महोत्सव सम्बन्धी अत्यन्त जरुरी सूचना !

 ७ फाल्गुन २०७०, बुधबार ०३:१२   | न्यूज अफ टोखा

महोत्सवका दौरान स्थानीय बासिन्दाको सहयोग सम्बन्धी
अत्यन्त जरुरी सूचना !

हाम्रो पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पुर्‍याउन यही फागुन १७ र १८ गते आयोजना गरिने टोखा महोत्सवका दिनहरुमा निम्न कार्यहरुमा प्रतिबद्धता जनाई महोत्सवलाई अत्यधिक सफल बनाउन सम्पुर्ण टोखावासीमा हार्दिक अनुरोध छ –
·  फागुण १६ गते अगावै आ­-आफ्नो घर अगाडीको बाटो, टोल मठ मन्दिर, चोक चौरहरुको सरसफाई गरौँ ।
·  महोत्सव अवधिभर कुनै अन्य कार्यमा संलग्न नभई महोत्सवमा केन्द्रित होऔँ ।
·  आफुसँग भएका शीपहरुलाई आयोजक समितिमा जानकारी गर्राई प्रत्यक्ष पर्दशन गरौँ गराऔँ ।
·  ऐतिहासिक सामाग्रीहरु मुल आयोजक समितिलाई अपलब्ध गराई सबैलाई अवलोकन गर्ने अवसर   दिऔँ ।
·   झलर, टुलहरु टोल टोलमा टागीं टोल सौर्न्दर्य बनाउ , घर अगाडी कलश राखौं ।
·   आ-आफ्नो घरमा रहेको शैचालय महोत्सव अवधिभरको लागि शार्वजनिक रुपमा प्रयोग गर्न दिऔँ ।
·  खानेपानी टोल टोलमा सहज व्यवस्थापन गरौँ ।
·  महोत्सव अवधिभर कुनै पनि सवारी साधन नचलाऔँ । जरुरी भएको खण्डमा विहान ६ बजे अगावै   वाहिर लगौँ र बेलुका ६ बजे पछि सुरक्षित भित्र्याउँ ।
·  टोखा भित्र र आसपासको शार्वजनिक चोक, टोलमा भोज-भतेरको आयोजना नगरौँ । वाहृय         आगन्तुकहरु सँग सभ्य  र शिष्ट व्यवहार गरौं, सभ्य र असल टोखावासीको पहिचान दिऔँ।
·  टोखाका पुरातत्व अध्ययन टोखाको सँस्कृति तथा विविध टोखाको गतिविधि सम्वन्धि लेख रचना     छन् भने यही फागुण १० गते भित्र महोत्सव मुल आयोजक समितिलाई बुझाउनुहुन अनुरोध छ ।
·   महोत्सव अवलोकनका लागि आफ्नार् इष्ट मित्रहरुलाई निमन्त्रण गरौं ।
·   महोत्सव अवधिभर नेवारीपन झल्कने पोशाक तथा पहिरन लागौँ ।
सभ्य र साँस्कृतिक नगरी टोखाको पहिचानको लागि अन्य थप सुझाव भएमा टोखा महोत्सव मुल आयोजक समितिलाई दिनुहुन सम्पुर्ण टोखावासीहरुमा विनम्र अनुरोध गर्दछौँ ।
टोखा महोत्सव मुल आयोजक समिति
टोखा काठमाडौं ।
सर्म्पर्कः०१५११००३६
टोखा सरस्वति गाउँ  विकास समिति                       टोखा चण्डेस्वरी गाउँ विकास समिति
Facebook Comments

अन्तिम अपडेट: ७ फाल्गुन २०७०, बुधबार ०३:१२

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया