिक जीवनमा प्रयोग गर्दै आइरहेको पानीको अवस्था के कस्तो छ त्यो बुझ्न नितान्त आवश्यक हुन्छ । हामीले प्रयोग गर्ने पानी स्वच्छ भएमा हाम्रो स्वास्थ्य पनि स्वस्थ रहन छ । यदी दुषित र दुर्गन्धित भयो भने हाम्रो स्वस्थ्यलाई समेत प्रत्यक्ष रुपमा नकरात्मक असर पार्दछ । यस तर्फ पनि हामीले ध्यानदिन नितान्त जरुरी छ ।

यस खाने पानीका बारेमा धेरै जनगुणासाहरु सुनिन्छ । धारामा पानी धमिलो आउने, कहिले पानी आउने कहिले नआउने, पानीका लागि धारामा हात हालाहाल हुने, धारामा गाग्रीको लामलाग्ने यस्ता विविध समस्याहरु सुनिन्छ र देखिन्छ । यसै कुरालाई ध्यानमा राखी मिति २०७० श्रावण ५ गते शनिवारका दिन वातावरण बिद्सहित हामी चार जनाको एक टोलिले चण्डेश्वरी मन्दिर परिसरमा रहेको खानेपानीको मुहानको अवलोकन गयौँ । हामीले दैनिक जीवनमा प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा बनाइएका भौतिक संरचनाहरु, पानीको शुद्धिकरण व्यवस्थापनको अवस्था तथा  अपनाएका विधी के कस्तो छ ? ती सबैको भित्रैदेखि नै खोट्ल्ने प्रयास गरेका थियौँ । अवलोकन गर्दा वातावरण विद् मोहन बिक्रम श्रेष्ठ (जो टोखाकै युवा वातावरण विद् हुनुहुन्छ) ले हामीलाई त्यस स्थानको बारेमा धेरै जानकारी दिनु भएको थियो । श्रेष्ठले गत वर्ष यहाँको पानीको बारेमा प्रयोगशालमा समेत लागि गहिरो बस्तुगल अध्ययन अनुसन्धान पनि गर्नुभएको थियो । आफुले गरेका अनुसन्धानका आधारमा प्राप्त नतिजालाई समेत हामीलाई जानकारी दिनुभएको थियो । यस अवलोकन क्रममा त्यहाको संरचा र समस्यालाई तपाईहरु समक्ष प्रस्तुत गर्दैछु ।
टोखाका बासिन्दाहरुले खानेपानीकालागि दैनिक रुपमा प्रयोग गर्दै आईरहेको पानीको मुहानको सेरोफेरोको अवलोकल तथा अध्ययन गर्दा यो क्षेत्र एउटा चरण क्षेत्रको रुपमा परिन्त भईरहेको पाइयो । त्यस स्थानमा स्थानीयबासिन्दाहरुले आफ्ना बस्तुभाउहरु चराई गरेको पनि देखियो । हामी जाँदा गाई र बाख्राहरु पानीकै मुहान वरीपरी चराउदै गरेको देखौँ । स्थाणीयबासिन्दाहरु स्याउला तथा दाउराका लागि त्यहि आसपासको झारिमा जाँदा रहेछन् । घुम्नघाम्का लागि आउँनेहरु पनि उतिकै त्यही स्थानमा आउँदा रहेछन ।  हजारौँ मानिसहरुको जीवन सँग प्रत्येक्ष सरोकार राख्ने खानेपानीको मुहान खुल्ला र अव्यवस्थित रुपमा छोडिएको देखियो । त्यही मुहानमा गाई तथा बाख्राहरुले पानी पिउने गर्दा रहेन छन् । अनि त्यही मुहान आसपास तीनिहरुले विसर्नज गरेका मलमुत्र, मानिसहरुले गर्ने फोहोर जन्य वस्तुहरु यत्रतत्र फ्याकिएको देखियो । त्यस्ता फोहोर बस्तुहरु विभिन प्रकृयाबाट स्वत त्यही पानीमा बगिरहेको देखियो । जसका कारण हामीले खानेपानीको अति दुषित अवस्था देखियो । यसका अलावा पानीको मुहान वरीपरी रहेका बोट विरुवाहरुको झारपातहरु पानीको नालमा यत्रतत्र रहेको तथा तीइ पातपतिङ्गरहरु कुहि सडेगलेको भेतियो साथमा बालुवा तथा माटो पानीमा नै मिसि रिजर्भ ट्यांकमा जाम्मा भईरहेको देखियो । मुहानका ती स्थानहरु ढल तथा ट्यांकीहरु वर्षौ देखि ब्यग्र भई सरसफाइको प्रतिक्षा गरिरहेको भान हुन्थाल्यो थियो । 
