एमाले २१ कांग्रेस २० एमाओवादी ३ स्थानमा विजयी

 ६ मंसिर २०७०, बिहीबार १७:५५   | न्यूज अफ टोखा

मोरङ ४ मा एमाओवादीका अर्का उम्मेद्वार  शिवकुमार मण्डल विजयी भएका छन् । शिवकुमार मण्डल ९३६० मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गयानन्द मण्डलले ९३५२ पाए ।यससँगै एमाओवादी ३ सिट संख्या तीन पुगेको छ ।   

मकवानपुर ४ मा एमालेका राजाराम स्याङ्तान विजयी भएका छन् । उनले १० हजार ९ सय १४ मत पाएका छन् ।  दोस्रो स्थानमा रहेका एमाओवादीका सोनाम सिं स्याङ्तानले ७ हजार ७ सय ८३ मत पाएका छन् । 
बाँके ३ बाट कांग्रेस सभापति सुशील कोइराला विजयी भएका छन्। उनले राप्रपा नेपालका धवलशमसेर राणालाई पराजीत गरेका छन् ।कोइरालाले १०७५३ मत पाएका छन् भने । राप्रपा नेपालका धवलशम्शेरले ८८०७ र एमाओवादीका दामोदर आचार्यले ६१३३ मत प्राप्त गरेका छन् ।  
धनकुटा क्षेत्र नं. १ मा पनि एमालेका टिकाराम चेम्जोङ विजयी भएका छन् । टीकाराम चेम्जोड १०९५३ मत  प्राप्त गरेका छन् । 
ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार नेपाली कांग्रेस मदन अमात्य विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका रघुजी पन्तलार्इ झण्डै दोब्बर मतले पराजित गरेका छन् । अमात्यले २३ हजार ५६६ र पन्तले १२ हजार ६०२ मत ल्याएका छन् । 
दाङ क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका बुद्धिराम भण्डारी विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी तथा एमाले सचिव शंकर पोख्रेललाई पराजित गरे । 
बर्दिया ४ मा एमाओवादीका मानबहादुर थारु विजयी भएका छन् । थारुले १४ हजार ५ सय ७४ मत पाए । कांग्रेसका किशोर सिंह राठोरले १३ हजार ७ सय ८९ मत ल्याए । 
मोरङ २ मा चण्डीप्रसाद राई विजयी भएका छन् । 
काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर विजयी भएका छन् । उनले १३२८९ मत ल्याए ।  
प्युठानको क्षेत्र नम्बर २ मा एमालेका हिराबहादुर केसी विजयी भएका छन् । उनले १२ हजार ७ सय ९८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १० हजार ५ सय ९७ मत प्राप्त गरे। 
काठमाडौं ३ मा एमालेका रामेश्वर फुयाँल विजयी भएका छन् । उनले कांग्रेसका चत्रबहादुर ठकुरीलाई पराजितगरे ।   
सिन्धुली क्षेत्र नम्बर ३ बाट एमाओवादीका हरिबोल गजुरेल विजयी भएका छन् । उनले १२ हजार ७ सय ७० मत पाए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्कबहादुर वाइबाले ९ हजार सय ७० मत प्राप्त गरे । 
तनहुँ १ बाट कांग्रेसका शंकर भण्डारी विजयी । 
मोरङ ८ मा एमालेका चन्द्रबहादुर गुरुङ विजयी
पाल्पा १ बाट एमालेका रामकृष्ण कँडेल विजयी ।
सिन्धुली २ मा कांग्रेसका मोहन बराल विजयी ।  उनको १३९०७ मत । निकटतम प्रतिद्वन्द्वी गंगानारायण श्रेष्ठले १२३६३ मत पाए । 
दाङ १ मा कांग्रेसकी पार्वती चौधरी ८७१९ मतसहित विजयी । उनका प्रतिद्वन्द्वी एमालेका रेवतीरमण शर्माले ७७७६ मत मात्रै प्राप्त । 
दाङ क्षेत्र नं ३ मा पनि कांग्रेसकै राजु खनाल विजयी । खनालले १५०४८ मत ल्याउँदा  निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण आचार्यले ७९४२ मत प्राप्त । 
मोरङ ८ मा एमालेका चन्द्र बहादुर गुरुङ १५६८६ मत ल्याएर विजयी भएका छन्। नेपाली कांग्रेसका रमेशजंग रायमाझीले १३००९ मत ल्याएका छन् भने एमाओवादीको गोपी अछामीले ५२६९ मत ल्याएका छन्।
गुल्मी ३ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्ट १८४८२ मत ल्याएर विजयी भए ।
दाङको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी पार्वता डिसी चौधरी विजयी हुनु भएको छ ।
शेरबहादुर देउवा डडेल्धुराबाट भारी मत अन्तरले विजजी भएका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार देउवाले २३९२० मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी खगराज भट्टले १२४८१ मत ल्याए । 
डोटी २ मा एमालेका प्रेमबहादुर आले विजयी विजयी भएका छन् ।उनको मत १२४०० । निकटम प्रतिद्वन्द्वी कांग्रेसका योगेन्द्रबहादुर शाहीको मत १०९१४ ।
बारा ५ मा नेकपा एमाले विजयी भएको छ । सो क्षेत्रका एमाले उम्मेदवार बलवीर चौधरीले १५७९८ मत ल्याए । कांग्रेसका उमाकान्त चौधरी १०६७० मा सिमित रहे  ।
source www.onsnews.com
Facebook Comments

अन्तिम अपडेट: ६ मंसिर २०७०, बिहीबार १७:५५

तपाईको प्रतिक्रिया