बन्द गर्ने मुख्य नेतालाई नै पक्राउ गरिने

 २३ कार्तिक २०७०, शनिबार ०६:४०   | न्यूज अफ टोखा

काठमाडौं, २२ कात्तिक : नेकपा-माओवादीकी प्रवत्ता पम्फा भुसालले संविधानसभा निर्वाचन बिथोल्ने गरी पूर्वघोषित १० दिन लामो आमहड्ताल कार्यक्रम यथावत रहेको विज्ञप्ति प्रकाशित गरेलगत्तै सरकारले बन्दकर्ता नेतालाई पक्राउ गर्न निर्देशन दिएको छ ।
 
सरकारको निर्देशन बमोजिम सुरक्षा निकायहरुले शान्तिपूर्ण वा जुनसुकै भए पनि बन्द गर्न सडकमा उत्रनेलाई पक्राउ गरी स्थानीय प्रशासन ऐनको प्रयोग गरी थुन्ने तयारी गरेका छन् ।
 
उपत्यकाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त योजना पनि तयार गरिएको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । जसअन्तर्गत नेपाली सेनाले नियमित रुपमा गर्दै आएको फ्ल्याग मार्चमार्फत बढी संवेदनशील क्षेत्रको नियन्त्रण ९एरिया डोमिनेसन० गर्नेछ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले बन्द गर्न सडकमा निस्कनेहरुलाई पक्राउ गर्नेछन् ।
 
‘तोडफोड र आगजनीका घटना भए मुख्य नेतालाई पक्राउ गरिनेछ,’ सुरक्षा स्रोतले भन्यो, ‘बन्दअघिदेखि नै उनीहरुमाथि निगरानी बढाउन र हिंसात्मक कुनै पनि काम हुन नदिन सुरक्षाफौज परिचालन गरिएको छ ।’
 
बन्दको फाइदा उठाई निर्वाचन विरोधी गतिविधिमा लाग्ने जोकोहीको पनि पहिचान गर्न फक्राउ नीतिले सजिलो बनाउने सरकारी ठम्याई छ ।
Facebook Comments

अन्तिम अपडेट: २३ कार्तिक २०७०, शनिबार ०६:४०

तपाईको प्रतिक्रिया