सामुहिक इहि (बेलविवाह), कय्ता पूजा (ब्रतबन्ध) र भिं ज्यायजंकु (भिम रथारोहण) सम्पन्न

 २७ माघ २०७५, आईतवार १३:४७   | सुबिन्द्र श्रेष्ठ

सपनतिर्थ दाफा खलःटोखाको आयोजनामा चौथौँ नेवाः परम्परा अनुसार सामुहिक इहि (बेलविवाह), कय्ता पूजा (ब्रतबन्ध)  र भिं ज्यायजंकु (भिम रथारोहण) सम्पन्न भएको छ ।

आज थनेलाछिमा रहेको नारायण मन्दिर प्राङ्गणमा भएको उक्त सामुहिक कार्यक्रममा ६५ जना कन्याहरुको इहि गरिएको थियो भने २९ जना कुमार केटाहरुको कय्ता पूजा गरिएको थियो । त्यस्तै ५ जना थकालीहरुको भिं ज्यायजंकु गरिएको थियो । ज्यायजंकु गर्नेहरुमा ३ जना पुरुष र २ जना महिला  थिए । नेवाः समुदायमा यी कर्मकाण्डहरुको आआफ्नो विशिष्ठ महोत्व रहेको पाइन्छ ।

उक्त कार्यक्रममा सहभागिताका लागि नाम गर्दा गर्न इहि गर्ने प्रति १ जनाको  शुल्क रु ३५ सय, ब्रतबन्ध गर्ने प्रति १ जनाको शुल्क रु ४५ सयका दरले उठाएको कार्यक्रम आयोजकका आर्थिक संयोजक देवराज डंगोलले जानकारी दिए । उठाएको शुल्कबाट घरबाट ल्याउनु पर्ने पूजा बाहेक सम्पुर्ण आवश्यक सामाग्री तथा इहि गर्नेहरुको परिवारका ३ जना र ब्रतबन्ध गर्नेहरुको परिवारका ५ जनालाई भोज सम्मे खुवाइने व्यवस्था गरिएको समेत डंगोलले बताए ।

Facebook Comments

अन्तिम अपडेट: २७ माघ २०७५, आईतवार १३:४७

तपाईको प्रतिक्रिया