पानीको मुलमा नै यस्तो फोहोर दुषित दुर्दशा देखे पछि हामीलाई निराश र चिन्तित तुल्यायो । हामीलाई यसको बारेमा गहिरिएर सोच्न बाध्य तुल्यायो । पानीको यस्तो कन्तविजोग देखेर हामीलाई निकै नै भावुक बनाइ दियो । मेरो मनमा अनायशै कुरा खेल्न थाल्यो ओहो यस्तो दुर्गन्धीत दुषित पानी हामीले प्रयोग गर्दा रहेछौँ । जुन खानका लागि लाएक समेत छैन् ।
त्यो पहिलो अवलोकन पछि गह्रौँ मनलाई बोकी हामी पानीलाई रीजर्भ गरेको ट्याकी तर्फ लाग्यौँ । मुहानबाट बगेर आइरहेको पानी बिना प्रशोधन र शुद्धिकरण सिधै ट्याकीमा जम्मा हुदो रहेछ । जुन ट्याकीको क्षेमता करिव एक लाख २० हजार लिटरको रहेछ । बालुकाका कणहरु तथा पातपतिङ्गर मिश्रित धमिलो पानी हाम्रो आँखामा पर्न गयो ती ट्याकीमा जम्मा भएको पानीको दृश्य वयान गरि नसक्नुको थियो । धमिलो दुषित पानी हामीले वर्षात समयमा देखिने खोलाबाट बग्ने गरेको धमिलो पानी भन्दा कमतिको थिएन । साँचैनै त्यो दृश्यले हामी भावुक भयौँ निकै नै मर्माहित तुल्याइ दियो । करिब १५ जहार जीवन यस्तो दुर्षित पानीसँग पैठेजोडी खेलिरहेका छन् ।
हामी त्यस स्थानलाई छोडेर पश्चिम तर्फ रहेको मुहानमा लागौँ । माथीबाट संघलो बागि रहेको पानी देख्दा मनमा झिनो खुशीको आशम पालाएको थियो । जब त्यही माथीबाट आएको पानी जम्मा गरिरहेको देख्यौ तब मनमा असह्य पीडा थप्पेझै भयो । निश्चल कन्चन पानी बाँधमा जम्म भई रहेको पानी यति धमिलो थियो कि मानौँ बालुवाका कणहरु त्यहाँ स्नान गरिरहे छन् । बाँधको पानीलाई रिर्जभ ट्याकसम्म लैजान बनाइएको सानो ट्याकको ढक्नी खोलेर हेर्यौँ । त्यहाँ हामीले पानी माथी सल्लाका मसिना पातकाकणहरु तैहिरिरहेको थियो । पानीको अवस्था निकै नै नाजुक र फोहोर थियो । सल्लाका ती मसिना कणहरुलाई हातमा लिएर वातावरण विद् श्रेष्ठले भन्नु भयो हामीले देखेका यी साना कणहरु पानीमाथी तैरिएर रहेका छन । यसले पानीमा मिसि रासायणीक प्रतिक्रियाबाट मानव स्वास्थ्यका लागि हानिकारक तत्वको निर्माण गर्दछ । हेर्दा सामान्य देखिएता पनि यस्ता वस्तुले पानीमा विभिन्न किसिमका हानिकारक किटानु तथा जीवानुहरुको उत्पादन गर्ने गर्दछ । जसका कारण मानिसहरुमा घाट्क रोगहरु लाग्ने गर्दछ । 
त्यही पानी देखाउदै त्यो सल्लाको रुखको पात तैरिरहेको पानी तर्फ देखाउदै भन्नु भयो हेर त्यो पातको वरीपरी तेल / चिलो वस्तु जस्तै देखिएको छ । यसको मतलब पानीसँग रासायणीक प्रक्रिया गरी पानीलाई असर गरिसकेको छ । यस्तो हुन नदिन हामीले दैनिक सरसफाई र हेरविचार गर्नु पर्नेहुन्छ । यस्ता बस्तु पानीमा लामो समय सम्म राख्नहुदैन ।
