राष्ट्रिय गौरव तोखा देय्…गीत सार्वजनिक [भिडियो सहित]

 ७ पुष २०७५, शनिबार १७:५३   | सुबिन्द्र श्रेष्ठ

प्राचीन सहर तोखाको वर्णन गरी तयार पारिएको ‘राष्ट्रिय गौरव तोखा देय्’ गीत सार्वजनिक भएको छ । यःमरी पुन्ही तथा सम्पदा दिवसको अवसरमा तोखा संस्कृति सम्पदा संरक्षण दबुले आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा उक्त गीतको सार्वजनिक गरिएको हो । यस गीतका रचनाकार लोक कवि राजभाई जकमी हुन भने संगीत न्ह्यु बज्रचार्यको रहेको छ । साँगीतिक क्षेत्रमा निकैनै चर्चित गायक गायीका पवित्र कसाः , सतिस महर्जन , दीपा महर्जन, निशा देशार र रत्न शोभा महर्जन तथा तोखाका नवउदयमान गायक सिद्धार्थ श्रेष्ठले यस गीतमा आफ्नो स्वर दिएका छन् ।

Facebook Comments

अन्तिम अपडेट: ७ पुष २०७५, शनिबार १७:५३

तपाईको प्रतिक्रिया