चण्डेश्वरी मन्दिर परिसरको प्रचार प्रसार तथा सर्वाङ्गिण विकासका लागि ‘श्रीमद् भागवत सप्ताह’

 २ पुष २०७५, सोमबार ०५:२६   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, पौष २ । चण्डेश्वरी मन्दिर परिसरको प्रचार प्रसार तथा सर्वाङ्गिण विकासका लागि ‘ श्रीमद् भागवत सप्ताह तथा श्री माता चण्डेश्वरी धार्मिक महामहोत्सव ज्ञान महायज्ञ’ भैरहेको छ ।

सत्ययुगमा दक्ष प्रजापतिले अश्वमेघ यज्ञहोम गरेको एवम् सतीदेवीले देहत्याग गरेको पवित्र भूिम र तेत्तिसकोटी देवीदेवताहरु विराजमान भएको ऐतिहासिक तथा धार्मिक पूण्य तीर्थस्थलका रुपमा परिपूर्ण चण्डेश्वरी मन्दिरको प्रचार प्रसार तथा सर्वाङ्गिण विकासका लागि उक्त धार्मिक महामहोत्सव ज्ञान महायज्ञको आयोजना गरिएको चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका उपाध्यक्ष सानुबाबु (समिर) श्रेष्ठले जानकारी गराउनु भयो ।


यस धार्मिक महान कार्यमा सहभागि भै भागवत उपासक युवा पण्डित अाचार्य श्री सर्वेश्वर शरण सुवेदीको मुखारविन्दुबाट वाचन भैरहेको उक्त सप्ताहमा सहभागि भै चण्डेश्वरी मन्दिर क्षेत्रको विकासका लागि आफ्नो गच्छे अनुसारको दान सहयोग गर्न चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समिति तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका अध्यक्ष ध्रुव राज जोशीले आग्रह गर्नु भयो ।

चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समिति , श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति र टोखा नगरपालिका -२ वडाको संयुक्त रुपमा उक्त श्रीमद् भागवत सप्ताहको आयोजना गरिएको हो । मंसिर २८गतेदेखि शुरुभएको सो श्रीमद् भागवत सप्ताह पौष ७ गतेसम्म चल्ने छ ।

Facebook Comments

अन्तिम अपडेट: २ पुष २०७५, सोमबार ०५:२६

तपाईको प्रतिक्रिया