उहाँको कुरा सुनिसके पछि हामीमा संत्रास अनि निकट दिनमा यस कन्तविजोग पानीको सेवनले हाम्रो स्वास्थ्यमा पार्न सक्ने असर तर्फ सोच्न बाध्य तुल्याइ दियो । हामीले ती करिव १३ हजार टोखाबासीलाई एकै साथ सम्झौँ अनि तिनीहरुका भविष्को बारेमा सोच्न बाध्य बनाई दियो । साचै नै भन्ने हो भने हाम्रो मनमा भविष्यका दिनमा आउँन सक्ने भयावह स्थितिको तस्विर आँखा सामुने नाचिरहेको थियो ।
यदी माथी भनेका सानो कुरामा मात्र पनि खाने पानी व्यवस्थापन गर्ने जिम्मा लिएकाहरुले ध्यान दिन सकेको भएमा पनि पानी यति साह्रो दुषित हुने थिएन यस्तो कनतविजोग हुने थिएन । सरोकारवालाले पानीको मुहान तथा रिजर्भको ट्याकीमा समय समयमा अनुगमन गरी त्यहाँ रहेका फोहोर बस्तुलाई झिक्ने वा सरसफाई गर्न सकेमा पनि  यती साह्रो दयनीय अवस्थामा पुग्ने थिएन ।
उत्तर पश्चिमी दुई क्षेत्रको मुहानको पानी १ लाख ३० हजार लिटर क्षमता भएको रिजर्भ ट्याकीमा जम्मा हुने व्यस्था गरेको रहेछ । पानीलाई शुद्धिकरण गर्नका लागि गर्दै आईरहेका प्रणालि तथा प्रयासहरुको महत्व र प्रभाव नग्यन मात्रामा रहेको देखियो । पानी सीधै ट्याकीमा अनि ट्याकीबाट बिना प्रशोधन र शुद्धिकरणा सीधै हाम्रो धारा हुदै घरको भान्छा सम्म त्यही दुषित पानी ।
हिउँदमा पानीको अभाव र वर्खामा पानीधमिलो हुने समस्यत छैदैछ । यस्ता समस्याबाट हैरान भएका टोखाबासीहरुको सन्दर्भमा वातावरण विद् श्रेष्ठका अनुसार  झन्डै ३० वर्ष अगाडी निर्माण गरेका संरचनामा सुधार गर्नु अत्यावश्यक भई सकेको छ । साथै मुहानकै बीचबीचमा अर्को करी १ लाख ५० हजार क्षमताको दुईवटा ट्याक निर्माण गर्ने हो भने पानी प्रशोधन र शुद्धिकरण हुने प्रतिक्रृयामा सहयोग पुग्ने थियो र केही हद सम्म पानी संचय (स्टक) समेत गरेर राख्न सकिन्छ
यहाँको पानीको गुणमा नै यस्तो दुषित भएको होइन खानेपानी समितिको लापारवाहिपन तथा गैरजिम्मेवारीका कारण यस्तै अवस्थाको सिर्जना भएको हो । श्रेष्ठले यहाँको मुहानकबाट पानी लगेर प्रयोगशालमा परिक्षण गर्दा यहाँको पानी अन्यत्रको भन्दा पीउनका लागि योग्य भएको पाइयो । त्यहीबाट आएको धाराको पानीलाई परीक्षण गरेर हेर्दा किटानु मिसिएको पाईयो । साथै यस मुहानको पानी टोखामा रहेको जमिन मुनीको पानी ट्युवल तथा इनारको पानी भन्दा पनि स्वस्थ छ । यसको मतलब हामीले पानी संकल्न गर्ने प्रयोग गरेका तारिका र प्रविधिहरु काम नलाग्ने अवस्थामा छ । यसलाई आधुनीकिकरण गर्ने वा अन्य विकल्प रोज्ने हो त्यस तर्फ ध्यान दिन अत्यावश्यक भई सकेको छ ।
