मिर्मिरे सरकारी केवल आर्थिक गतिविधिमा मात्र सिमित नरहि सामाजिक व्यवहारिक गतिविधिमा समेत चासो र सचेत रहेको संस्था भएकोले देशमा भएका बैद्दिक ब्यक्तिहरुलाई आमन्त्रित गरेर सचेतना जगाउने हेतुले आज कानुन व्यवसायी तथा प्रचार्यहरुको भोगाई र बिचारलाई कार्यक्रममा स्थान दिएको निवर्तमान तथा नवनियुक्त अध्यक्ष डंगोलले बताए । उनको विचारमा हरेक संघसंस्थाले बौद्दिकहरुको बिचार तथा देशको पछिलो गतिविधि सुन्न र थाहा पाउन यस्तो कार्यक्रम गर्नु पर्छ ।
कार्यक्रमको सभापति तथा अध्यक्ष डंगोलले टोखामा सहकारीको सुरुवाट हुनु पूर्व र सहकारीको सूरुवाट पछिको अवस्थालाई तुलना गर्दै भने – “विक्रम सम्वत २०१३ सालमा नेपालमा सहकारी स्थापना भएको इतिहास छ तर काठमाडौँको राजधानीको मुटुको टोखामा हामीले २०६४ सालमा अर्थाल शताब्दिको छौँठो दशकमा सहकारी स्थापना गर्न सफल भयौँ । यदि यो संस्थाको स्थापना दूर्इ दशक अगाडी मात्र स्थापना गर्न सकेको भए मलाई लाग्छ टोखाको धेरै बासिन्दाहरुको भूमी अर्थात जग्गा संचित हुने थियो । धेरैले थोरै रकमको आवश्यकतामा पनि ठूलो धनरिश पर्ने जग्गा कौडीको मोलमा बेच्नु पर्ने अवस्था त्यतिखेर थियो । जव संस्थाको स्थापना भयो आर्थिक गतिविधिमा सहभागी हुनेहरु लाभान्वित भएको हाम्रो संस्थाको ११ वर्षोर् इतिहास छ ।“
“समुदायमा आधारित संस्था समुदायसंगै जनस्तरमा आर्थिक सामाजिक गतिविधिमा सन्देश प्रवाह गर्ने प्रयत्न सहकारीको रहेको र यसलाई निरन्तरता दिई अगाडी बढ्न स्थापना कालदेखि सहकर्मी सदस्य साथीहरुले आआफ्नो ठाउँबाट गर्नु भएको योगदान अतुलनिय रहेको छ । सहकारी संस्थाको मूल्य मान्यता र सिद्दन्त र विनियममा रहेर संचालन गरिन्छ । संस्थालाई नियमपूर्वक पूर्णता दिन हामी सबैले धेरै ज्ञान सिप हासिल गर्नु आवश्यक छ । समय सापेक्षाता अनुसार संस्था रुपान्तर गर्न हाम्रो बौद्धिकतालाई तिखो पारी अगाडी बढ्नु पर्नेछ” डंगोलले मन्तव्यका व्यक्त गरेको थियो ।
कार्यक्रममा संस्थागत प्रतिवेदन संस्थाका अध्यक्ष राजवीर डंगोले प्रस्तुत गरिएको थियो । त्यस्तै सञ्चलक समितिको तर्फाट संस्थाका सचिव सानुबाबु श्रेष्ठ र कोषाध्यक्ष रबिन्द्र डंगोलले आ.व २०७४र०७५ को आर्थिक प्रतिवेदन पस्तुत गरिएको थियो ।
यस मिर्मिरे सहकारीले ठुलो उपलब्धिका रुपमा हाल टोखा नगरपालिका २ को पुखुशीमा पाँच आना तीन पैसा जग्गा किनेर भवन निर्माण गरेको छ । संस्थाको कार्य समितिका उपाध्यक्ष कृष्णमान श्रेष्ठको संयोजकत्वमा ७ सदसीय सहकारी भवन निर्माण उपभोक्ता समिति बनाई निर्माण कार्य थालेको थियो । नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले २०७४ फागुन २८ गते शिलान्यास गरेको भवन अहिले चार तललाको भावन निर्माण कार्य सम्पन्न भैसकेको छ ।
उक्त भवनमा सहकारीको कार्यालयका साथै सभाहल आधुनिक सुपर मार्ट, स्वास्थ्य क्लिनिक तथा जनताको आवश्यता अनुरुपका सेवाहरु रहने अध्यक्ष डंगोलले जानकारी गरायो । यो भवन निर्माणपश्चात यो नै टोखाको पहिलो आफ्नै भवन भएको सहकारी संस्था हुनेछ ।
त्यस्तै गरी संस्थाको बाषिर्क साधारण सभामा गएको एस.इ.इ परीक्षामा उत्तिर्ण संस्थाका शेयरधनिका छोरा छोरीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम बि.एल भ्वोय् छेँको हलमा भएको थियो ।