यी सबैको अवलोकन पछि हामीले यससँग सरोकारवाला टोखा खानेपानी समितिको बारेमा कुरा बुझ्ने प्रयास गर्यौँ । कुराकानीको क्रममा समिति भित्रै नै किच्लो उत्पन्न भईरहेको अवस्था छ । त्यसले के खानेपानीको बारेमा चिन्ता गर्ला र जिम्मेवारी बहन गर्न सक्लान । तिनिहरुले यदी ध्यान दिएको भए आज पानीको यस्तो दुर्दशा हुने थिएनन् । यस्तो कन्तविजोग अवस्थाको सिर्जना हुने थिएन । खानेपानीको रेखदेख गर्ने ब्यक्ति नभएका पनि होइनन् तर आफुले जुन दायित्व र जिम्मेवारी निभाउनु पर्नेहो त्यो भने निभाउन सकिरहेको छैन । उसको काम खाली पानी कति खेर पठाउने र बन्द गर्ने भने कुरा तर्फ मात्र ध्यान गएको देखिन्छ । पानीको मुहान सफा गर्ने र अनुगमन गर्ने काम भने भएको पाईएन ।
 
ती १४ हजार जनसंख्यको स्वस्थ्य सँग खेलवार गर्ने र पानीको कन्तविजोग गर्ने प्रमुख दोषीको रुपमा टोखा खानेपानी समितिलाई नै देख्यौँ । यदी समितिले गम्भीरता पूर्वक र जिम्मेवारिपूर्वक आफ्नो दायुत्व निर्वाह गरिदिएको भए आज यसतो अवस्था आउँने थिएन । दोषि गाउँ विकास समिति पनि हो । खानेपानीका लागि बजेट मात्र छुट्याउने काम भयो तर त्यसको सहि सदुपयोग भयोकि भएन त्यस बजेटको उपलब्धी के कस्तो छ भनेर नियमन गर्ने कार्य समेत गरेन । अनि दोषी हामी पनि हौँ किन भने कहिले पनि यस विषयमा चासो नै दिएनौँ । किन धारामा फोहोर पानी आईरहेको छ । किन धारामा पानी कम आइरहेको छ । यस्ता विषयमा कही कसैले सोधिखोजि गर्ने प्रयास गरेन । जसका कारण यस क्षेत्रमा जिम्मालिएर बसेकाहरु बेफिकर भएर बसिरहे । 
अब स्थानीय जनता सबै मिलेर सशक्त रुपमा दवाद मुलक ढंगबाट अगाडी बड्नु पर्ने बेला भई सकेको छ । खानेपानी समितिलाई दवाद दिइ तत्काल यस विषयमा बृहत् सार्वजनिक वहस गरी समाधानका उपाय सहित त्यसलाई कसरी व्यवस्थित र स्वच्छ बनाउन सकिन्छ । त्यस तर्फ लाग्न तड्कारो आवश्यक भइसकेको छ । गाउँ विकास समितिले पनि कडाइका साथ यस्ता संबेदनशील विषयमा गम्भीरताका साथ जिम्मेवार भई लाग्नु पर्ने देखिन्छ । साथै सबै जनता मिलेर अहिले पानीको मुहान ट्याकी ढल नाल सरसफाई गर्न तर्फ लाग्नु पर्छ । हो मुहान र ट्याकी सरसफाईका लागि हाम्रो पर्खाईमा बाटो हेर्दै बसिरहेका छन् । बरु आजै जाउँ अहिले नै जाउँ हाम्रो स्वस्थ्य जीवन र सुनिश्चित भविष्यका लागि ढिला नगरौँ । 
हामी तपाईहरुलाई छिट्टै नै युवा वातावरण विद् मोहन बिक्रम श्रेष्ठले टोखाको खानेपानी सम्बन्धी गर्नु भएको वस्तुगत अध्ययन (केश स्टडी) बाट प्राप्त नतिजा तथा यस सम्बन्धीत अन्य गतिविधिलाई सम्मेत्ने प्रयास गर्ने छौँ ।
हाम्रो आँखाले जे देखियो

पानीको मुहानबाट रिजर्भ ट्याकीमा जाने पानी बालुवा र माटोको थुप्रो मिसित पानी ।


बालुवा र माटोको थुप्रो सँगै बगिरहेका पानी
पानीको मुहानबाट रिजर्भ ट्यांकमा पठाउ बनाइएको सानो ट्याकमा देखिएको दृष्य
वातावरण विद् श्रेष्ठले पानीको मुहानमा माटोको मात्रा हातमा लिएर देखाउदै ।
धमिलो पानी यस्तो पानी सेवन गर्दै छौँ हामी ।

Facebook Comments

अन्तिम अपडेट: ७ श्रावण २०७०, सोमबार ०४:०६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया